• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

शुक्लाफाँटाका बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच

  •  बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवामा सहज रूपमा पहुँच पुगेको छ ।

वडा–वडामा स्वास्थ्य संस्था स्थापना भई सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरदैलोमै स्वास्थ्य सेवा पाएका हुन् । नगरपालिकाका १२ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सञ्चालन हँुदै आएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमाननद भट्टले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य चौकी तीन, सहरी स्वास्थ्य केन्द्र दुई, आधारभूत स्वास्थ्य केन्द्र नौ गरी १४ स्वास्थ्य संस्था नगरपालिकामा सञ्चालनमा रहेका छन् । स्वास्थ्य संस्थासँगै खोप क्लिनिक २१, गाउँघर क्लिनिक दुई र माइक्रोस्कोपी केन्द्र चार रहेका छन् ।

“सबै स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “बिरामीको अवस्था हेरी निःशुल्क रूपमा औषधि उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ ।” सुरक्षित प्रसूतिका लागि पहिले महेन्द्रनगर, धनगढी लगायतका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो । हाल चार स्वास्थ्य संस्थामा चौबीस घण्टे बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

बर्थिङ सेन्टरमा रहेका तालिम प्राप्त दक्ष स्वाथ्यकर्मीले सुरक्षित रुपमा प्रसूति गराउँदै आएका छन् । चार स्वास्थ्य संस्थामा न्यून शुःल्कमा प्रयोगशाला सेवा उपलब्ध गराइँदै आएको शाखा प्रमुख भट्टको भनाइ छ ।

नगरपालिकाकै पुरानो वडा नं ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा उपलब्ध हुदै आएको छ । “चिकित्सकीय सेवा नहुँदा नगरपालिका क्षेत्रका बासिन्दाले टाढा जानुपर्ने अवस्था विगतमा थियो”, वडा नं ४ का वडाध्यक्ष कमल ठकुल्लाले भन्नुभयो, “त्यसै समस्यालाई मध्यनजर गरी नगरपालिकाबाटै तलब व्यहोर्ने गरी चिकित्सकको व्यवस्था गरिएपछि स्थानीयले सहज रुपमा सेवा लिँदै आएका छन् ।”

झलारी स्वास्थ्य चौकी र वडा नं ५ मा रहेको आधारभूत स्वास्थ्य संस्थालाई छाडेर अन्य वडामा रहेका स्वास्थ्य संस्थामा पक्की भवन निर्माण गरिएका छन् । स्वास्थ्य संस्थामा कार्यक्रम सञ्चालनका लागि मात्रै नगरपालिकाले आव २०८०÷८१ मा रु ९८ लाख २२ हजार बजेट विनियोजन गरेकामा हालसम्म रु ४६ लाख ३१ हजार ७३ रकम खर्च गरेको छ ।

औषधी खरिदका लागि रु ४२ लाख रकम विनियोजन गरिएकामा रु १४ लाख ९५ हजार चार सय ८८ को औषधी खरिद गरिएको छ । चालु आवको हालसम्म स्वास्थ्य संस्थाबाट ३१ हजार सात सय ८९ जनाले उपचार सेवा पाएका छन् । खोप सेवा पाएका बालबालिका पाँच हजार एक सय चार, परिवार नियोजन सेवा तीन हजार एक सय ६१, सुरक्षित मातृत्व सेवाअन्तर्गत बर्थिङ सेन्टरमा तीन सय ५५ महिलाले सुत्केरी सेवा लिएका छन् ।

सुरक्षित गर्भपतन सेवा एक सय ८१ र घरमै पुगेर सुत्केरी भएका पाँच सय सात महिलालाई सेवा उपलब्ध गराइएको छ । एक हजार तीन सय ४२ जनाको गर्भजाँच गरिएको छ । छ हजार सात सय ६३ बालबालिकालाई पोषण सेवा उपलब्ध गराइएको छ ।

क्षयरोग कार्यक्रम सेवा ४७, कुष्ठरोग सेवा दुई र एचआइभी एड्स जाँच सेवा तीन सय ८० महिलालाई उपलब्ध गराइएको छ । “प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा आवश्यक समन्वय गरी अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधी व्यवस्थापनको कार्य गरेका छौँ”, शाखा प्रमुख भट्टले भन्नुभयो, “पिपलाडी स्वास्थ्य चौकीलाई एआरभी साइटमा दर्ता गरी रेबिज भ्याक्सिन सेवा सुरु गरेका छौँ, योसँगै सर्पदंश उपचार केन्द्र अर्जुनीमा मागबमोजिमको औषधी र उपकरण उपलब्ध गराउने कार्य हुँदै आएको छ ।”रासस

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.