• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २४ मिनेट 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २१ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

बांँकेमा तातो हावा र लुले बिरामीको सङ्ख्या बढेपछि सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

  •  बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

बाँके । अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् ।

अत्यधिक गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको भेरी अस्पतालहरूले जनाएको छ । भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले अहिलेको गर्मीबाट रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका बढी प्रभावित भएको बताउनुभयो । उहाँले भेरी अस्पतालमा आउने बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको जानकारी दिनु भयो ।

सूचना अधिकारी डा. रिसालले मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने जनाउँदै अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्न सुझाव दिनु भएको छ । सूचना अधिकारी डा. रिसालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित बनेका सय भन्दा बढी बालबालिका र ४० जना भन्दा बढी युवा र बृद्धबृद्धा अस्पतालको ‘ओपिडी’ मा दैनिक उपचारका लागि आउने गरेको बताउनु भयो ।

कान्ति आरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा रोमा बोराले गर्मीकै कारण बिरामी बालबालिका दैनिक २५ देखि ३० जनासम्म उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरैजसो बालबालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको समस्या देखिएको छ । डा. बोराले बालबालिकालाई घरबाट बाहिर निस्कन नदिने, सकेसम्म मास्क लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने र झोलिलो कुरा खुवाउनु पर्ने सुझाव दिनु भयो ।

यस्तै लाइफलाइन हस्पिटल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले अत्यधिक गर्मीले भएको रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित हुने मजदुर, बृद्धबृद्धा र बालबालिकाको सङ्ख्या दिनदिनै बढ्दै गएको बताउनुभयो ।

अत्यधिक गर्मी बढेपछि अहिले बाँकेको बैजनाथ गाउँपालिकाले विद्यालय शनिवारसम्मका लागि बन्द गरेको जनाएको छ । विद्यालय बन्द गरिएपछि बालबालिकालाई घरभित्र राख्न सहज भएको अधिकांश अभिभावकले जनाएका छन् ।

बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

ताजा

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.