• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५९ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

  •  सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

अत्तरिया (कैलाली) । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो ।

सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो अस्पतालले एकपछि अर्को विभिन्न उपकरण थप्दै गएको छ । सेवा विस्तारमा जोड दिँदै आएको सेती अस्पतालले एमआरआई सेवा सुरु गरेको छ । सरकारी अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गर्नुपर्ने बाध्यता थियो । अस्पतालले एमआरआई मेसिन खरिद गरेर सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर एमआरआई गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

“हामीले हिजोदेखि पूर्णरुपमा एमआरआई सेवा सुरु गरेका छौँ, यसअघि परीक्षणका रुपमा थियो”, सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले भन्नुभयो, “यसबाट धेरै बिरामी लाभान्वित हुने छन्, शुल्क पनि बाहिरको भन्दा भण्डै ५० देखि ६० प्रतिशत कम छ, स्वास्थ्य बीमा गराएकाले एमआरआई गर्नु परे छुट्टै शुल्क बुभाउनु पर्दैन ।”

एमआरआई मानिसको अङ्ग र तन्तुको सामान्य अवस्थाको बनावटमा खराबी हुँदा कस्तो हुन्छ भन्ने पत्ता लगाउने पछिल्लो प्रविधि हो । उहाँले भन्नुभयो, “यसबाट शरीरमा लागेको चोटपटक, क्यान्सर, स्नायु, टाउकोलगायतका विभिन्न अङ्ग र तन्तुको अवस्था पत्ता लगाउन सजिलो हुन्छ ।” सङ्घ र प्रदेश सरकारको भण्डै रु १६ करोड लागतमा एमआरआई मेसिन खरिद गरिएको उहाँको भनाइ छ ।

सेती अस्पतालमा सिटिस्क्यान सेवा पनि सञ्चालनमा रहेको छ । “सिटिस्क्यान सुरु भएको डेढ वर्ष भयो, अहिलेसम्म आठ हजार बिरामीको सिटिस्क्यान गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “दैनिक २० देखि ४० जनाको हाराहारीमा सिटिस्क्यान हुन्छ, यसमा पनि बाहिरकोभन्दा ४० देखि ६० प्रतिशत कम शुल्क लिने गरेका छौँ ।”

सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ शय्या गरी एक सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा हाल तीन सय शय्या सञ्चालन भइरहेको उहाँले बताउनुभयो । त्यस्तै हाल अस्पतालमा २० मेसिनबाट डायलासिस सेवा दिँदै आएको जनाउँदै डा कमरले भन्नुभयो, “हाल दैनिक ४० देखि ५० जनाले डायलासिस सेवा लिनुहुन्छ ।”

सेवा विस्तारसँगै अस्पतालको स्तरवृद्धि प्राथमिकतामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अब यस अस्पतालको स्तरवृद्धिलाई प्राथमिकतामा राखेका छौँ, यसलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि पहल गरिरहेका छौँ ।” सेवालाई अझै सुधार गर्दै लैजानुका साथै व्यवस्थित बनाउँदै लैजाने योजना रहेको उहाँको भनाइ छ । रासस

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.