• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. नुवाकोटमा हैजाविरुद्धको खोप

  • ९. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल

  •  आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति तथा समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताउनुभएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा स्थापना भएको ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले ब्रह्मकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य एवं सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको देश हो । पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता एवं ऐक्यबद्घता देख्न सकिन्छ । जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने विश्वास छ ।”

मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज मानिस भौतिक विकासभित्र सुख र शान्तिका लागि भौंतारीरहनुको कारण पनि यहि हो । विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव र सहयोगको भावना खस्कदै गएको छ ।”

राष्ट्रपति पौडेलले नेपालमा करिब ६ दशकदेखि र विश्वमा ८७ वर्षदेखि शान्ति, सद्भाव र भाइचाराकोे उत्थानमा लागेको ब्रह्मकुमारी नेपालले मानवमात्रको चरित्र तथा कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा उहाँले भवन उद्घाटनसँगै शिलालेखसमेत अनावरण गर्नुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मनलाई शान्ति र आनन्द बनाउन आवश्यक रहेको उल्लेख गर्दै मानिसको चञ्चल मनलाई संयमित बनाउन योग तथा ध्यान आवश्यक रहेको बताउनुभयो । विश्व प्रतिस्पर्धात्मक होडबाजीमा लागिरहेको बेलामा शान्तिको सन्देश लिएर विश्वभर यस्ता अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । पिता गणेशमान र आमा मङ्गलादेवीका कारण आफू पनि ओम शान्तिमा जोडिने अवसर पाएको उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र नेपालका निर्देशक राजयोगिनी राजदादीजीले विश्वव्यापिरुपमा शान्ति, विश्वबन्धुत्व र एकताको सन्देश प्रवाह गरी एक सुखी र समृद्ध समाजको निर्माणमा केन्द्रले अभूतपूर्व भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

केन्द्रका वरिष्ठ राजयोगी ब्रह्मकुमार तिलकबहादुर शाहीले १७ रोपनी जमिनमा दुई भवन, तपस्या धाम, शिव लिङ्ग, चार धाम, शान्ति स्तम्भलगायतका संरचनासहित एक सय जनालाई आवासीय सेवा दिन सक्ने गरी एकेडेमीको उद्घाटन गरिएको बताउनुभयो । उहाँले डा नयनतारा उप्रेती परिवारले विद्यालय सञ्चालन गर्न जग्गासहित निर्माण गरेको भवन बह्म्रकुमारीमा साधक भएपछि यसतर्फ आकर्षित भएर एकेडेमी सञ्चालन गर्न करोडाँै रुपैयाँको सम्पत्ति संस्थालाई दान दिएको जानकारी दिनुभयो । उहाँले यस क्षेत्रलाई ज्ञान एकेडेमी र मिनि बृन्दावनका रुपमा सञ्चालन गरिने बताउनुभयो ।

विष्णु ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमीले आयोजना गरेको कार्यक्रममा संस्थाको अन्तर्राष्ट्रिय मुख्यालयबाट आउनुभएका भारतको राजस्थान मण्डपआबुका कार्यकारी सचिव राजयोगी डा ब्रह्मकुमार मृत्युञ्जयले नेपाल शान्तिदूत गौतम बुद्धको जन्मस्थल, माता सीता एवं देव भूमि, ऋषि भूमि भएकाले यहाँबाट शान्ति एवं प्रेमकोे तरङ्ग संसारभर फैलिरहेको बताउनुभयो । रासस

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.