• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह

  •  सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित

भक्तपुर । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन सचेत हुनुपर्ने बताउनुभएको छ ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा सम्पन्न आधुनिक भवनको आज शिलान्यास गर्दै उहाँले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर समय दिनुपर्ने उल्लेख गर्दै रोग लाग्नु अगाडि नै समयसमयमा ल्याब परीक्षण गरेर स्वास्थ्यका बारेमा चासो दिनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “स्वास्थ्य भन्ने कुरा आफू वा आफ्नो परिवारमा कोही बिरामी नपरी नबुझिने रैछ, आफैँ बिरामी भएपछि मात्रै भोग्नुपर्ने समस्याका बारेमा राम्रैसँग थाहा हुँदोरैछ, परिवारमा कोही बिरामी परेपछि कति पीडा, चिन्ता र समस्या हुन्छ भन्ने बुझिँदो रैछ, त्यसैले रोग लाग्नु अगाडि नै सचेत हुनुपर्ने रहेछ ।” उहाँले नेपाल र कोरियाबीचको सम्बन्ध राम्रो रहेको जनाउँदै यो अस्पतालले अझै भूमिका खेलेकाले अस्पतालले दिने सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले नेपालकै पहिलो नगर अस्पतालका रुपमा स्थापना भएको यस अस्पतालले भक्तपुरको मात्रै नभई देशभरकै बिरामीको उपचार गर्नसक्ने गरि विकास गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले उत्कृष्ट अस्पताल बनाउन मेडिकल टोलीदेखि सबै कर्मचारीले सेवालाई चुस्त राख्नुपर्ने जनाउँदै उहाँले नर्सिङ कलेज सञ्चालन गरेर शैक्षिक क्षेत्रमा पनि अस्पताल अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत ताइयोङ्ग पार्कले कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा यसअघि पनि सहयोग पुर्याउँदै आएको स्मरण गर्दै यो अस्पतालको स्थापनाकालदेखि हालसम्म कोरियाको सहयोग निरन्तर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अस्पतालको सुरुदेखि हालसम्म दक्षिण कोरियाले सहयोग गर्दै आएको छ, अहिले पनि भवन निर्माणका लागि नौ दशमलव पाँच मिलियन अमेरिकी डलर कोरिया सरकारले सहयोग गरेको छ, कोरिया सरकारले यस अस्पतालका लागि आफ्नै खर्चमा विशेषज्ञ चिकित्सक सहयोग गरेको छ, अस्पतालले यहाँ आउने बिरामीले मेडिकल सेवा गुणस्तरीय रुपमा पाउनेछन् भन्ने विश्वास लिएका छौँ ।” कोरिया र नेपालबीचको सम्बन्ध निकै राम्रो रहँदै आएको चर्चा गर्दै उहाँले आगामी दिनमा पनि दुई देशबीच सहयोग आदानप्रदान हुने बताउनुभयो ।

कार्यक्रममा कोरियाका डेपुटी कन्ट्री डाइरेक्टर ई युन सङ्गले समयमै अस्पताल भवन निर्माण सम्पन्न गरेर सवा विस्तार गर्नुपर्ने उल्लेख गर्दै कोरियाले यसअघि जस्तै अस्पताललाई सहयोग जारी राख्ने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अस्पताललाई दक्षिण कोरियाले पुर्याउँदै आएको सहयोग दुई देशबीचको मित्रताको प्रतीक भएको जनाउँदै दीर्घकालीन रुपमा दुई देश एवं अस्पताल बीचको सम्बन्ध निरन्तर सहयोगात्मक र मित्रवत् रहने बताउनुभयो ।

नगर प्रमुख एवं कार्यक्रमका सभापति सुरेन्द्र श्रेष्ठले कोरिया सरकारको करिब रु एक अर्ब २८ करोड बराबरको सहयोगमा निर्माण हुन लागिरहेको दोस्रो चरणको सुविधा सम्पन्न भवनले नगरवासीलगायत आसपासका जिल्लावासीलाई समेत अझ गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अपेक्षा लिएको बताउनुभयो ।

उहाँले यस अस्पतालबाट विगतका वर्षमा वार्षिक एक लाख सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आइरहेकामा गत वर्ष झन्डै दोब्बर अर्थात् एक लाख ९२ हजार बिरामीलाई सेवा प्रवाह गर्र्दै नेपाल सरकारको सेकेन्डरी बी अस्पतालका रुपमा स्तरोन्नति गर्न न्यूनतम स्वास्थ्य सेवा मापदण्ड पूरा गरिएको बताउनुभयो ।

विभिन्न सेवा सञ्चालन गर्दै आइरहेको अस्पतालले बाहिरका नगरपालिकाका अस्पताल एवं जिल्लामा समेत सेवा प्रवाह, घुम्ती सेवा सञ्चालन गरेको जनाउँदै आगामी दिनमा घरदैलो स्वास्थ्य सेवा, सम्पूर्ण नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा, मानव अङ्ग प्रत्यारोपण सेवा, क्याथ ल्याब, एमआरआई सेवा, नर्सिङ कलेज, पारामेडिक्स कोर्स सञ्चालन गर्ने योजना बनाएको नगर प्रमुख श्रेष्ठले बताउनभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा डिके रौशनले अस्पतालले हाल दिँदै आएको सेवा र आगामी दिनमा विस्तार गर्ने सेवाका बारेमा जानकारी दिनुभयो । नयाँ भवन आगामी दुई वर्षमा सम्पन्न हुने र सेवा विस्तारमा सहज हुने उहाँले बताउनुभयो । रासस

सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.