• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

‘अपाङ्गता भएका व्यक्तिलाई जिम्मेवार र सक्षम नागरिक बनाउनुपर्छ’

  •  शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित

पाटन (ललितपुर) । अपाङ्गता भएका व्यक्तिलाई पनि राज्यमा सकारात्मक योगदान पु¥याउन सक्नेगरी जिम्मेवार र सक्षम नागरिक बनाउनुपर्नेमा सरोकार भएकाहरू जोड दिएका छन् ।

अपाङ्गता सशक्तीकरण समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा आज ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा आयोजित ‘अपाङ्गता भएका महिलाका लागि सीप विकास परियोजनाअन्तर्गत रोजगार तथा इन्टनसिपसम्बन्धी छलफल’ कार्यक्रममा सहभागीले अपाङ्गता भएका व्यक्तिलाई पनि जिम्मेवार र सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले अपाङ्गता भएका व्यक्तिलाई सीप र तालिम दिएर रोजगारी र उद्यमशीलताको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

“अपाङ्गता भएकालाई सशक्तीकरण गर्दै राज्यमा योगदान दिनसक्ने जिम्मेवार र सक्षम बनाइनुपर्छ । नगरको रोजगार शाखाबाट भएका विभिन्न कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका लागि ‘सिड मनि’ शीर्षकमा रु दुई लाख दिने गरेका छौँ, यस वर्ष आपाङ्गता रोजगारीका लागि रु सात लाख बजेट छुट्याइएका छौँ”, उहाँले भन्नुभयो ।

अपाङ्गता भएकाको सशक्तीकरणका लागि नगरपालिकाले विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वय एवं सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अपाङ्ता सशक्तीकरण समाज नेपालमार्फत जनचेतनाको विकास, सीप विकास, रोजगारीको प्रवर्द्धनका साथै उद्यमशीलताको क्षेत्रमा प्रभावकारी कामको सुरुवात गरिएको बताउँदै उहाँले आगामी दिनमा पनि नगरपालिकाले सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

महालक्ष्मी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन्द्रदेव सिंहले तालिमबाट सीप हासिल गर्नुभएका व्यक्ति तथा व्यक्तित्वलाई आफू रोजगारमा मात्रै सीमित नभई उद्यमशील बन्न समेत आग्रह गर्नुभयो । “सरकारले पनि बेरोजगारलाई स्वरोजगार बनाउने नीति लिएको छ, सहुलियत ऋण र अनुदानको व्यवस्था गरेको छ, यसलाई सदुपयोग गरेर उद्यमशील बन्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

उहाँले शारीरिक अपाङ्गता भएका महिलामा क्षमता अभिवृद्धि गर्दै स्वरोजगार बनाउन गरिएको काम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले समाजलाई रुपान्तरण गर्ने उद्देश्यका साथ अगाडि बढेको अपाङ्गता सशक्तीकरण समाज नेपालको कामले राज्यको सामाजिक उत्तरदायित्वको भारमा सहजता ल्याउँदै अपाङ्गता भएकाको दैनिक जीवनयापनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले आफूहरूले अपाङ्गतावरण गर्दा भोग्नु परेको कष्ट निकै दर्दनाक रहेको भन्दै अपाङ्गता भएका अबका पुस्ताले पीडा भोग्नु नपरोस् भनेर संस्थागत रूपमा रचनात्मक र सिर्जनात्मक कार्यमार्फत सीप र सिर्जनामा जोड्ने प्रयत्न गरिएको बताउनुभयो ।

“उद्यमशीलतालाई अपाङ्गतामैत्री बनाउने हाम्रो लक्ष्य हो, हामी बेरोजगार हुँदा ज्यादै अभाव, दबाब र प्रभावमा कठिनाइ भोग्नुपरेको अवस्था थियो, अपाङ्गता भएकाले भविष्यमा यस्तो कठिनाइ भोग्नु नपरोस्, योग्य र सक्षम नागरिकका रूपमा उहाँहरूले आफूलाई स्थापित गर्न सक्नुहोस् भनेर सीप विकासमा लागेका हौँ”, उहाँले भन्नुभयो ।

संस्थाका महासचिव कृष्ण महर्जनले महालक्ष्मी नगरपालिकाभित्र अपाङ्गता भएका महिलालाई छ महिने सीप विकास तालिम र १८ जना किशोरीलाई डिजिटल साक्षरता तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाका रोजगार शाखा प्रमुख सहदेव केसीले ‘रोजगारी सिर्जना गरौँ, विकासलाई गति दिऔँ’ भन्ने नारासहित नगरपालिकाले लघुउद्यम विकास कार्यक्रमका लागि सहयोग गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा महालक्ष्मी नगरपालिकाभित्रका ४० जना अपाङ्गता भएका व्यक्तिको सहभागिता थियो । रासस

शुक्रबार, मङि्सर १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.