• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

‘सुस्तश्रवण भएकालाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन आवश्यक छ’

  •  शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्जमा सुनाइ क्षमतामा कमी भएका बिरामीका लागि प्रभावकारी सञ्चारका लागि सहजीकरण गर्न विभिन्न सुविधा ल्याएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा सुस्तश्रवण भएकालाई सुन्न सहयोगी सामग्री, प्रतीक चिह्न (इयरमार्क) तथा सञ्चार रणनीतिहरू समावेश गरिएको सहयोगी पुस्तिका विकास गरी कार्यान्वयनमा ल्याएको जनाइएको हो ।

अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा रवीन्द्र प्राधानाङ्गले अस्पतालले सुस्तश्रवण भएका व्यक्तिका लागि सहजताका लागि ओपिडी कार्डमै छाप लगाउने व्यवस्था गरेको बताउनुभयो । त्यसका साथै ती व्यक्तिहरूसित कसरी सञ्चार गर्ने भन्ने विषयमा तालिम पनि दिइएको बताउनुभयो ।

जापानी सहयोग नियोग (जाइका) को ‘ग्रासरूट्स जेपिपी’ परियोजनाअन्तर्गत श्रुति (राष्ट्रिय सुस्त श्रवण तथा पछि बहिरा भएकाको सङ्गठन नेपाल), त्रिवि शिक्षण अस्पताल र जापानको राष्ट्रिय सुस्तश्रवण सङ्घको सहकार्यमा ‘पाइलट प्रोजेक्ट अफ ऐसेसिबल कम्युनिकेसन सपोर्ट फोर हार्ड अफ हेयरिङ प्यासियन्टेस् इन काठमाडौँ हस्पिटल’ नामक तीन वर्षे परियोजनाअन्तर्गत सो व्यवस्था गरिएको हो ।

डा प्राधानाङ्गका अनुसार सुस्तश्रवण भएका व्यक्तिहरूले आफ्नो समस्याबारे भन्न सक्ने तर जवाफ सुन्न पाए पनि बुझ्न नसक्नु सबैभन्दा ठूलो चुनौती रहेको छ । उहाँले भन्नुभयो, “सुस्तश्रवण भएका व्यक्तिलाई अस्पताल जाँदा एकै पटकमा सम्पूर्ण सेवा कुनै पनि सोधपुछ बीना उपलब्ध हुन सकोस् भन्ने नै यो परियोजनाको मुख्य उद्देश्य हो ।”

उहाँले भन्नुभयो, “सुस्तश्रवण भएका व्यक्तिमैत्री अस्पताल तथा क्षेत्र सबै हुनुपर्छ । यो परियोजना कार्यन्वयन गर्दा टिकट काउन्टरमै स्ट्याम्प लगाउने व्यवस्था छ, जसले गर्दा फलोअपमा सजिलो हुन्छ । हाल प्याथोलोजीमा यो सुविधा छ विस्तारै अरू विभागतिर पनि विस्तार गछौँ ।” अस्पतालले छिट्टै नै अस्पतालको सेवासहितको डिजिटल बोर्ड राख्ने तयारीमा पनि रहेको छ ।

सो अवसरमा ‘श्रवणशक्ति गुमेका व्यक्तिहरूको लागि स्वास्थ्य सेवाहरूमा पहुँच अस्पतालको लागि सहयोगी पुस्तिका’ नामक पुस्तिका प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो ।

श्रुतिकी अध्यक्ष तथा परियोजनाकी संयोजक नीता केशरी भट्टराईले परियोजनाले सुस्तश्रवण भएका व्यक्तिलाई स्वास्थ्य सेवामा पहुँचयुक्त वातावरण निर्माणका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुस्त श्रवण भएका व्यक्तिहरू घरपरिवारमा निर्भर हुने, स्वास्थ्य सेवा लिन आफैँले नसक्ने भएको हुनाले यसको लागि पहुँचयुक्त कसरी बनाउन सकिन्छ भनेर परियोजना गरेका हौँ ।”

उहाँले स्वास्थ्यकर्मीमा ती व्यक्तिहरूसित कसरी सञ्चार गर्नुपर्छ भन्ने चेतनाकी कमी देखिएको र सञ्चार सामग्री पनि उपलब्ध नभएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ती व्यक्तिहरूसँग कुरा गर्दा उज्यालो कोठाहरू प्रयोग गर्ने, कुरा गर्दा आँखा जुधाएर कुरा गर्नुपर्ने, बोल्दा सहज हुनेगरी बोल्ने, हाउभाउ प्रयोग गर्ने, लेखेर कुरा गर्ने, धैयर्ता गरेर कुरा गर्ने, लेख्ने बोर्डहरू राख्ने विषयमा छलफल भएको छ । सहयोगी पुस्तकले पक्कै मद्दत गर्नेछ ।” रासस

शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.