• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ३ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • ३ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ४ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ४ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ७ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • १० घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • १० घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

पाकिस्तानको लाहोरमा गम्भीर प्रदूषणका बीच जोखिमपूर्ण वायु गुणस्तर कायमै

  •  आइतबार, पुष २१, २०८१ मा प्रकाशित

पाकिस्तान । पाकिस्तानको लाहोर गम्भीर वायु प्रदूषणसँग जुझिरहेको र यसले विश्वव्यापी रूपमा सबैभन्दा खतरनाक सहरहरू मध्ये एकका रूपमा आफ्नो स्थिति कायम राखेको डनले रिपोर्ट गरेको छ ।

रिपोर्ट अनुसार शनिबार दिउँसो १ देखि २ बजेको बीचमा वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अधिकतम ४६५ सम्म पुग्दा शहरको वायु गुणस्तर चिन्ताजनक रूपमा खराब रह्यो ।

बढ्दो घामसँगै दिउँसो २ बजेपछि एक्युआईमा कमी आउन थालेपछि पनि राति ८ बजे सम्ममा यो सहर विश्वको चौथो सबैभन्दा प्रदूषित सहर बनेको थियो ।

शुक्रबार दिउँसो २ बजे एक्यूआई ६६५ सम्म पुगेसँगै लाहोर फेरि विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा रह्यो । हावामा पीएम२.५, पीएम१०, नाइट्रोजन डाइअक्साइड (एनओ२) र ओजोन (ओ३) जस्ता हानिकारक प्रदूषकहरूको मात्रा निरन्तर उच्च रहेकाले यसले बासिन्दाहरूको स्वास्थ्यमा उल्लेखनीय जोखिम सिर्जना गरेको छ ।

सहरका विभिन्न भागमा एक्युआईले चिन्ताजनक सङ्ख्या देखाएको डनले जनाएको छ । उदाहरणका लागि पाकिस्तान इन्जिनियरिङ सर्भिसेस (प्राइभेट) लिमिटेडले एक्युआई ३५४ रेकर्ड गरेको छ भने पावरजोन हेड अफिसले ३२५ रिपोर्ट गरेको छ ।

लाहोरस्थित अमेरिकी वाणिज्य दूतावास र ग्रान्ड चार्टर स्कुलसहित अन्य क्षेत्रमा पनि एक्युआई २८७ थियो । एक्युआई वर्गीकरणले ३०० भन्दा माथिको कुनै पनि रिडिङलाई खतरनाक मानिने सङ्केत गर्दछ । यसले जनसङ्ख्याका लागि गम्भीर स्वास्थ्य खतराहरूको सङ्केत दिन्छ ।

यसैबीच मौसम विभागले आइतबारका लागि चिसो र आंशिक बदली मौसमको पूर्वानुमान गरेको छ र लाहोरसहित पञ्जाबका धेरै जिल्लामा हल्का वर्षा र शीतको सम्भावना रहेको जनाएको छ ।

विभिन्न सहरमा विशेष गरी दक्षिणी र मध्य क्षेत्रहरूमा बिहान र रातको समयमा घना कुहिरो लाग्ने अनुमान गरिएको डनले जनाएको छ ।

डनका अनुसार वरिष्ठ प्रान्तीय मन्त्री मरियम औरङ्गजेबले धुवाँ र वायु प्रदूषणसँग लड्न सरकारको प्रतिबद्धता दोहोर्याउनुभएको छ । उहाँले स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्नु प्राथमिकता रहेको र वायु प्रदूषण घटाउने प्रयासहरू कुनै छुट बिना जारी रहने कुरामा जोड दिनुभयो । रासस

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.