• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ६ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ९ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ९ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

अस्पताल अध्यक्षमा राजनीतिक नियुक्तिको परम्परा तोडियो

  •  मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित जिल्ला समन्वय समितिको प्रमुखलाई नियुक्त गरेको छ ।

समितिको संरचनागत सुधारका लागि प्रदेश सरकारले गत वर्ष जारी गरेको अस्पताल व्यवस्थापन समिति गठन आदेश–२०८० अनुसार नयाँ समितिहरू गठन भएका हुन् । यसअघि सरकारमा रहेका दल निकटका व्यक्ति समितिको पदाधिकारी र सदस्यमा नियुक्त हुँदै आएका थिए । मुस्ताङ, तनहुँ र बागलुङमा जिसस प्रमुखको अध्यक्षतामा समिति गठन भइसकेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिनुभयो ।

“नयाँ गठन आदेशअनुसार बनेका समितिले अस्पताल सुधारमा तटस्थ र प्रभावकारी ढङ्गले काम गर्नेछन्”, उहाँले भन्नुभयो, “यसले राजनीतिक आधारमा हुने नियुक्तिको प्रक्रियालाई ताडेको छ ।” पुरानो समितिको कार्यकाल सकिनासाथ प्रदेश सरकार मातहतका अन्य अस्पतालहरूको व्यवस्थापन समिति पनि नयाँ प्रावधानअनुसार गठन हुने मन्त्री पाठकले बताउनुभयो ।

नवगठित समितिमा जिसस प्रमुखको अध्यक्षतामा सात सदस्य रहने व्यवस्था छ । समितिको सदस्यमा अस्पताल रहेको सम्बन्धित स्थानीय तहको प्रमुख÷अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष तथा लेखा नियन्त्रक, उद्योग वाणिज्य सङ्घको अध्यक्ष र सामाजिक क्षेत्रमा क्रियाशील स्नातक उत्तीर्ण एक महिला रहने व्यवस्था छ ।

समितिको सदस्य सचिवमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रहने छन् । अस्पताल व्यवस्थापन समितिलाई चुस्त र प्रभावकारी बनाउन संरचनागत सुधार थालिएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेन्डन्टलगायत सरोकार भएका पक्षको सुझावका आधारमा प्रदेश सरकारले नयाँ गठन आदेश जारी गरेको थियो ।

यसअघि गठित कतिपय समितिका पदाधिकारी र सदस्यको मर्यादाक्रममा देखिएको असहजताले समितिको बैठक बस्नसमेत नसक्ने स्थिति देखिएको थियो । जिसस प्रमुख अस्पतालको अध्यक्ष हुँदा जिल्लाका अरू निकायसँग समन्वय गर्न पनि सहज हुने र मर्यादाक्रमको समस्या पनि हट्ने जनाइएको छ ।

अस्पताल व्यवस्थापन समितिमा अहिले रहेका पदाधिकारी÷सदस्यलाई लक्षित गरेर नभई अस्पतालको दीर्घकालीन हित गरेर सरकारले समिति गठनको नयाँ प्रावधान ल्याएको मन्त्री पाठकले बताउनुभयो ।

प्रदेश सरकारअन्तर्गतका अस्पतालबाट प्रवाह हुने सेवाको व्यवस्थापन तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन समिति गठन हुने सो आदेशमा उल्लेख छ । गण्डकी प्रदेश विकास समिति ऐन, २०७७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर सरकारले गठन आदेश जारी गरेको थियो । सोही गठन आदेशअनुसार बनेको बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालको व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले मङ्गलबार पदभार ग्रहण गरेका छन् ।

नवगठित समितिका अध्यक्ष एवं जिसस प्रमुख अम्मरबहादुर थापाले अस्पतालको सेवा विस्तारलगायत व्यवस्थापकीय पक्षमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । समितिको सदस्यमा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेललगायत रहनुभएको छ । उक्त पदस्थापन कार्यक्रममा मन्त्री पाठकले एउटै जिल्लामा एकभन्दा धेरै अस्पताल रहेको खण्डमा छुट्टै गठन आदेशबाट समिति बन्ने बताउनुभयो । रासस

मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.