• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ५५ मिनेट 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ३ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ५ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ८ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ८ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ८. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

भोलिदेखि देशभर एकैसाथ एचपीभी खोप अभियान सञ्चालन गरिने

  •  सोमबार, माघ २१, २०८१ मा प्रकाशित

काठमाडौँ । सरकारले भोलिदेखि देशैभर एकैसाथ पाठेघरको मुखको क्यान्सर विरुद्धको निशूल्क खोप अभियान सञ्चालन गर्दैछ ।

माघ २२ अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले विद्यालय लक्षित पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

अभियान अन्तर्गत सरकारले ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरू र कुनै कारणबस विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने गरी तयारी पुरा गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा देशैभरका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीहरूलाई खोप लगाउने तयारी सरकारको छ ।

त्यसका लागि करिब १७ लाख ५० हजार खोप खरिद गरेको र खोप सम्बन्धित विद्यालय तथा स्वास्थ्य संस्थामा पु¥याउने, स्वास्थ्यकर्मी र स्वयं सेवक खटाउने लगायतका काम पुरा भइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

हाल नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर लाग्ने गरेको र त्यसमध्ये ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सर निर्मूल पार्न र यसबाट बच्नका लागि सरकारले एचपीभी खोप अभियान सञ्चालनमा ल्याएको हो ।

एचपीभी खोपको कुनै पनि साइड इफेक्ट नहुने भएकाले लक्षित सबैलाई खोप अभियानमा सहभागी भई खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार विश्वमा गरिएका प्रयोगको विभिन्न अध्ययन, अनुसन्धानका आधारमा पनि यसको कुनै पनि प्रकारको साइड ईफेक्ट नभएको पाइएको छ ।

खोप लगाएको ठाउँमा रातो हुने, हल्का सुनिने र दुख्ने बाहेक खास ठूलो समस्या नआउने र यदि कुनै प्रकारको समस्या देखिएका त्यसको लागि स्वास्थ्यकर्मीको टोलीलाई पूर्वतयारीका साथ राखिएको पनि डा. बुढाथोकीले जानकारी दिनुभयो । त्यसैले निर्धक्क भएर खोप लगाउन सकिने उहाँ बताउनुहुन्छ ।

एचपीभी खोपको विकास सन् २००६ मा भएको र हालसम्मको अनुसन्धानका आधारमा यो खोप एक मात्रा लगाएपछि जीवनभरलाई पुग्ने देखिएको छ । हालसम्म यसको अध्ययन, अनुसन्धान त्यति लामो नभएको तर पहिलो मात्रा खोप लगाएको १२÷१५ वर्षसम्म पनि सुरुकै अवस्थामा जत्तिकै एन्टिबोडी देखिएकाले एकमात्रा नै जीवनभरका लागि हुने पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार २५/३० वर्षपछि यसमा थप अध्ययन, अनुसन्धान भयो र समय क्रम अनुसार त्यसबेला एन्टिबोडी घटेको पाइयो भने फेरी अभियान सञ्चालन गर्न सकिने तर हाललाई भने यो एक मात्रा नै जीवनभरका लागि भन्ने विश्वासका साथ यो अभियान चलाइएको हो ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउन लागिएको हो ।

सोमबार, माघ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.