• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १२ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १२ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १३ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

भोलिदेखि देशभर एकैसाथ एचपीभी खोप अभियान सञ्चालन गरिने

  •  सोमबार, माघ २१, २०८१ मा प्रकाशित

काठमाडौँ । सरकारले भोलिदेखि देशैभर एकैसाथ पाठेघरको मुखको क्यान्सर विरुद्धको निशूल्क खोप अभियान सञ्चालन गर्दैछ ।

माघ २२ अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले विद्यालय लक्षित पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

अभियान अन्तर्गत सरकारले ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरू र कुनै कारणबस विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने गरी तयारी पुरा गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा देशैभरका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीहरूलाई खोप लगाउने तयारी सरकारको छ ।

त्यसका लागि करिब १७ लाख ५० हजार खोप खरिद गरेको र खोप सम्बन्धित विद्यालय तथा स्वास्थ्य संस्थामा पु¥याउने, स्वास्थ्यकर्मी र स्वयं सेवक खटाउने लगायतका काम पुरा भइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

हाल नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर लाग्ने गरेको र त्यसमध्ये ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सर निर्मूल पार्न र यसबाट बच्नका लागि सरकारले एचपीभी खोप अभियान सञ्चालनमा ल्याएको हो ।

एचपीभी खोपको कुनै पनि साइड इफेक्ट नहुने भएकाले लक्षित सबैलाई खोप अभियानमा सहभागी भई खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार विश्वमा गरिएका प्रयोगको विभिन्न अध्ययन, अनुसन्धानका आधारमा पनि यसको कुनै पनि प्रकारको साइड ईफेक्ट नभएको पाइएको छ ।

खोप लगाएको ठाउँमा रातो हुने, हल्का सुनिने र दुख्ने बाहेक खास ठूलो समस्या नआउने र यदि कुनै प्रकारको समस्या देखिएका त्यसको लागि स्वास्थ्यकर्मीको टोलीलाई पूर्वतयारीका साथ राखिएको पनि डा. बुढाथोकीले जानकारी दिनुभयो । त्यसैले निर्धक्क भएर खोप लगाउन सकिने उहाँ बताउनुहुन्छ ।

एचपीभी खोपको विकास सन् २००६ मा भएको र हालसम्मको अनुसन्धानका आधारमा यो खोप एक मात्रा लगाएपछि जीवनभरलाई पुग्ने देखिएको छ । हालसम्म यसको अध्ययन, अनुसन्धान त्यति लामो नभएको तर पहिलो मात्रा खोप लगाएको १२÷१५ वर्षसम्म पनि सुरुकै अवस्थामा जत्तिकै एन्टिबोडी देखिएकाले एकमात्रा नै जीवनभरका लागि हुने पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार २५/३० वर्षपछि यसमा थप अध्ययन, अनुसन्धान भयो र समय क्रम अनुसार त्यसबेला एन्टिबोडी घटेको पाइयो भने फेरी अभियान सञ्चालन गर्न सकिने तर हाललाई भने यो एक मात्रा नै जीवनभरका लागि भन्ने विश्वासका साथ यो अभियान चलाइएको हो ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउन लागिएको हो ।

सोमबार, माघ २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.