• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • ११ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • ११ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १२ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …

  •  आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

काठमाडौँ । पर्वत कुश्मा –४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उहाँ अहिले उज्यालो देख्न पाएपछि हर्षित हुनुहुन्छ ।

उहाँले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो । उहाँले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाउनुभएको हो ।

उहाँले भन्नुभयो “सात–आठ वर्ष अगाडिदेखि आँखाले धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ । ” उसो त उहाँको छोरा छोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहनुभएको छ ।

दुई वर्षदेखि पूर्णरुपमा अन्यकै सहरामा जीवन निर्वाह गरिरहनुभएकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसि हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भन्नुभयो “अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।”

नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेशन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो ।

हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो ।

शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेशनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी ः आँखा सेवामा साझेदारी’ भन्ने मुल नारासहित विभिन्न निकायसँगको सहकार्यमा सङ्घले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य छन् त्यसैले सङ्घले उहाँहरुको घर आगनमै गएर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।” हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हरी विक्रम अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो । रासस

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.