• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २४ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

ज्येष्ठ नागरिक, महिला, अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा

  •  शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित

भक्तपुर । आफ्ना नगरवासीलई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा तथा महिला सु–स्वास्थ्य कार्यक्रम शुभारम्भ गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा गर्भवती महिला र ‘क’ वर्गका अशक्तहरूका लागि बिहीबार नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिका–६ पाटीबिहारबाट निःशुल्क घरदैलो स्वास्थ्य सेवाको शुभारम्भ गर्नुभएको हो ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालका मेडिकल अधिकृतको संयोजकत्वमा चिकित्सक, नर्स, ल्याब असिस्टेन्टसहित आवश्यक स्वास्थ्यकर्मीसहितका जनशक्ति प्रत्येक दिन वडावडामा पुगेर सेवा दिन सुरु भएको हो ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा हाल दैनिक एक हजार हाराहारीमा सेवाग्राही आइरहेको अवस्थामा ज्येष्ठ नागरिक र गर्भवती महिलालाई अस्पतालमा आएर घण्टौँ लाइन बस्न नपरोस् भनेर यो सेवा शुभारम्भ गरेको बताउनुभयो ।

अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले प्रत्येक वडामा महिनाको दुईपटकका दरले वडावडामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र घरबाहिर सेवा लिन जान नसक्ने अशक्त एवं ज्येष्ठ नागरिकलाई घरदैलोमा नै गएर स्वास्थ्य सेवा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगका बिरामी अब अस्पतालसम्म धाउनु नपर्ने र आफ्नै वडामा महिनामा दुईपटक स्वास्थ्य जाँच गराएर औषधि लिन सक्नेगरी अभियान सुरु गरेको बताउनुभयो । यो अभियानबाट गम्भीर रोग लाग्नुअगावै रोगको पहिचान गर्न मद्दत पुग्ने र समयमै उपचारमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

नेपाल–कोरियामैत्री नगर अस्पतालका प्रमुख डा दीपेन्द्रकुमार रोशनले नगरवासीलाई अब सहज स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने बताउँदै ज्येष्ठ नागरिक, अशक्त, गर्भवती महिलालाई वडावडा र घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदा सबैलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सकिने बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकामा १० हजार ३५ जना ६० वर्ष उमेरमाथिको जनसङ्ख्या रहेको स्वास्थ्य शाखा संयोजक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य बिमा नगरेका सो उमेर समूहका ज्येष्ठ नागरिक र महिला स्वास्थ्यअन्तर्गत गर्भवती महिलाको नगरपालिकाले निःशुल्क बिमा गरिदिने उहाँले बताउनुभयो । यो अभियानमा सम्पूर्ण ल्याब सेवा, बिमामा पर्ने सम्पूर्ण उपलब्ध औषधि, आवश्यकानुसार (अल्ट्रासाउन्ड) भिडियो एक्सरे सेवा, आवश्यकतानुसार विशेषज्ञ सेवा नागरिकले आफ्नै वडामा पाउने उहाँले बताउनुभयो । रासस

शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.