नयाँ दिल्ली । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले सन् २०२५ को अन्त्यसम्ममा देशबाट क्षयरोग (टीबी) उन्मूलन गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
नड्डाले पूर्वी राज्य ओडिशाको स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त घोषणा गर्नुभयो ।
“दिगो विकास लक्ष्य अनुसार भारतले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्नुपर्नेछ । तर, सन् २०२५ सम्ममा यसलाई हासिल गर्न हामी तयार छौं,” उहाँले बताउनुभयो ।
देशभर चलिरहेको १०० दिने क्षयरोग उन्मूलन अभियानमा हालसम्म पाँच लाख क्षयरोगी पत्ता लागेको नड्डाले बताउनुभयो ।
क्षयरोग एक सङ्क्रामक रोग हो,जसले सामान्यतया फोक्सोलाई असर गर्छ ।
क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा वा कुरा गर्दा फोक्सोबाट निस्कने थोपाहरू मार्फत हावामा फैलिन्छ । रासस
