काठमाडौँ । नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार शालिक सुवेदी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड –२०८१ बाट सम्मानित हुनु भएको छ ।
।
पत्रकारिताको माध्यमबाट पुरयाएको समाजमा पु¥याउनु भएकोे योगदानको कदर गर्दै सुबेदीलाई राष्ट्रिय हेल्थ अवार्डद्धारा सम्मान गरिएको हो ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मीडिया नेटवर्कको नवौं
बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवले उहांँलाई उक्त अवार्ड प्रदान गर्नु भएको थियो ।
अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी ,स्वास्थ्य संस्था , पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मान गरिएको थियो ।
स्वास्थ्य दर्पण मीडियाले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, तथा पत्रकारलाई सम्मानित गर्दै आएको छ ।
