• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १८ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

घरछेउमै स्वास्थ्य सेवा पाएपछि घोरदौराका महिला खुसी

  •  शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१८ का ४८ वर्षीय महिलाको पाठेघर बाहिर आएको र समयसमयमा दुख्ने पनि गथ्र्यो । दुई छोरा र तीन छोरी घरमै जन्माउनुभएकी उहाँ प्रजनन स्वास्थ्य र आफ्नो पीडा सुनाउन पनि लजाउनुहुन्थ्यो । नगरपालिकाले जनस्वास्थ्य प्रवर्द्धन शाखामार्फत सोही वडामा रहेको स्वास्थ्य इकाइमा निःशुल्क प्रजनन रुग्णता कार्यक्रमअन्तर्गत ‘भिआइए स्क्रिनिङ’ शिविरमा गएपछि भने उहाँ खुल्नुभयो । घर छेउमा शिविर सञ्चालन भएकाले छिमेकीका साथमा त्यहाँ पुग्नुभएकी उहाँ स्वास्थ्यकर्मीको कुरा सुनेर खुसी हुनुभयो । स्वास्थ्यकर्मीले समस्या थाहा पाएपछि उहाँको पाठेघरमा रिङ राखिदिए । अहिले निकै सजिलो भएको छ ।

ती महिलाले भन्नुभयो, “कस्तो सजिलो भयो । गाउँघरका महिला अझै पनि प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा नगर्ने, लाज मान्ने र रोग लुकाएर राख्ने प्रवृत्ति रहेको छ । मैले पनि त्यसै गरेकी थिए । उपचार गरेपछि त सजिलो हुँदो रहेछ नि !”

सोही वडाकी ३३ वर्षीया अर्की महिलाको पाठेघर दोस्रो स्टेजमा तल झरेको थियो । यो कुरा थाहा पाउन पनि उहाँलाई स्वास्थ्य शिविरमा परीक्षण गर्नुप¥यो । जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले भन्नुभयो,“तीन छोराछोरीकी आमा उहाँलाई स्वास्थ्य परीक्षण गर्न जानलाई गाडी भाडासमेत थिएन । अटोरिक्साले ८०० देखि एक हजारसम्म लिने गर्छ, त्यो रुटमा गाडी चल्दैनन् । घरदेखि टाढाको सामूहिक धाराबाट पानी बोक्नुपर्छ । दैनिक उकाली–ओराली र डोकोमा पानी बोक्दाबोक्दै उहाँको पाठेघर झरेको हाम्रो अनुमान गरे । गह्रौँै काम नगर्नू, घरमा आराम गर्नु भनेर सल्लाह दिएका छौँ ।”

उहाँले दुर्गम ठाउँका महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत नहुँदा समस्या भइरहेको र त्यसैको निदानका लागि गाउँगाउँमा शिविर आयोजना गरिएको बताउनुभयो । दिनभरिको काम, महँगो गाडीभाडा भएकाले घोरदौराका महिलाको घरआँगनमै सेवा दिइएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख पौडेलको भनाइ छ । वडा कार्यालयको समन्वयमा दुर्गम ठाउँमा स्वास्थ्य शिविर राखेर प्रजनन स्वास्थ्यका साथै प्रजनन अङ्गको सरसफाइबारे सिकाउने गरिएको उहाँले बताउनुभयो ।

उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाहरु घरमै काममा व्यस्त हुने र स्वास्थ्य समस्यालाई लुकाउने गरेका कारण पछिल्लो समय पाठेघर मुखको क्यान्सर बढ्दै गएको बताउनुभयो । समयमै परीक्षण गरेर रोग लाग्नबाट बच्न सकिने भएकाले वडावडामा प्रजनन स्वास्थ्य शिविर राखिएको उहाँले जानकारी दिनुभयो । “दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक बिहीबार यो सेवा दिइरहेको छ”, उपप्रमुख डिसीले भन्नुभयो, “क्यान्सरजस्तो प्राणघातक रोगलाई समयमा पत्ता लगाउने हो भने उपचार सम्भव भएकाले समयसमयमा स्वास्थ्य परीक्षण गनुपर्छ ।” उहाँले साढे दुई वर्षदेखि पाठेघरको मुखको स्क्रिनिङ गरेर स्वास्थ्य परीक्षण गर्न थालिएकामा २०० भन्दा बढी महिलाको पाठेघर मुखको क्यान्सर पत्ता लागेको जानकारी दिनुभयो ।

पहिलो, दोस्रो अवस्थाका क्यान्सर निको हुने भएकाले समयमा रोग पत्ता लगाउने र महिलाको स्वास्थ्य बचाउने अभियान रहेको उपप्रमुुख डिसीको भनाइ छ ।

मनोसामाजिक परामर्शकर्ता सुशीला आचार्यले स्वास्थ्य समस्याका कारण मनोरोगको समस्या देखिने भएकाले स्वास्थ्य शिविरमा मनोपरामर्शसमेत दिने गरिएको बताउनुभयो । आफ्नो रोग खुलाउन नचाहने महिलालाई परामर्शबाट सकारात्मकतातिर लैजाने गरेको बताउनुभयो ।

घोराही–१८ का वडाअध्यक्ष भरत अर्यालले पहाडी क्षेत्रका महिलालाई स्वास्थ्य संस्था पुग्न समस्या हुने भएकाले शिविर राख्ने गरिएको बताउनुभयो ।

यही बिहीबार आयोजित शिविरमा घोरदौरामा रहेका तीनवटा टोलका २९ जना महिलाले सेवा लिएका थिए । त्यसक्रममा पाठेघर खसेका आठजना, एकजना सकारात्मक अर्थात् सम्भावित पाठेघरको मुखको क्यान्सर हुन सक्ने लक्षण देखिएकोे थियोे । दुई जनाको पाठेघरमा रिङ राखिएको थियो । परीक्षण गरेकामध्ये धेरैजसो महिलामा सेतो पानी बग्ने, चिलाउनेजस्ता समस्या देखिएको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । रासस

शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.