• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • २ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • २ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • ३ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • १ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • १ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • १ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

  •  आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

ढोरपाटन (बागलुङ) । गलकोटमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन भएको हो । रु १४ लाख लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेपछि नगरपालिले रु १५ लाखमा पूर्वाधार निर्माण गरी सेवा सुरु गरेको हो ।

पश्चिम बागलुङमा अहिलेसम्म रक्तसञ्चार सेवा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको हुँदा दातासँग सहकार्य गरेर सेवा सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार सेवाका लागि मेसिनलगायत अत्यावश्यक उपकरण दिएको उहाँको भनाइ छ ।

“नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, दूरदराजका नागरिक सामान्य उपचारका लागि पहिले पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो, अहिले नगर अस्पताल सञ्चालन गरेर विशेषज्ञ सेवा दिन थालेका छौँ”, नगरप्रमुख गैरेले भन्नुभयो, “अहिले नगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ, यहाँ रक्तसञ्चार सेवाको निकै खाँचो थियो, यसपालि विभिन्न दातासँग सहकार्य गरेर त्यसको पनि व्यवस्थापन गरेका छौँ ।”

गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले अस्पतालमा प्रसूति, शल्यक्रिया र गम्भीर दुर्घटनाका बिरामी आउने तर रक्तसञ्चार सेवा नहुँदा पोखरा, काठमाडौँ रिफर गर्नुपरेको भन्दै अब त्यो समस्याको समाधान भएको बताउनुभयो । पछिल्लो समय रक्तसञ्चार सेवा लिने बिरामीसमेत बढेको उहाँको भनाइ छ । शल्यक्रियामार्फत प्रसूति गराउने महिलालाई रक्तसञ्चार सेवाले महत्त्वपूर्ण सघाउ पुर्याउने डा पौडेल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गलकोट क्षेत्रमा एउटा ‘ब्लड बैंक’को अतिआवश्यक थियो, पहिले यो सेवा नहुँदा यहाँबाट महिनामा करिब १२–१५ जना बिरामीलाई टाढा पठाउन बाध्य थियौँ, अब चाहिँ यहीबाट सेवा दिनसक्ने भएका छौँ, यो सेवाले पश्चिम बागलुङका छवटा पालिकाका हजारौँ नागरिक लाभान्वित हुने छन् ।”

विसं २०७९ देखि सुरु भएको नगर अस्पतालमा हाल १५ शय्याको सेवा सुरु भएको छ । अस्पतालबाट अहिले भिडियो एक्सरे, अल्ट्रसाउन्ड, ल्याब, फिजियोथेरापी, आँखा उपचार केन्द्र, ओपिडी, सुत्केरी सेवासहित शव परीक्षण सेवा सञ्चालन भइरहेको डा पौडेलले बताउनुभयो । रासस

आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.