• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १८ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २४ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २४ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

  •  शनिबार, जेठ १०, २०८२ मा प्रकाशित

बलेवा (बागलुङ) । यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेट्नुभयो । पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुग्नुभएकी उहाँलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिनुभयो । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किनुभयो ।

सोही ठाउँकै ७० वर्षीया विष्णु थापा पनि बिहीबार बिहानैदेखि बाटाकाचौर स्वास्थ्य चौकीको प्राङ्गणमा लाममा बसेर कन्सल्टेन्ट फिजिसियन डा सन्दिप सापकोटासँग स्वास्थ्य जाँच गराउनुभयो । डाक्टरले औषधि लेखिदिएपछि औषधि वितरण कक्षबाट औषधि लिएर खुसी हुँदै घर फर्किनुभयो ।

स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा चिकित्सकहरु हेमन्त बाँस्तोला, सन्दिप सापकोटा, सन्दिप केसी, आशिष सापकोटालगायतले बिरामीको जाँच गर्नुभएको थियो । सन्तोष सुवेदीको नेतृत्वमा औषधि वितरण र आशिष शाक्यको नेतृत्वमा प्रयोगशाला सेवा सञ्चालन गरिएको थियो । शिविरमा बिरामीको भीड थियो ।

धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र प्रादेशिक अस्पताल पर्वतका चिकित्सकहरुको विशेष उपस्थितिमा स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा उपलब्ध शिविर बरेङ गाउँपालिकाले सञ्चालन गरेको हो । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वय, दुवै अस्पतालको प्राविधिक सहयोग र गाउँपालिका तथा वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट चार सय बढी बिरामीले सेवा लिएका छन् ।

शिविरमा आउने अधिकांश बिरामी सुगर, प्रेसरलगायत समस्या लिएर आएको डा हेमन्त बाँस्तोलाले बताउनुभयो । शिविरमा हाडजोर्नी तथा नशा, सामान्य चिकित्सा, बाल रोग, महिला तथा प्रसूति रोग, भिडियो एक्सरे, प्रयोगशाला र निःशुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा सहभागी अधिकांश ज्येष्ठ नागरिक, महिला तथा बालबालिका थिए । उनीहरुले गाउँमै प्रयोगशाला, भिडियो एक्सरेसहितको विषेशज्ञ सेवा लिए । गाउँबस्तीका सर्वसाधारणको स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने, सर्ने तथा नसर्ने रोगको पहिचान र निदान गाउँमै गर्ने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । केही समयअघि वडामा सञ्चालित शिविरमा विशेषज्ञ सेवा माग भएपछि शिविर आयोजना गरिएको वडाध्यक्ष शेरबहादुर खनालले बताउनुभयो ।

स्वास्थ्य शिविर उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताउनुभयो । उहाँले नागरिकको नजिक विषेशज्ञ सेवा पु¥याउने प्रदेश सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो । रासस

शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.