• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • ५२ मिनेट 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • ५९ मिनेट 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • २ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • १ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • १ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • १ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

  •  शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि लडेका प्रजातन्त्र सेनानीहरूको अभिलेख राखिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेश कार्यसमितिले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी सम्मान तथा प्रजातन्त्र सेनानी तुलसीनारायण खमु श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘जीवनगाथा’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्रका लागि लडेका सेनानीको अभिलेख कतै पनि नपाइनु दुःखद् भएको बताउनुभयो ।

“वास्तविक अभिलेख नभएकै कारण प्रजातन्त्र सेनानीको सूची माग्दा आधिकारिक संस्थाबाटै पञ्चायतमा लागेर काम गरेकाको पनि नाम आउने गरेको छ, कांग्रेसलाई जरा गाड्ने अवस्थामा पुर्याउने प्रजातन्त्र सेनानीकै अभिलेख नभएकाले प्रजातन्त्रका लागि काम गरेकाको सूची तयार पारी राख्नुपर्छ”, कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो ।

प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले कांग्रेसले प्रजातन्त्र सेनानीलाई बिर्सन नहुने बताउँदै सर्वाधिकार सम्पन्न प्रजातन्त्र सेनानी आयोग गठन गरिनुपर्ने बताउनुभयो । कांग्रेसभित्र प्रजातन्त्र सेनानीलाई आरक्षणको व्यवस्था गरिनुपर्ने माग पनि उहाँको थियो । आगामी निर्वाचनमा अहिलेसम्म अवसर नपाएका ८० प्रतिशतलाई कांग्रेसले टिकट दिनुपर्ने माग पनि प्रजातन्त्र सेनानी सङ्घले गरेको छ । अध्यक्ष दाहालले कांग्रेस नेता डा शेखर कोइराला र केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेललाई मागपत्र पनि प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय ध्यानगोविन्द रञ्जित र टेकप्रसाद गुरुङ, कांग्रेस नेता दामोदर गौतम, प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरी, प्रजातन्त्र सेनानीहरु तुलसीनारायण खमु श्रेष्ठ, मना थापा, गोविन्दप्रसाद गजुरेल, विनोद सिलवाललगायतले प्रजातन्त्र सेनानीले विगतमा गरेका योगदानको अभिलेख राखिनुपर्नेमा जोड दिनुभएको थियो ।

तुलसीनारायण खमु श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘जीवनगाथा’का बारेमा समीक्षात्मक मन्तव्य व्यक्त गर्नुहुँदै ब्रिलियन्ट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दुर्गाप्रसाद नेपालले पुस्तकमा प्रजातन्त्रका लागि श्रेष्ठले गरेको योगदानको चर्चा गरिएको जानकारी गराउनुभयो । विसं २००७ देखि २०८१ सम्म तुलसीनारायणले नेपाली कांग्रेस पार्टीका साथै सामाजिक क्षेत्रमा गरेका योगदानका विषयमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो ।

पुस्तकका सम्पादक कुमार रञ्जितले एक सय ५० पृष्ठको पुस्तक कांग्रेसको इतिहासका रूपमा आएको बताउनुभयो । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापनाका लागि श्रेष्ठले पुर्याउनुभएको योगदानका विषयमा पनि पुस्तकमा चर्चा गरिएको उहाँले बताउनुभयो । छ खण्डमा विभाजित पुस्तकले नेपालको राजनीतिक इतिहासको करिब सात दशकभन्दा लामो समयको यथार्थता सार्वजनिक गरेको बताउनुभयो । सो अवसरमा बागमती प्रदेशका १३ जिल्लाका १०० जना प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको थियो । रासस

शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.