• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १५ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १५ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १५ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

‘विद्यालय तहका पाठ्यक्रममा यौन शिक्षा आवश्यक छ’

  •  शनिबार, असार ०७, २०८२ मा प्रकाशित

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके यसको अभावमा आउनसक्ने समस्या समयमा समाधान गर्न सकिने सरोकार भएकाहरूले बताउनुभएको छ ।

सीप सूचना समाज (सिसो), नेपाल र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा आयोजित ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमका सहभागीले यौन तथा प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउन नसकिएको भन्दै पाठ्यक्रममा आधारित बृहत्तर यौन शिक्षाको आवश्यकता आँैल्याउनुभएको हो ।

सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले विद्यालय तहबाट यौन शिक्षा दिन सकिएमा यसबाट उत्पन्न हुने समस्याको निराकरण गर्न सहज हुने धारणा राख्नुभयो । उहाँले यौन तथा प्रजनन शिक्षा सबै उमेर समूहका लागि आवश्यक पर्ने उल्लेख गर्दै किशोरकिशोरी केन्द्रित योजना कार्यान्वयनले यससम्बन्धी समस्या समाधानमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले साङ्गीतिक कार्यक्रम अनिवार्य विषय बनाइराख्दा स्वास्थ्य शिक्षा भने ऐच्छिक राखिनु मनासिब नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यौन शिक्षा अनिवार्य बनाइनुपर्छ । कानुनले व्यवस्था गरेका अधिकारका बारेमा युवा तथा किशारकिशोरीलाई केही जानकारी छैन । स्वास्थ्य शिक्षा विषयका शिक्षकको दरबन्दी छुट्याउनुपर्छ । पाठ्यक्रममा आधारित बृहत्तर यौनिकता शिक्षा आवश्यक छ ।”

यौन तथा प्रजनन स्वास्थ्य विज्ञ खेम कार्कीले यौन स्वास्थ्य सबैका लागि आवश्यक विषय भए पनि समाजमा आफ्ना समस्या खुलेर राख्न र बहस गर्न नसक्ने परिपाटी रहेको बताउनुभयो । उहाँले यसबारे सचेतना फैलाउन, यौन स्वास्थ्य शारीरिक, मानसिक र सामाजिक रूपमा आवश्यक छ भन्ने बुझाउन सरोकार भएका निकाय, सञ्चरकर्मी, सञ्चारमाध्यमलगायतको सहकार्य र समन्वयमा पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आमनागरिकलाई बुझाउन नसक्दा कतिपय घरेलु हिंसा बढेका बताउनुभयो । “अस्वस्थ्यकर जीवनशैलीले पनि मानिसमा यौन दुर्वलताको समस्या बढाइरहेको छ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सामाजिक सङ्कीर्णता तथा गलत भाष्य व्याप्त छन्, यसलाई चिर्नुपर्छ ।”

प्रेस काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसमबन्धी पर्याप्त समाचार सङ्कलन हुन नसकेको बताउनुभयो । उहाँले यो संवेदनशील विषय भएकाले यसबारेमा समाचार सङ्कलन, सम्प्रषण गर्दा गोपनीयताका साथै भाषामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शुक्रबारदेखि सुरु अभिमुखीकरण आज सम्पन्न भएको हो । अभिमुखीकरणमा धनुषा, महोत्तरी, बाँके, बर्दिया, कालीकोट, जुम्लालगायतका सञ्चारकर्मीको सहभागिता थियो । रासस

शनिबार, असार ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.