• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १३ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १९ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १९ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १९ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान

  •  बिहिबार, असार १९, २०८२ मा प्रकाशित

कीर्तिपुर (काठमाडौँ) । इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए ।

कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिनुभयो । “झुल, धुप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्किेको बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरुको समयन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपछ”, उहाँको भनाइ थियोे ।

यद्यपि नगर पालिकाको स्वास्थ्यसम्बन्धी कर्मचारीको धेरै थरी काम हुने हुँदा लगातार चार महिनासम्म नष्ट गर्ने काममा लागि रहन उनीहरुलाई अप्ठ्यारो भएको पनि उहाँले बताउनुभयो । महाशाखाले १७ जिल्लाका एक सय ४७ पालिकासँग डङ्गु रोगबारे सहकार्य गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । “डेङ्गुरोगलाई स्वास्थ्य क्षेत्रको प्रयास मात्रै ले नियन्त्रण गर्न सकिदैन त्यसका लागि सबै निकायले हातेमालो गर्नु पर्छ”, महाशाखा निर्देशक डा चन्द्रभाल झाले भन्नुभयो । कतिपय देशमा लामखुटे नियन्त्रण वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको पनि देखिएको समेत उहाँले बताउनुभयो । शहरमा वर्षायाम सँगै जता ततै खाडल, ससाना भाँडा र जथाभावि फालिएका टायर पानी जम्ने भएकोले डेंगुको जोखिम अनुमान गरे भन्दा बढने पनि निर्देशक झाले बताउनुभयो । उहाँले भन्नुभयो ,“त्यसबाहेक घर घरमा फ्रिज र एसिको पानीले पनि लामखुटेलाई फुल पार्न र बच्चा हुर्कन सजिलो भएको छ ।”

यसवर्ष सरकारले लामखुटे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि रु १० करोड छुट्याएको जानकारी पनि कार्यक्रममा दिइयो । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग, सामान्यतया शितोष्ण र समशितोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

यद्यपि जलवायु परिवर्तनको प्रभावस्वरुप गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत विस्तार भएको छ । डङ्गुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे सङ्क्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ ।

डङ्गु रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेसीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुने समेत हुन्छ । सरकारले डेङ्गुसँगै कोभिड र हैजाको जोखिम नफैलियोस भनेर विशेष तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो । रासस

बिहिबार, असार १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.