• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १९ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २० घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २३ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २४ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • २ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव सम्पन्न

  •  सोमबार, असार ३०, २०८२ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक समारोहका बीच आफ्नो ४३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ‘रेडियोथेरापी’, ‘बोनम्यारो’ प्रत्यारोपण, र फार्मेसी विस्तारजस्ता महत्त्वपूर्ण सेवाहरू सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक दुई हजार २०० देखि दुई हजार ५०० बिरामी ओपिडीमा सेवा लिन आउने गर्दछन् भने आकस्मिक कक्षमा दैनिक १४० देखि १५० बिरामी आउने गरेका छन् । विपन्न तथा असहाय नागरिकका लागि ६३ वटा श्यया निःशुल्क प्रदान गरिएको उहाँले बताउनुभयो ।

डा आचार्यले अस्पतालमा हालसम्म ९०० वटा मिर्र्गाैला प्रत्यारोपण र १९ वटा कलेजो प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । हाल अस्पतालमा ५८ वटा आइसियु, ९७ वटा ‘एचडियु बेड’ सञ्चालनमा छन् । वार्षिक करिब २० हजार बिरामीले डायलासिस सेवा लिने गरेका छन् ।

विसं २०८१ को वैशाखदेखि चैतसम्म पाँच लाख ३२ हजार ४२० जना बिरामीले ओपिडी सेवा प्राप्त गरेका छन् भने ४६ हजार ७६१ जनाले आकस्मिक सेवा लिएका छन् । सो अवधिमा २१ हजार १०६ वटा शल्यक्रिया सम्पन्न भएका छन् ।

वार्षिकोत्सवकै अवसर पारेर आज विस्तारित सेवा भवनको उद्घाटन गरिएको छ । यसै अवसरमा अस्पतालले १५ श्ययाको ‘इमर्जेन्सी ग्रिन एरिया वार्ड’ र अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

विसं २०३८ मा स्थापना भएको त्रिवि शिक्षण अस्पतालले २०४० सालको असार ३० गतेदेखि ओपिडी सेवा सुरु गरेको थियो । हाल अस्पताल एक हजार ५० वटा श्ययामा सञ्चालित छ । रासस

सोमबार, असार ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.