काठमाडौँ । प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक,२०८१लाई दफावार छलफलका लागि समितिमा पठाएको छ।
सभाको आजको बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो।
बैठकले पूर्वराज्यमन्त्री खड्गबहादुर वस्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। उहाँ नेपाली कांग्रेस पार्टीबाट वि.सं.२०६४ र २०७० को संविधानसभा सदस्य हुनुहुन्थ्यो। प्रजातन्त्र र लोकतन्त्र स्थापना एवं संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गर्नुभएका बस्यालको यही साउन २३ गते ७४ वर्षको उमेरमा निधन भएको थियो।
