• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १४ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २० घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २० घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २० घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

‘आर्ट अफ लिभिङ ह्याप्पिनेस कोर्ष’ : मस्तिष्क स्वस्थ राख्न ध्यान र योग जरुरी

  •  आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित

काठमाडौँ । अन्य पेसाका मानिसले भन्दा सञ्चारकर्मीले हरक्षण व्यस्ततापूर्ण समय बिताउनुपर्छ । हतारमा गरिने पेसाले तत्काल तनाव उत्पन्न भइरहनु स्वाभाविकै हो । यस्तो व्यस्त र तनावपूर्ण क्षण एवं अवस्थासँग जुध्ने सशक्त माध्यम ध्यान र योग नै रहेको र यसको साधनाबाट नै दैनिक जीवनलाई थप व्यवस्थित गर्न सामथ्र्यताको ऊर्जा मिल्ने जनाइएको छ ।

यसै सन्दर्भमा आध्यात्मिक गुरु श्री रविशङ्करद्वारा स्थापित ‘आर्ट अफ लिभिङ फाउन्डेसन’द्वारा तयार गरेको आधारभूत तहको ध्यान शिविर (ह्याप्पिनेश कोर्ष) कार्यक्रम स्वास्थ्य पत्रकारका लागि सञ्चालन गरिएको छ । शनिबार सम्पन्न तीनदिने ‘ह्याप्पीनेश कोर्ष’मा आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले संयोजन गर्नुभएको थियो भने आध्यात्मिक गुरु रीतिका लोहिया र शरद् भेषवाकरले मुख्य प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यतीकेम डिस्ट्रिब्युटर्सका कार्यकारीसमेत रहनुभएका वैद्यले तालिम समापनका अवसरमा खासगरी शरीर स्वस्थ राख्न व्यायामको भूमिका रहेजस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान र योग जरुरी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको व्यस्ततापूर्ण समय र अझ सञ्चारकर्मीको दैनिक जीवन अझ व्यस्त र तनावपूर्ण हुने गर्छ । तनावपूर्ण जीवनलाई व्यवस्थित गर्नु पनि आवश्यक छ भनेर नै हामीले प्रथमपटक यसपटक स्वास्थ्य क्षेत्रमा क्रियाशील सञ्चारकर्मीका लागि यो आधारभूत तहको (ह्याप्पिनेस) कोर्ष उपलब्ध गराएका हौँ । यसबाट आफ्नो जीवनलाई थप ऊर्जावान गराउन, शारीरिकसँगै मानसिक रूपमा समेत स्फुर्ति बढाउन पनि सहयोग मिल्यो होला भन्ने आशा लिएको छु ।”

प्रमुख प्रशिक्षक लोहियाले गुरु रविशङ्करद्वारा प्रतिपादित यस तालिमले जीवनलाई नयाँ दिशा देखाउने जनाउँदै जीवनलाई सही अर्थबाट कसरी अघि बढाउने भन्नेबारेमा प्रशिक्षित गराउने जानकारी दिनुभयो ।

उहाँले ‘आर्ट अफ लिभिङ’का विभिन्न तालिमले मानिसको सोच परिवर्तन गरिदिन सक्छ, व्यवहार परिवर्तन गरिदिन सक्छ, हेर्ने दृष्टिकोण र बुझाई परिवर्तन गरिदिन सक्छ भन्नुभयो । उहाँले भन्नुभयो, “वर्तमानलाई हेर्ने, जुनसुकै परिस्थिति स्वीकार गर्न सक्ने, सबैको कुरा सुन्ने र निर्णय आफूले लिनेजस्तो व्यक्तित्व निर्माण गर्न सहयोग पुग्छ । यसमा रहेको सुदर्शन क्रिया गुरुद्वारा प्रतिपादित अझ विशिष्ट विधि हो । यसले शारीरिक र मानसिक रुपमा ऊर्जा प्रदान गर्छ । समग्रतामा भन्दा यो हरेक व्यक्तिको जीवनलाई रचनात्मक ढङ्गले अघि बढाउन सहयोग गर्छ । यसपटक हामीले स्वास्थ्यमा क्रियाशील सञ्चारकर्मीलाई यो तालिम प्रदान गरेको हौँ । यसलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।”

नेपाली क्रिकेटमा वादसाह भेषवाकरले ‘आर्ट अफ लिभिङ’का विभिन्न तालिमले आफूलगायत क्रिकेटका खेलाडीलाई कायपलट गरेको अनुभव प्रस्तुत गर्दै ‘आर्ट अफ लिभिङ’ जीवन जिउने सही कला भएको बताउनुभयो ।

पत्रकार रामप्रसाद न्यौपानेले तीन दिनको तालिमले ‘आर्ट अफ लिभिङ’सम्बन्धी धेरै कुरा सिकाएको र परिवर्तन ल्याइदिएको जनाउँदै थप तालिमलाई निरन्तरता दिन माग गर्नुभयो । यस्तै पत्रकार भगवती तिमल्सिना, डिबी खड्का, सरोज ढुङ्गेल, बुद्धि कटेल, यसिमा महत, सञ्जीता खनाल, शरद् पोखरेल, बिना न्यौपाने, कृपाल गौतम, नमराज भट्टलगायतले तालिम लिइसकेपछि ध्यान र योगका बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो ।

यतिकेमका दिनेशराज पौडेलले समन्वय गर्नुभएको सो तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ स्वास्थ्य सञ्चारकर्मी सहभागी हुनुहुन्थ्यो । रासस

आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.