• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • ११ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • ११ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १२ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

आँखाको ज्योति फर्किंएपछि चन्द्रावती : ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

  •  मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित

काठमाडौँ । दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया चन्द्रावती महाउत पूर्ण अन्धकारमा जीवन बिताउन बाध्य थिइन् । दुई वर्षअघिसम्म उहाँले दुबै आँखाको दृष्टि गुमाएकी थिइन् । उहाँले भन्नुभयो, “मेरो आँखामा दृष्टि नहुँदा आफन्त, परिवार र वरिपरिको परिवेश मात्र होइन, आफ्नो जीवन नै अन्धकारमय बनेको थियो ।”

चरम गरिबी र मोतियाबिन्दुको शल्यक्रिया पछि दृष्टि फर्किन्छ भन्ने चेतनाका अभावमा चन्द्रावती अन्धकारमा जीवन बिताउन विवश थिइन् । दिनहुँका दैनिकि समेत अन्यका सहारा लिनुवर्दा उहाँले आफैँले आफैलाई एक्लो पाउँथिन् । दृष्टि गुमेपछिको पीडा सुनाउँदै उहाँले भन्नुभयो, “दृष्टि नभएको मानिसको पीडा कस्तो हुन्छ भन्ने त केवल अनुभूतिले मात्र थाहा हुन्छ, यसलाई कसरी शब्दमा व्यक्त गर्न सक्दिन । असहाय महसुस गरेर समय काट्दथे । ”

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा गत भदौ ३१ गते चन्द्रावतीलाई आँखा परीक्षण गर्न ल्याइयो । अस्पतालका वरिष्ठ नेत्र विशेषज्ञ डा देवराज भारतीले मोतियाबिन्दुको शल्यक्रिया तत्काल गर्न सुझाव दिँदै उहाँले एकैपटक दुबै आँखाको शल्यक्रिया समेत गर्नुभयो ।

गुमेको ज्योति पुनः फर्किएपछि चन्द्रावतीले खुसी हुँदै भन्नुभयो, “जीवनमा नयाँ आत्माविश्वास पलाएको छ । ज्योति फर्किन्छ भन्ने कल्पनासम्म गरेको थिइन । जीवनमा नयाँ बिहान आएको छ । मलाई लाग्थ्यो अब संसार कहिल्यै देख्न पाउने छैन, आज फेरि सबै देख्न पाउँदा जीवन नयाँ बनेको छ । अब म आफ्नो परिवारको अनुहार स्पष्ट देख्न सक्छु, काम गर्न सक्छु, संसारसँग छामेर होइन, हेरेरसँग आफैँ जुध्न सक्छु ।”

आर्थिक अवस्था अत्यन्त कमजोर भएकी चन्द्रावतीको मोतियाबिन्दुको शल्यक्रिया अस्पतालले निःशुल्क गरेको थियो । उहाँले भन्नुभयो, “अस्पतालसम्म मलाई ल्याउने र मेरो उपचार गर्ने चिकित्सक भगवान्सरह हुनुहुन्छ । यस्तो सहयोग मैले कहिल्यै बिर्सन सक्दिन । ”

फत्तेबाल आँखा अस्पताल, नेपालगञ्जका सामुदायिक कार्यक्रम अधिकृत उमेर अहमद सादिकले भन्नुभयो,“ यस्तो पुनःस्थापना सम्भव भएको उपचारको पहुँच र सामुदायिक सहकार्यबाट भएको हो । चन्द्रावती जस्ता बिरामी आज पनि आर्थिक अभाव र जनचेतनाका कमीका कारण गाउँघरमै दृष्टिविहीन भएर बसिरहेका छन् । आँखा शिविरले उहाँहरूको जीवनमा पुनः उज्यालो ल्याउने काम गर्छन् ।”

अस्पतालका प्रबन्ध निर्देशक चिकित्सक कौशलकुमार बर्माका अनुसार अस्पतालले विभिन्न स्थनीय सरकार एवं दातृ निकायहरुसँगको सहकार्यमा मोतियाबिन्दु शिविरहरु सञ्चालन गर्दै आइरहेको छ । उहाँले भन्नुभयो, “ यसका कारण बिरामीहरुको आँखाको दृष्टि पुनः फर्किएको छ । चन्द्रावती एउटा पात्र मात्र हुनुहुन्छ । जहाँ उपचारको पहुँच र विभिन्न निकायसँगको सहकार्य उपचारबाट वञ्चितको जीवनको अन्धकारलाई उज्यालोमा परिवर्तन गर्न सकिन्छ ।”

स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । रासस

मङ्गलबार, असोज ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.