• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

दुई हजार एम्बुलेन्स थन्किए
  • ४ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • ४ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • ५ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • ६ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • ११ घण्टा 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • ११ घण्टा 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ३. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ४. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. मीना सुनारको उद्धार

  • ७. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश- छ महिनामा धेरै गर्न सकिन्छ

  •  आइतबार, असोज १२, २०८२ मा प्रकाशित

काठमाडौँ । भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उहाँको मनमा आन्दोलनमा जान उकुसमुकुस भइसकेको थियो । आमालाई अफिसको काम देखाएर उनी आन्दोलनमा मिसिइन् ।

आन्दोलन सुरु भएको केही समयमै नयाँबानेश्वरमा जब भीडमाथि आक्रमण भयो, त्यसको सिकार लिजा पनि बन्नुभयो । भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज बुलन्द गरिरहँदा लिजालाई पछाडिबाट प्रहार गरिएको गोलीले बाँया कुम छेड्यो ।

“हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौ, जेनजीका माग सरकारलाई सुनाउन चाहन्थ्यौ, हाम्रो शान्तिपूर्ण जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो”, ट्रमा सेन्टरको उपचाररत लिजाले भनिन्, “हामीले माइकबाट प्रदर्शनकारीलाई बारम्बार ढुङ्गामुढा नगर्न र प्रहरीलाई गोली नहान्न आग्रह गरिरह्यौ, तर कसैले सुनेनन् ।”

लिजाका शब्दमा जब जेनजी युवाको आन्दोलन माइतिघरबाट नयाँबानेश्वरस्थित संसद् भवनतर्फ अघि बढ्यो, जुलुस शान्तिपूर्ण थियो । ती युवाहरुसँग न कुनै हतियार थियो, न त विशेष माग नै । उनीहरु भ्रष्टाचारविरुद्धको आफ्नो आवाजलाई सरकारलाई सुनाउन मात्रै चाहन्थे । तर जब उनीहरुको आवाजलाई दबाउन प्रहरीले हस्तक्षेप सुरु ग¥यो, तब भीड आक्रोशित भयो, तितरबितर भयो ।

“हामी नयाँ बानेश्वर पुग्दासम्म आन्दोलन शान्तिपूर्ण थियो, तर जब मेरो आँखै अगाडि एक जनाको टाउकोमा गम्भीर चोट लाग्यो र एक जना दाईको हातमा गोली लाग्यो, त्यसले हामीलाई आक्रोशित बनायो”, लिजाले घटना सम्झँदै भनिन्, “मलगायतले त्यो दाईलाई निजामती अस्पताल पठायौँ, यत्तिकैमा प्रहरीबाट अश्रुग्याँस प्रहार भयो, भीड तितरबितर भयो ।”

लिजाले डेराबाट निस्कनु अघि आमालाई म पनि आन्दोलनमा जान्छु है भनेकी थिइन् । तर आमाले आन्दोलनमा जानु पर्दैन भनेपछि अफिस जाने बाहना बनाएकी रहिछन् । “आमालाई म आन्दोलनमा मिसिएको थाहा थिएन, जब आन्दोलनमा प्लास्टिकको गोली चल्यो भन्ने सुन्नुभएछ उहाँले फोन गरेर छिटो घर फर्कन भन्नुभयो, आमालाई म ठीक छु छिट्टै आउँछु भन्दै फोन राख्ने बित्तिकै मलाई गोली लाग्यो”, उहाँले भन्नुभयो ।

लिजालाई मेटलको गोली लाग्नु अघि नयाँ बानेश्वरमा केही राउण्ड हवाई फायर भइसकेको थियो । जब भीड तोडफोडमा उत्रियो, तब प्रहरीले ताकेरै गोली हान्न थाल्यो । सुरुमा प्लाष्टिकको गोली प्रहार भएको भन्ने सुनिए पनि त्यो देखिएन । लिजालाई गोली लाग्नु अघि दुई जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो ।

“हाम्रो उद्देश्य तोडफोड र ढुङ्गामुढा गर्ने थिएन, त्यसैले अडिग भइ शान्तिपूर्ण रुपमा धर्नामा बसौँ भन्दै आह्वान गरिरहेका थियौँ, हामीलाई त गोली चल्छ भन्ने अनुमान गर्नै सकेनौँ”, उनले भनिन् ।

लिजालाई गोली लाग्दा, आसपासका मानिसहरु तितरबितर भइसकेका थिए । दायाँ हातले आफूलाई सम्हाल्दै उनी रक्ताम्य शरीर लिएर ससद् भवनको अगाडि निकै बेर उभिइरहिन् । केही समयपछि एक जनाले आएर झण्डाले हात बाँधिदिए । “दाईले साथ दिएपछि आत्मबल बढ्यो, अर्को दाईले बाइकमा एभरेष्ट अस्पताल पुर्‍याइदिनुभयो”, उनले भनिन् ।

एभरेष्ट अस्पतालमा ब्याण्डेज गरेपछि चिकित्सकले गोली लागेकाले शल्यक्रिया गर्नुपर्छ भन्दै ट्रमा अस्पताल ‘रेफर’ गरिदिए । त्यसपछि उनी एम्बुलेन्समा ट्रमा सेन्टर आइपुगिन् ।

लिजा अस्पताल आइपुग्दा आन्दोलनमा घाइते भएकाहरुले अस्पतालको भूँइ समेत भरिएको थियो । अस्पतालमा आउनासाथ घाउमा गज खादेर ब्याण्डेज गरियो । त्यतिका धेरै घाइते हुँदा पनि अस्पतालले उपचारमा राम्रो व्यवस्थापन गरेको थियो । “अस्पतालका स्वास्थ्यकर्मीहरु जसरी त्यो दिन घाइतेहरुको उपचारमा खटिनुभयो, म त्यसका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “त्यो गर्न उहाँहरुका लागि चूनौतीपूर्ण अवस्था थियो, त्यो दिन राति नै मेरो शल्यक्रिया भयो ।” आन्दोलनका घाइतेहरुलाई अस्पतालले खाजा, खाना र औषधिको व्यवस्था गरेको छ ।

त्यस दिन अस्पतालमा १८१ जना घाइतेलाई ल्याइएको थियो । घाइतेका लागि सुताउने शय्या थिएन । भूँइमै म्याटमाथि उपचार गर्नुपर्ने अवस्था थियो । भीड यति धेरै थियो कि, घाइतेहरु सुतिरहेकै ठाउँबाट मृतकको शरीर उचालेर लैजानुपर्ने अवस्था थियो ।

“म सुतिरहेको ठाउँमाथिबाट जब आन्दोलनकारीको शव लगियो, मलाई लाग्यो कि, मेरो पालो पनि यसरी नै त आउने होइन”, लिजाले भनिन्, “जब गोली लागेको घाउ बेस्सरी दुख्थ्यो, तब बाचिन्छ कि मरिन्छ भन्ने होस नै नहुँदो रहेछ ।” लिजाका अनुसार उनको शरीरमा अझ ठूलो शल्यक्रिया भने गर्न बाँकी नै छ । कुमको हड्डी गोलीले पूरै टुक्राएको छ, चिकित्सकले तारले बाँधिदिएका छन् ।

लिजालाई अहिले पनि ‘मुभमेन्ट’ गर्न सकस हुन्छ । अलिकति यताउता चलाउँदा पनि शरीर सहनै नसक्ने गरी दुख्छ । चिकित्सकले पहिले गरेको शल्यक्रिया निको भएपछि दोस्रो गर्नुपर्छ भनेका छन् । अहिले उनले शरीरको दुखाइ कम गर्न पेनकिलरको सहायता लिएकी छन् ।

लिजाको अस्पताल बसाइँ अझै कति लम्बिने हो भन्ने टुङ्गो छैन । तर उनी सम्मिलित आन्दोलनले ल्याएको परिवर्तन र माग पूरा हुनुपर्छ भन्नेमा लिजा दृढ छिन् । “हामीलाई सडकमा आउन बाध्य बनाएको चरम भ्रष्टाचार, बेथिती र अपारदर्शीताले हो, हामीले आन्दोलनमार्फत उठाएका माग नयाँ सरकारले पूरा गर्छ भन्नेमा विश्वास छ,”, उनले भनिन्, “निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गरी मुलुकलाई सुशासनको दिशामा अघि नबढाएसम्म हामीले सडकमा दिएको बलिदानले न्याय पाउँदैन ।”

लिजा अस्पतालको शय्याबाटै नव गठित सरकारलाई आन्दोलनका दोषीमागि कारबाही गर्न दबाब दिँदै आएका छन् । लिजालगायतका घाइतेलाई भेट्न प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु, जेनजी आन्दोलनका प्रतिनिधिहरु आइरहनुहुन्छ ।

“हामीले अस्पतालको शय्याबाटै उहाँहरुको जिम्मेवारीलाई स्मरण गराइरहेका छौँ, छ महिनाको सरकार भए पनि केही सकारात्मक कामको सुरुआतका लागि यो पर्याप्त समय पनि हो भन्दै आएका छौँ, हाम्रो आशा र विश्वासलाई उहाँहरुले मर्न दिनुहुन्न भन्नेमा विश्वास छ”, लिजाले भन्नुभयो ।

लिजा जेनजीका क्षमतावान र सक्षम व्यक्तिलाई सरकारमा लैजानुपर्छ भन्छिन् । भ्रष्टाचारसँग जोडिएका र पहिलेदेखि नै चर्चामा रहेका मुद्दाका फाइल खोलेर अनुसन्धानको थालनी हुनुपर्छ भन्ने उनको माग छ । लिजाका शब्दमा देशमा ‘गुड लिडर’ भए ‘गुड फ्युचर’ भन्ने पनि थाहा छ ।

मोरङ रतुवामाइ स्थायी घरभएकी लिजा बालकुमारीमा आमा र भाइसँग बस्दै आएकी छन् । जेठो सन्तानका रुपमा लिजामाथि पढ्दै कमाउँदै गर्ने जिम्मेवारी पनि छ । भाइलाई राम्रो कलेजमा उच्च शिक्षा दिलाउने सपना छ । केही समय अघि ओपन हार्ट सर्जरी गरेकी आमाको हेरचाह पनि उनकै जिम्मेवारीमा छ ।

कुसुम कलेजमा बिबिए सातौ समेस्टरमा अध्ययनरत लिजा आन्दोलन हुने दिनभन्दा चार दिनअघि मात्रै जेन्जी समूहमा जोडिएकी थिइन् । रासस

आइतबार, असोज १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई हजार एम्बुलेन्स थन्किए
भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.