• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • ७ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १३ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १३ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १३ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा

प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह

  •  सोमबार, असोज २०, २०८२ मा प्रकाशित

काठमाडौँ । अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पु¥याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुनपुगेको छ । प्रकोपका समयमा पानीजन्य रोगहरू फैलिने सक्ने भएकाले सावधानि अपनाउन विज्ञहरूले आमसर्वसाधरणसँग आग्रह गरेका छन् ।

विशेषज्ञहरूका अनुसार, वर्षायाममा सुरक्षित खानेपानी र सरसफाइका उपाय नअपनाउँदा पानीजन्य रोगको जोखिम बढी रहन्छ । विशेषगरी झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा–खोकी, टाइफाइड तथा अन्य सङ्क्रमणजन्य रोगका कारण जनधनको क्षति हुनसक्छ । यी रोगहरुबाट बच्न पानी उमालेर वा ‘क्लोरिन’ प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ ।

विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसी । उहाँका अनुसार कुनै पनि प्रकोप, विशेषगरी बाढी–पहिरोपछि खानेपानी प्रणालीमा समस्या आउनसक्छ र यस्तो अवस्थामा खानेपानीको स्रोतमा ढल मिसिने सम्भावना रहन्छ, जसले फोहोर पानीे सेवनका कारण झाडापखाला, हैजाजस्ता पानीजन्य रोग फैलिन सक्छ । “पिउने र खाना पकाउने पानी सफा र पिउनयोग्य छ कि छैन भन्ने सुनिश्चित गर्न आवश्यक छ । पानी उमालेर वा क्लोरिन झोल÷ट्याबलेटको प्रयोग गरेर मात्र पिउनु उचित हुन्छ,” उहाँले भन्नुभयो ।

विज्ञका अनुसार शुद्धीकरण गरेको पानी सधैँ सफा भाँडामा छोपेर राख्ने, सडेगलेका, बासी र झिँगा भन्केका खानेकुरा नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर मात्र खाने गर्नुपर्छ । यसैगरी खाना पकाउनु, खाना खानु र बच्चालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि तथा बच्चाको दिसा धोएपछि सधैँ साबुनपानीले मिचीमिची हात धुनुपर्छ ।

डा केसीका अनुसार बाढी तथा झाडापखालाबाट प्रभावित क्षेत्रमा अहिले क्लोरिन झोल र ट्याबलेट वितरण भइरहेको छ । “यदि पखालाजन्य रोग लागेको खण्डमा झोलिलो खानेकुरा प्रशस्त खाने र घरमै जीवनजल बनाएर सेवन गर्नुपर्छ । समस्या जटिल हुने अवस्था देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त उपचारका लागि जानुपर्छ,” उहाँले सुझाउनुभयो ।

उहाँले बाढी, पहिरोका कारण जनधनको अकल्पनीय एवं अपुरणीय क्षति भएको विद्यमान अवस्थामा सरकारले प्रभावित क्षेत्रमा जीवनजल, क्लोरिन ट्याबलेट र आवश्यक औषधिको व्यवस्थापनसहित सबै स्वास्थ्य संस्थाहरूलाई ‘हाइ अलर्ट’ मा रहन निर्णय गरेको जानकारी गराउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी केसीले देशको विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गरी आवश्यक औषधि तथा स्वास्थ्य सामगीसहित स्वास्थ्यकर्मीहरू कार्यक्षेत्रमा जुटिसकेकाले प्रभावित व्यक्ति तथा परिवारलाई सहजरुपमा स्वास्थ्य उपचार गराउने सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गरिदिन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । रासस

सोमबार, असोज २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.