• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

विचार : यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी

  •  बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित

काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिनलाई तिहार, दीपावली अथवा यमपञ्चक भनिन्छ । तिहारमा यमराज पनि आफ्ना सबै काम स्थगित गरेर बहिनी यमुनाको घरमा टीका लगाउन जान्छन् । यमराजले पाँच दिन सबै काम छाडेर बहिनीको घर जाने भएकाले यसलाई यमपञ्चक भनिएको हो । प्रचलित विविध जनश्रुतिमध्ये काल आएको व्यक्तिले पनि तिहार मनाएको तथा दीर्घायु पाएको कथाले तिहारको महत्वलाई अझ प्रष्ट पार्छ।

यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोरु, बलि, गोवद्र्धन तथा अन्तमा यमराज र दिदी यमुनाको सम्झनामा दिदीबहिनीले दाजुभाइको पूजाआजा भाइटीका गरिन्छ । यी सबैका आ–आफ्नै महत्व एवं विशेषता छन् । दीपावलीका पाँच दिनमध्ये लक्ष्मी पूजालाई बढी महत्व दिइएको पाइन्छ । लक्ष्मीपूजाका विषयमा स्थानअनुसार विविध कथा प्रचलित छन् । काठमाडाँैं उपत्यकाका नेवार समुदायमा प्रचलित लक्ष्मीपूजाको कथा पनि चर्चित लोकाख्यानमध्ये एक हो । कथाअनुसार शङ्खधरले सबै जनताले लिएको ऋण तिरिदिएका थिए । यो खुसीमा राजा जयदेवले नयाँ संवत्को घोषणा गरे । फलस्वरुप नेवार समुदायमा तिहारले खुसीसँगै नयाँ दिनको प्रारम्भ गर्छ ।

मानसिक उल्लास र सामाजिक सु–सम्बन्धका साथ मनाइने चाडपर्वको शृङ्खलामा स्वास्थ्य जागरणको व्यापक अभियान नचलेको र गरिबी एवं अभावका कारणले समेत लामो समयपछि र अन्तरालमा आउने चाडपर्वमा आवश्यकभन्दा बढी मात्रामा गुलियो, चिल्लो र गरिष्ट खाना खाने हाम्रो बानी छ । खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । यसले गर्दा अपच, अमिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिँगटा लाग्ने, आँखा पोल्ने, विझाउने, रातो हुने, वान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्याष्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर), उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गाैलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ ।

चिल्लो, पीरो र मिसावटको प्रभाव :

खाद्य पदार्थमा गुणस्तरहीन वस्तु मिसाउनाले, रङ तथा लामो समय जोगाउन राखिने ‘प्रिर्जवेटिभ’ले तत्कालै तथा दीर्घकालीन समस्या निम्त्याउँछ । त्यस्तै चाडपर्वमा पिरो, चिल्लो तथा मसलादार खाद्य पदार्थले जटिल समस्या पनि उत्पन्न गराउँछ । मसलादार, पिरो तरकारी तथा अमिलो अचारले एसिडिटी बढाई घाँटी, छाती पोल्ने, पेट पोल्ने समस्या, अम्लपित्त र अल्सर गराउँछ । चिल्लो बढी खानाले उच्च रक्तचाप, हृदयघात जस्ता रोग लाग्दछ । बढी मसलादार, तारेको, भुटेको मासु, खाद्य पदार्थले पनि पेट र आन्द्राका लागि अहितकर एवं क्यान्सर वृद्धिमा सघाउ पु¥याउँछ ।

निम्न गुणस्तरको घिउको प्रयोगबाट घाँटीमा समस्या उत्पन्न हुनुका साथै श्वासप्रश्वाससम्बन्धी रोग देखा पर्दछ । धेरै तेल, घ्यू वा तारेको, भुटेका खाद्य पदार्थमा बोसो बढी हुने भएकाले प्रतिग्राम नौ किलो क्यालोरी अर्थात काब्रोहाइड्रेटभन्दा दोब्बर बढी हुन्छ । यस्ले मोटोपना, मुटु तथा धमनीका रोग, उच्च रक्तचाप, मधुमेह, अपच, कब्जियत वा पखाला, आन्द्राको रोग, पित्तथैलीमा समस्या, पत्थरी, आन्द्राको क्यान्सर बनाउँछ ।

त्यसो त चिल्लो पिरो तथा मसलादार खानेकुराले रक्तसञ्चारमा वृद्धि गराउँछ । शरीरको तापक्रम बढाउँछ । विभिन्न किसिमका पाचन रस उत्पादनमा वृद्धि ल्याउँछ तर संयमित र स्वस्थ व्यक्तिमा । कालो मरिचमा भिटामिन सी, ए, खनिज पदार्थ पोटासियम, फलाम र केही मात्रामा प्रोटिन पाइने भएकाले होला बैद्यहरुले जोर्नीको पीडा, ज्वरो, टाउकोको पीडा, नपुङ्सक, यौनरोग तथा अपचको उपचारमा कालो मरिच प्रयोग गर्दछन् ।

कार्वाइड मन्द विष हो र मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउँछ । यसरी जबरजस्ती पकाइएको फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै पौष्टिक तत्व पनि कम हुन्छ । नियमित खाँदा मुखमा घाउ, वाकवाकी आउने, बान्ता हुने, पखाला लाग्ने, ग्याष्ट्रिक पेटसम्बन्धी गम्भीर समस्याहरु र कहिलेकाहीँ ‘फुड प्वाइजनिङ’ समेत हुनसक्छ । फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्वाइडको प्रयोगले क्यान्सरसम्म हुन सक्ने भएकाले अत्यन्त खतरनाक छ । यसरी पकाइएको फलफूल खाँदा तत्काल असर नपरे पनि लामो समयपछि फोक्सोमा, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउँछ ।

‘फाष्टफुड–फाष्ट डेथ’:

निकै आकर्षक बट्टामा पाइने, क्षणिक स्वादिलो र छिट्टै तयार गर्न सकिने खालका तयारी खानाले समयको वचत र मीठो स्वाद दिने भएता पनि पैसाको खर्च त छँदैछ, दीर्घकालीन रुपमा स्वास्थ्यको लागि घरमा तयार पारिएको ताजा खानाभन्दा निकै नकारात्मक असर पार्दछ । त्यसैले पाश्चात्य मुलुकमा आजकल ‘फाष्टफुड–फाष्ट डेथ’ भनिन्छ ।

कुनै पनि तयारी खानालाई धेरै समयसम्म जोगाई राख्न वा आकर्षक बनाउन तथा खानयोग्य बनाउन विभिन्न प्रकारका रसायनिक तत्वहरुको मिसावट हुने भएकाले डब्बा वा प्याकेटमा बन्द तयारी खानाले बेफाइदा गर्दछ । सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजवैटीभले जीब्रोमा स–साना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, श्वास गन्ध आउने, दाँत सड्न बनाउने गरेको पाइन्छ । अजिनोमोटो धेरै प्रयोग हुने देशमा नेपाल पर्दछ भने यसले निम्त्याउने कलेजोको क्यान्सरबाट पनि थुप्रै नेपाली पीडित छन् ।

मिठाई कस्तो खाने ?

तिहार र मिठाईको सम्बन्ध नङ र मासु जस्तै छ । तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च छ । चिनी गुलियो हुन्छ, सबैलाई मन पर्छ तर चिनीले तत्कालै शक्ति दिनेबाहेक कुनै फाइदा दिदैन । एकातिर भिटामिन सी को कमी भई रोग बिरुद्ध लड्ने शक्तिमा ह्रास हुन्छ भने अर्काेतिर इन्सुलिन बढाई ग्रोथ हर्माेनको उत्पादन कम हुन्छ र ‘इम्युनीट’ घटाउँछ । इन्सुलिनले शरीरमा ट्राइग्लेसेराइडको मात्रा बढाउँछ, बोसो भण्डारण गर्ने हुँदा मुटुधमनीका रोगहरु, उच्च रक्तचाप बनाउन सक्छ ।

धेरै वा पटकपटक चिनी वा गुलियो परिकार खानेमा चाँडै नअघाउने, पटकपटक खाइरहने बानीले गर्दा मोटोपना, खनीज तत्वको संचित र भण्डारणमा कमि ल्याउँछ । शिशुहरुमा दाँतको समस्या देखिन्छ । चाडपर्वका बेला पसलेले ढोका बाहिर आगन, बाटोसम्म मिठाई राखेर बेच्ने गर्दा धुवाँ, धुलोले एकातिर मिठाईलाई दूषित बनाइरहेका हुन्छन् भने अर्कोतिर झिंगा, किराले सङ्क्रमित बनाउँछ ।

अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमि, झर्किने तथा डिप्रेसन ल्याउँछ । मिर्गाेलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हडडी खिइने, टाउको दुख्ने, माइग्रेन समस्या बढी हुन्छ । आजकल चिनीभन्दा पाँच सय गुणा बढी गुलियो रसायन स्याकरिनको प्रयोग बढ्दो छ । सागपात तथा शाकाहारी खानामा बढी प्रोटिन र एमिनोएसिड भएकाले रक्तचाप नियन्त्रणमा राख्छ । रेसा, म्याग्नेसियम, क्याल्सियम, फलाम र भिटामिन यथेष्ट हुन्छ । मासुमा अत्यधिक प्रोटिन, बोसो, कम कार्बोहाइड्रेट तथा फलाम र क्याल्सियम पाइँदैन । माछामासुले तनका साथै मन पनि अस्वस्थ बनाउँछ ।

रङ्गीन खाद्यपदार्थको प्रयोग:

राम्रो वा धेरै दिनसम्म टकाउ राख्न खाद्य पदार्थमा विभिन्न रंग तथा विभिन्न प्रकारका एडेटियो पिर्जरभेटीभहरु प्रयोग गरिएको हुन्छ । सिम्रिक, सिन्दुर, अविर, नीर, रोडामीन बी, ब्रिलीयन्ट ग्रीन, मालाचीट ग्रीन, मेटालीन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, अउरामीन, केशरी तथा चम्पारंग र बढी मात्रामा खाद्य रंगहरु क्यारोटीन, एनाटो, विकजीन, कार्नेन, खैरो चिनी इत्यादि राखेको खानेकुरा खाँदा स्वास्थ्यमा प्रत्यक्ष वा दीर्घकालीन असर पर्दछ ।

रङ मिश्रित वा दूषित घ्यू तेलको प्रयोगले रक्तकोषीकाहरु विशक्त भई शरीरमा रगत कम हुने समस्या, रोगसँग लड्ने क्षमता घट्छ । भित्री कोमल अङ्गहरु जस्तै कलेजो, मुटु, मृगौला, कमजोर हुने, क्यान्सर हुने, चर्मरोग लाग्ने प्रवल सम्भावना हुन्छ । कतिपयमा बाझोपन हुनसक्ने, आँखा, कान कमजोर हुने, सन्तान लुलालङ्गडा एवं अपाङ्ग हुनसक्ने, सन्तानलाई ट्यूमर, क्यान्सरको जोखिम रहन्छ । पुरुषको विजकोष मार्दै लिङ्ग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मृर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोगका देखिन सक्छ ।

पटाकाले ल्याउने समस्या

दीपावली :, तिहार र छठमा अत्यधिक पटकाइने आतसबाजी वा पटाकाबाट अधिकांश महिला, विरामी र १८ वर्ष कम उमेरका बालवालिका प्रताडित हुने गर्छन् । युनिसेफका अनुसार विश्वमा बर्सेनि साढे सात लाख मानिसको डढेर मृत्यृ हुन्छ, जस्मा पटाका मुख्य जिम्मेवार छ । पटाकामा एउटा आवाजको र अर्काे पडकाई वा ब्लाष्टको प्रभाव हुन्छ ।

तिखो आवाजले फिर्ता नहुनसक्ने गरी कानको भित्री नशा कमजोर हुनसक्छ भने पडकाइले कानको जाली फुटनसक्छ । त्यस्तै कान कराउने समस्या स्थायी वा अस्थायीरुपमा देखिनसक्छ । ५० डेसिवलभन्दा बढी आवाज कान तथा स्वास्थ्यका लागि हानिकारक हुन्छ भने १२५ डेसिवल बढीले कानको पर्दालाई नोक्सान तथा श्रवन शक्ति गुम्नसक्छ । आतसवाजी र पटकाले आगजनी मात्र हुदैन बरु आँखामा चोट, आँखाको ढकनी च्यातिने, दृष्टि गुम्ने, ह्दयाघात, रक्तचाप, दम, छाला, नाकको एलर्जी, ब्रोङकाइटिस, निमोनिया, कानको जाली च्यातिने, हात, खुट्टा जल्ने, टाउको दुख्ने, अनिद्रा तथा कहिलेकाहीँ ज्यानै जानसक्छ ।

पटाकामा भएका रसायनहरु नाइट्रोजन डाइअक्साईड, सल्फर डाइअक्साइड, क्याडमियम, सिसा, तामा, म्यागनिज, सोडियम, सल्फर, म्याग्नेसियम, पोटासियमलगायत हानिकारक प्रदूषकले ब्रोङकाइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछन् । श्वास र दमको समस्या हुनेहरु धुवाँबाट बच्नुपर्छ । पटका पडकदा, निस्कने आवाज, हानिकारक प्रदूषणसँगै बारुदका कण फैलिदा बालबालिकामा श्वास फेर्न अप्ठयारो, आँखा, नाक सुक्खा हुन सक्छ ।

अखाद्य पदार्थको उत्पादन, बिक्री वितरण गर्न तथा बिस्फोटक पदार्थको आयात, बेचबिखन गर्न प्रतिबन्ध लगाइएको छ । तर बजारमा त्यस्ता खाद्य पदार्थहरु एवं बिस्फोटक पदार्थहरु पाइए पनि त्यसको प्रभावकारी नियन्त्रण हुन नसकदा उपभोक्ताहरुले अनेक स्वास्थ्य समस्या भोग्नु परेको अवस्था छ । यसका लागि सरकारी प्रयासको साथै उपभोक्तामा पनि सचेतना आउन जरुरी छ । चाडपर्वहरुलाई खुसी, उमङ्गका साथ मनाउने वातावरण बनाउन सवै सरोकारवालाहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहन्छ।रासस

बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.