• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  •  बुधबार, साउन ०६, २०८३ मा प्रकाशित

जनकपुरधाम। मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ। समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरबाट केन्द्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा गठित समितिले तयार पारेको प्रतिवेदनमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–मुजेलियामा सार्वजनिक मोडलअन्तर्गत मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ। प्रतिवेदनमा केन्द्रलाई मध्यमकालीन (६–१० वर्ष) परियोजनाका रूपमा अघि बढाउँदै स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त सामाजिक आयोजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमअनुसार क्यान्सर तथा मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने लक्ष्यलाई कार्यान्वयन गर्न मन्त्रालयले वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. विक्रम वीर वज्राचार्यको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन गरेको थियो। समितिमा डा. कल्पना कुमारी श्रेष्ठ, डा. धिरज नारायण मानन्धर, डा. हेमन्त चन्द्र ओझा तथा मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद ढकाल सदस्य–सचिव रहेका थिए।

समितिले मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, बर्दिबास नगर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल मलंगवा तथा नारायणी अस्पतालको स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल र प्राविधिक मूल्याङ्कनका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ।

प्रतिवेदनअनुसार नेपालमा करिब ६.२ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित छन्। मधेश प्रदेशमा नेफ्रोलोजिस्टको संख्या न्यून हुनुका साथै हेमोडायलाइसिस मेसिन, विशेषज्ञ सेवा तथा मिर्गौला प्रत्यारोपण सेवाको पहुँच पनि सीमित रहेको उल्लेख गरिएको छ। यसका कारण अधिकांश बिरामी उपचारका लागि काठमाडौं तथा अन्य प्रदेशका अस्पतालमा जान बाध्य भइरहेका छन्।

समितिले केन्द्र सञ्चालनका लागि संघ सरकार, प्रदेश सरकार र संघ–प्रदेश सहकार्य गरी तीनवटा मोडलको अध्ययन गरेको थियो। तीमध्ये संघ र प्रदेश सरकारको साझेदारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत केन्द्र सञ्चालन गर्ने मोडल सबैभन्दा उपयुक्त रहेको निष्कर्ष निकालिएको छ। यसबाट स्रोत व्यवस्थापन, विशेषज्ञ जनशक्ति परिचालन र सेवाको दिगोपना सुनिश्चित गर्न सहज हुने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा परियोजनाको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वमा सम्बन्धित विशेषज्ञहरूको सहभागितासहित अस्पताल विकास समिति गठन गरी योजना अघि बढाउन पनि सुझाव दिइएको छ।

बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.