• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

ब्लड डोनर्स सोसाइटीद्वारा देशभर रगत आपूर्तिमा सहजीकरण

  •  शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित

चितवन । जिल्लाका स्वयंसेवी रक्तदाताले सङ्गठित भएर स्थापना गरेको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदातालाई जोड्ने काम गर्दै आएको छ। सोसाइटीले नियमित र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै बिरामीलाई रगतको माग परिपूर्तिमा सहयोग पु¥याउँदै आएको छ।

सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार सोसाइटीको शाखा काठमाडौँ, चितवन र झापामा स्थापना गरिएको छ भने अन्य मुख्य सहरहरूमा सोसाइटीका प्रतिनिधिमार्फत रगत आपूर्तिमा सहजीकरण हुँदै आएको छ। उहाँका अनुसार कास्की, नवलपुर, मकवानपुर, पर्सा, बाँके, रुपन्देहीलगायत जिल्लामा प्रतिनिधि सक्रिय रहेका छन्।

सोसाइटीले विशेष प्राथमिकता युवा र नयाँ रक्तदातालाई दिँदै रक्तदानमा उत्प्रेरणा दिइरहेको अध्यक्ष अधिकारीले बताउनुभयो। उहाँका अनुसार देशभर नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार केन्द्रहरूले रगत सङ्कलन र वितरणको काम गर्दै आएका छन् भने पछिल्लो समय ठूला अस्पतालहरूले आफ्नै अस्पतालमा रगत संकलन र वितरण गर्दै आएका छन्। ती संस्थामा रगत नपाएर खोज्नुपर्ने अवस्थामा सोसाइटीले सहजीकरण गर्ने गरेको छ

“रगतको अभावले कसैको उपचार नरोकियोस् भन्ने उद्देश्यले हामी सधैं सक्रिय छौं”,अधिकारीले भन्नुभयो। उहाँका अनुसार सोसाइटीको नेटवर्कमा हाल १० हजारभन्दा बढी रक्तदाता जोडिएका छन्। सामाजिक सञ्जालमार्फत रक्तसमूह राखी आह्वान गरेपछि रक्तदाता स्वतःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेको उहाँले जानकारी दिनुभयो।

अधिकारीका अनुसार सोसाइटीले सञ्चालन गरेको एक अभियानमा एकै दिन एक हजार ७०० युनिट रगत सङ्कलन गरिएको थियो,जुन नेपालकै पहिलो रेकर्ड हो । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार सोसाइटीले बिरामीका लागि रगत आपूर्तिमा सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।“सोसाइटीका कारण पछिल्ला दिनमा बिरामीहरूलाई राहत मिलेको छ” पौडेलले भन्नुभयो।

त्यसैगरी चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले सोसाइटी स्थापना भएपछि रगत अभावका कारण बिरामीको उपचार रोक्नुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार क्यान्सर उपचारमा धेरै मात्रामा रगत आवश्यक पर्छ र चितवनमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा चितवन मेडिकल कलेजमा क्यान्सरको उपचार हुने भएकाले सोसाइटीको भूमिका महत्वपूर्ण बनेको छ।

जिल्लामा दैनिक करिब १५० युनिट रगत आवश्यक पर्ने जनाइएको छ। कोरोना महामारीका समयमा रगतको चरम अभाव भएपछि जिल्लाका स्वयंसेवी रक्तदाताले केन्द्रीय तहमा समन्वय गर्दै यो संस्था स्थापना गरेका हुन्। सोसाइटीले सामाजिक सञ्जालको प्रयोगमार्फत युवा र नयाँ रक्तदातालाई रक्तदानमा उत्प्रेरणा दिँदै आएको छ । सामाजिक क्षेत्रमा सक्रिय योगदानका कारण सोसाइटीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ।रासस

शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.