• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • ३ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • ३ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • ३ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २१ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २१ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २१ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २२ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ दिन 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. अप्रेसन गरेपछि बिरामीले ध्यान दिनुपर्ने कुराहरू

  • १०. रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा

चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार ५००

  •  शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता रु तीन हजार ५०० पु¥याएको छ ।
‘पब्लिक सर्भिस इन्टरनेसनल’ नेपाल शाखाले राजधानीमा आयोजना गरेको ‘महिला सामुदायिक स्वास्थ्यकर्मीका सवाल’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख घनश्याम गिरीले २०७४ सालमा आफू पहिलोपटक नगर प्रमुख निर्वाचित भएर आउँदा महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता गरी रु २०० मात्र रहेको स्मरण गराउनुभयो । आफू नेतृत्वको जनप्रतिनिधिको समूहले समाजमा गरेको योगदान हेरी बढाएर रु तीन हजार ५०० पु¥याएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी चेतना जगाउनाका साथै फोहर वर्गीकरण गराउने तरिका सिकाउन पनि घरघरमा परिचालन गर्दा उपलब्धि हासिल भएको पनि नगर प्रमुख गिरीले सुनाउनुभयो । नगरपालिकामा जनस्वास्थ्य चेतना जगाउन महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण योगदान गरेको जानकारी पनि कार्यक्रममा उहाँले गराउनुभएको थियो ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक दीपेन्द्ररमण सिंहले घरघरमा स्वास्थ्य साक्षरता लैजान महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै सुविधा दिन पनि कञ्जुस्याइँँ गर्न नहुने बताउनुभयो । नेपालमा हाल वार्षिक रु ६० अर्बको धूमपानको व्यापार हुने गरेको बताउँदै त्यसमा पालिकाले थोरै स्थानीय कर लगाएर महिला स्वास्थ्य स्वयंसेविकालाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन सकिने स्रोतको व्यवस्था हुने उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका शिक्षा एवं स्वास्थ्य समितिको संयोजकसमेत रहनुभएका वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले बत्ती एवं ढलका लागि मात्र महानगरवासीले महानगरपालिकालाई खोज्ने गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाका कारण अहिले बिरामी पर्दा पनि खोज्ने वातावरण बनेको अनुभव सुनाउनुभयो । महानगरका महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमाको व्यवस्था गराउन महानगरको परिषद् बैठकमा आफूले पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

कार्यक्रममा नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घ (हेवन) का अध्यक्ष वसन्ती महर्जन, नेपाल महिला स्वास्थ्य स्वयंसेविका सङ्घ (नेवा) का अध्यक्ष गीता थिङ, आयोजक पिएसआई नेपाल शाखाका अध्यक्ष उत्तम कटुवाललगायतले महिला स्वास्थ्य स्वयंसेविकाले भोग्नुपरेका समस्या र आगामी दिनमा गरिनुपर्ने कामका बारेमा सरोकार भएका निकायका पदाधिकारीसमक्ष माग राख्नुभएको थियो । रासस

शुक्रबार, कार्तिक २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

बाँकेमा १९३ कुष्ठरोगी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.