• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १९ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १९ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १९ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २१ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १ दिन 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

  •  बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उहाँले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो ।

सरकार एक्लैले यो चुनौती व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था, संयुक्त राष्ट्र सङ्घीय निकाय, सञ्चार जगत्, स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रीच बलियो साझेदारी आवश्यक भएको बताउनुभयो । “राहत मौज्दात, जीवन रक्षक सामग्री, न्यानो कपडा र खाद्यान्न भण्डारणमा साझेदारितालाई प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री अर्यालले शीतलहर र हिमपातजस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई वैज्ञानिक र प्रभावकारी ढङ्गबाट व्यवस्थापन गर्ने उद्देश्यले पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना जारी गरिएको स्पष्ट पार्नुभयो । “सुरक्षा, जीविकोपार्जन, स्वास्थ्य सेवालगायत सूचकमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन्”, उहाँले भन्नुभयो, “मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व हो, प्राधिकरणको नेतृत्वमा जारी भएको कार्ययोजना कार्यान्वयनमा तीनै तह, गैरसरकारी संस्था, नागरिक समाजको भूमिका उत्तिकै महत्वपूर्ण छ ।”

प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले हिमपात र शीतलहरबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले दुई कार्ययोजना ल्याएको बताउनुभयो । “सरोकारवालासँगको छलफलपछि तयार गरिएको यो कार्ययोजना मार्गदर्शन हो, यसआधारमा जिल्ला र स्थानीयस्तरमा योजना बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । प्रमुख भट्टले शीतलहर र हिमपातबाट हुने मानवीय क्षति शून्य बनाउने जिम्मेवारी पूरा गर्नेगरी पूर्वतयारी र प्रतिकार्य गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्नुभयो ।

पूर्वतयारी र प्रतिकार्यमा प्रजिअ सक्रिय

‘भर्चुअल’ माध्यमबाट छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारीहरुले शीतलहर र हिमपातको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरिएको जानकारी दिनुभयो । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शीतलहरबाट दुई हजार आठ सय ७७ घरपरिवार प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिँदै प्रभावितलाई कम्बल र दाउरा वितरण गर्ने तयारी गरिएको बताउनुभयो ।

“वन क्षेत्र कम भएकाले दाउराको अभाव छ, जाडोमा ‘टायर’ बाल्ने चलन रहेछ, यसपटक टायरको बिकल्प दिनेछौँ”, उहाँले भन्नुभयो, “शीतलहर र बाक्लो हुस्सुका हुनसक्ने सडक दुर्घटना रोक्न विशेष अभियान सञ्चालन गर्नेछौँ ।” विगतमा शीतलहरबाट बच्नका लागि मादक पदार्थ र लागुऔषध सेवन गर्ने गरेका पाइएको उल्लेख गर्दै उहाँले यस वर्ष यही मङ्सिर १५ देखि त्यसविरुद्ध पनि अभियान सञ्चालन गरिने बताउनुभयो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शीतलहरबाट प्रभावित हुनसक्ने सङ्ख्या पहिचान गर्ने र स्थानीय कार्ययोजना निर्माणको काम थालिएको बताउनुभयो । “डिभिजन वन कार्यालयको सहयोग र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा दाउरा वितरण गर्ने तथा राजमार्गमा सवारी दुर्घटना हुन नदिन सचेतना कार्यक्रम गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिमपातबाट जिल्लाको पर्यटन व्यवसाय प्रभावित हुने जनाउँदै पर्यटकलाई पथप्रदर्शन बिना त्यस्ता क्षेत्रमा जान नदिइने तयारी गरिएको बताउनुभयो । “मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ हो, हिमपातका समयमा यहाँका स्थानीय प्रायः जिल्ला बाहिर रहने गरेका छन्, हिमपातमा फसेका पर्यटकको उद्धारलाई नै प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले जिल्लाको ७० प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने जानकारी दिँदै हिमपात पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिएको बताउनुभयो ।

हिमपातबाट २९ र शीतलहरबाट २१ जिल्ला प्रभावित हुने

सरकारले हिउँदका महिनामा हिमाली तथा उच्च पहाडी र तराई÷मधेसका जिल्लामा हुने हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ जारी गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिमरुप दिएको हो ।

कार्ययोजनामा हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र हिमपातबाट तराई÷मधेसका २१ जिल्ला प्रभावित हुनसक्ने औँल्याइएको छ । कार्ययोजनामा ती जिल्लामा विशेष सावधानी र हिमपात तथा शीतलहरबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्न विशेष रणनीतिक कार्य समावेश गरिएको छ ।

सरकारले हिमपात र शीतलहरबाट हुनसक्ने सम्भावित क्षति तथा जनजीवनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय कार्य योजना जारी गर्न लागेको हो । प्राधिकरणका अनुसार हिमाली तथा उच्च पहाडी जिल्लामा सामान्यतयः मङ्सिरदेखि फागुनसम्म भारी हिमपात र तराई÷मधेसका जिल्लामा शितलहरको बढी प्रभाव हुने गरेको छ ।

कोशी, मधेस, गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु शीतलहरबाट बढी प्रभावित हुने अनुमान गरिएको छ । कोशीका झापा, सुनसरी र मोरङ, मधेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, गण्डकीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शीतलहको प्रभाव पर्नेछ ।

उदयपुर, मकवानपुर, सिन्धुली र सुर्खेतमा पनि शीतलहरको सामन्य प्रभाव पर्न सक्ने अनुमान छ । कार्ययोजनाअनुसार हिमपातबाट कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी जिल्ला बढी प्रभावित हुने अनुमान छ । कोशीको ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, र भोजपुरको माथिल्लो क्षेत्र बढी प्रभावित हुने आँकलन गरिएको छ । यस्तै बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ, गण्डकीको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ र कास्की तथा लुम्बिनीको रुकुमपूर्वमा हिमपातको प्रभाव पर्नेछ ।

कर्णालीको डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेलधुरा जिल्ला हिमपातबाट बढी प्रभावित हुने आकलन गरिएको छ । रासस

बुधबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

बाँकेमा १९३ कुष्ठरोगी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.