काठमाडौं । युरोप नेपाल हेल्थ अवार्ड २०२५ को तयारी पूरा भएको छ । सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोपले पहिलो पटक युरोप नेपाल हेल्थ अवार्ड २०२५ नेपालमा आयोजना गर्न लागेको हो ।
आज काठमाडौंमा हुने उक्त अवार्डको पहिलो संस्करण नेपाल चिकित्सक संघलाई प्रदान गरिने भएको छ । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूको हकअधिकार तथा पेशागत सुरक्षाका लागि पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको संस्थाका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. बिनय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाका खोजअनुसन्धान तथा बिज्ञान बिभाग निर्देशक एवं वरिष्ठ मुटु शल्य चिकित्सक डा. कौशल किशोर तिवारीका अनुसार अवार्डमा ताम्रपत्रसहित नेपाली रुपैयाँ एक लाख एक रुपैयाँ पुरस्कार राशीसहित नेपाल चिकित्सक संघलाई सम्मान गरिनेछ ।
यस अवार्ड कार्यक्रमलाई प्रत्येक वर्ष थप परिस्कृत र व्यवस्थित बनाउँदै लैजाने संस्थाका बोर्ड सदस्य दिपक पौडेल बताउनुभयो ।
