• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २१ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २१ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २१ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

  •  बुधबार, चैत ०४, २०८२ मा प्रकाशित

काठमाडौ  । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन्। यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो।

काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष भित्तेचित्र कार्यशालामा भाग लिएपछि उनीहरूले यहाँका भित्ता मिथिला कलाले सिङ्गारेका हुन्।

नौवटा सत्र (प्रत्येक तीन घण्टा) सम्म सञ्चालन गरिएको यस कार्यशालामा विद्यार्थीहरूले पाठ्यपुस्तकको घेराभन्दा बाहिर निस्केर प्राचीन मिथिला चित्रकलाको प्रयोगात्मक अभ्यास गरेका छन्। मिथिला कलाकार सुभद्री सुभाको प्रशिक्षणमा भएको कार्यशालामा विद्यार्थीहरूले ‘हात धुने र खेलकुद’ शीर्षकको अवधारणामा आधारित भित्तेचित्र निर्माण गरेका थिए।

कोटेश्वरस्थित सरस्वती माविका यी रङ्गीन भित्ताहरू अब केवल चित्र मात्र रहेनन्, ती स्वास्थ्य, शिक्षा र कलाका जीवन्त पाठ बनेका छन्। यस भित्तामा स्वच्छता र स्वास्थ्य तथा शारीरिक र मानसिक विकाससम्बन्धी सन्देश दिने खालका विद्यार्थीका सिर्जना समेटिएका छन्।

हात धुने अभ्यास देखाइएको ठूला आकृतिले दैनिक जीवनमा सरसफाइको महत्वलाई झल्काउँछ भने, शारीरिक र मानसिक विकासअन्तर्गत डोरी खेलिरहेका बालबालिकालाई उतारिएको छ। चित्रमा माछा, कमलको फूल र परम्परागत मिथिला बुट्टाहरूलाई कलात्मक ढङ्गले संयोजन गरिएको छ। जसले आधुनिक स्वास्थ्य सन्देशलाई सांस्कृतिक सौन्दर्यसँग जोडेको छ।

कलाकार सुभद्री सुभाले भन्नुभयो, “सरकारी विद्यालयका साना बालबालिकामा देखिएको उत्साह लोभलाग्दो थियो। उनीहरूले शारीरिक खेलले दिमाग कसरी तेज हुन्छ भन्ने कुरालाई चित्रमा उतार्न निकै रुचि देखाए।” उहाँका अनुसार चित्रलाई समयमै सम्पन्न गर्न विद्यार्थीहरूले निकै मेहनत गरेका थिए । विद्यालयको नियमित समयबाहेक उनीहरू शनिबार र अन्य दिन बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म स्वस्फूर्त रूपमा सहभागी भएका हुन्।

विद्यार्थीहरूले बुट्टा भर्ने र रङ लगाउने अधिकांश काम आफैँ गरेका थिए। अन्तिम कलात्मक परिस्करण कलाकार सुभद्रीले गर्नुभएको थियो। यो कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता प्रस्फुटन गर्न र नेपाली सांस्कृतिक सम्पदाको संरक्षण गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ। अहिले काठमाडौँका दर्जनौँ स्कुलमा विद्यार्थीहरुलाई चित्रकला, मूर्तिकला र भित्तेकला सिकाइँदै छ।रासस

बुधबार, चैत ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.