• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २१ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २१ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २१ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

  •  बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

तुलसीपुर (दाङ) । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामी लाभान्वित भइरहेका छन् । लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङको राप्ती, गढवा, बङ्गलाचुली गाउँपालिकासहित छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका विभिन्न क्षेत्रबाट समेत बिरामी आउने गरेका छन्।

अस्पताल विकास समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अन्य क्षेत्र र जिल्लाबाट समेत बिरामी आउने गरेको बताउनुभयो। बिरामीको चाप बढी भएकाले व्यवस्थापनमा केही दबाब भए पनि नागरिकको विश्वास जित्न थालेकाले आफूहरूलाई काम गर्ने हौसला मिलिरहेको उहाँको भनाइ छ।

“यो अस्पताल स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएका थियौँ, हाल दाङसहित प्यूठान, अर्घाखाँचीसम्मका नागरिकले पनि सेवा लिइरहेका छन्। यो हाम्रो सेवाप्रतिको भरोसा पनि हो”, अध्यक्ष विष्टले भन्नुभयो। अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेलले यहाँबाट दैनिक एक सयदेखि डेढ सय बिरामीले सेवा लिने गरेको बताउनुभयो। कुनै कुनै समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेको पनि उहाँले जानकारी दिनुभयो।

“अस्पतालमा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, बहिरङ्ग सेवा, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला, सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम र बिरामी भर्ना गर्ने इन्डोर सेवा सञ्चालनमा छ। यस्तै, प्रत्येक महिनाको अन्तिम शनिबार हाडजोर्नीको विशेषज्ञ सेवासमेत सञ्चालनमा छ”, प्रशासन प्रमुख पौडेलले भन्नुभयो।

हाल यहाँ कन्सल्टेन्ट डाक्टर एकजना, मेडिकल अफिसर चार, स्टाफनर्स, हेल्थअसिस्टेन्ट, अहेब, अनमी पाँच÷पाँच जना तथा एनेस्थेसिया असिस्टेन्ट र असिस्टेन्ट फार्मेसी एक÷एक जना रहेका छन्। यस्तै, ल्याब टेक्निसियन एक जना, ल्याब असिस्टेन्ट चार, रेडियोग्राफर दुई, अस्पताल प्रशासक र कम्प्युटर अप्रेटर एक÷एक जना रहेका छन्।

सेवा सहजताका लागि अक्सिजन सिलिण्डरसहितको सुविधा सम्पन्न एम्बुलेन्स पनि व्यवस्था गरिएको छ। हाल अस्पतालमा आएका सामान्य बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको र चाँडै शल्यक्रिया सेवासमेत सुरु गर्ने तयारी भइरहेको प्रशासन प्रमुख पौडेलले बताउनुभयो।

सकेसम्म विशेषज्ञ सेवा लिन टाढा जान नपरोस् भन्ने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्न लागिएको उहाँको भनाइ छ।रासस

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.