• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ५७ मिनेट 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ६० मिनेट 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १४ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १८ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १९ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १९ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १९ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै

  •  बुधबार, चैत ११, २०८२ मा प्रकाशित

सुदूरपश्चिम । जनस्वास्थ्यको मुख्य समस्याका रुपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ । क्षयरोगको उपचारका लागि ‘डट्स’ कार्यक्रम (चिकित्सकको निगरानीमा औषधि खुवाउने विधि) प्रभावकारी देखिए पनि समुदायमा अपेक्षित रुपमा रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका क्षयकुष्ट निरीक्षक मनोज ओझाले लक्ष अनुसार रोगी पत्ता नलाग्दा यो रोगको समस्या बढेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो देशमा उपचार पद्धति राम्रो भयो, तर उपचारको दायरामा नआउनेको रोगकै कारण मृत्यु हुने गरेको अनुमान छ, प्रदेशभरि ४० प्रतिशत बिरामी अझै पनि उपचारमा आउन नसकेको अनुमान छ ।”

लक्षण देखिने बिरामी स्वास्थ्य संस्थामा समयमै नआउने, सबै ठाउँमा पिसिआर(रोग पत्ता लगाउने जाँचको विधि)को पहुँच बढ्न नसक्नु, जाँच गर्नुपर्ने काममा फिल्ड तहमा कमी भइरहेको र लक्षण देखिएको बिरामी पनि उपचारमा ढिलो गरी आउनेजस्ता कारणले रोगीको सङ्ख्या बढेको देखिएको ओझाले बताउनुभयो । जनसङ्ख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रदेशमा दर्ता भएकामध्ये ६५ वर्ष उमेरमाथिका मात्रै २६ प्रतिशत यो रोगका बिरामी छन् ।

सबैभन्दा बढी बिरामी कैलाली जिल्लामा छन्, । प्रतिलाख जनसङ्ख्याको हिसाबले यो रोगका बढी बिरामी कञ्चनपुरमा छन् । प्रदेशमा बर्सेनि क्षयरोगीको दर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष ७७÷७८ मा दुई हजार आठ सय २६ जना, आव ७८÷७९ मा तीन हजार चार सय २४ जना, आव २०७९÷८० मा तीन हजार दुई सय १४ जना, आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार छ सय १८ जना रहेकोमा आव ८१÷८२ मा तीन हजार छ सय ४८ जना बिरामी पुगेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु आवको माघ मसान्तसम्म प्रदेशमा एक हजार ८४० क्षयरोगीका बिरामी पुगेका छन् । यीमध्ये कैलालीमा ८१२ र कञ्चनपुरमा ५०४ बिरामी छन् । आव २०८१÷८२ को माघ मसान्तसम्ममा डोटीमा ७८, अछाममा ८३, बैतडीमा ८३, बझाङमा ५८, बाजुरामा ८१, डडेल्धुरामा ७२ र दार्चुलामा ६९ जना क्षयरोगका बिरामी पुगेका छन् । चालु आवमा प्रदेशका कूल बिरामीमध्ये ६५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । नेपालमा हुने क्षयरोगीमध्ये ७५ प्रतिशतभन्दा बढी फोक्सोको क्षयरोगले पीडित हुने गरेको अनुमान छ ।

ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गौला, मष्तिष्कमा पनि क्षयरोगको सङ्क्रमण हुने गर्छ । सरकारले क्षयरोगको उपचार व्यवस्था निःशुल्क गरेको छ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना सरकारको छ ।

लामो समयदेखि खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकानको महसुस बढी भएमा नजिकैको स्वास्थचौकी गएर स्वास्थ्य परीक्षण गर्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ ।रासस

बुधबार, चैत ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.