• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १६ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १६ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १६ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. विपद्पछि सरुवा रोगको प्रकोप

  • ७. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

मृत्यु र जीवनको संघर्षको कथा : ‘क्यान्सर, खानपान र म’

  •  आइतबार, असार १९, २०७९ मा प्रकाशित

काठमाडौं । क्यान्सर जितेकी योद्धा शुभेच्छा घिमिरेलाई स्तन क्यान्सर भएको तथ्य डाक्टरले सुनाउँदा जीवनको अन्त्य भएको देखिन् । तर बिस्तारै उनमा हिम्मत आयो । पटकपटकको किमोले दिएको असह्य पीडा र शरीरको नाजुक अवस्थाले अत्तालिएको मनलाई सम्हाल्दै उनी क्यान्सरलाई जित्न सफल भइन् ।

आफूमा ३२ वर्षको उमेरमै देखिएको क्यान्सरलाई जितेपछि उनले नयाँ जीवन पाएको अनुभव गरिन् । त्यससँगै उनले क्यान्सरविरुद्ध सचेतना फैलाउने अठोट लिइन् र आफ्ना अनुभवलाई ‘क्यान्सर, करी एन्ड मी’ पुस्तकमार्फत सार्वजनिक गरिन् । अंग्रेजीमा लेखिएको यही पुस्तकको नेपाली रूपान्तरण हो ‘क्यान्सर, खानपान र म’ ।

उक्त पुस्तकलाई तीन खण्डबाट हेर्न सकिन्छ । पहिलो खण्डमा उनले क्यान्सरलाई जित्न आफूले गरेको संघर्षको कथा वर्णन गरेकी छिन् । दोस्रो खण्डमा नेपाली भान्सामा पाइने जडीबुटी र त्यसले स्वास्थ्यमा परेको प्रभावबारे चर्चा गरिएको छ । र, तेस्रो खण्ड अर्थात् उपसंहारमा उनले आफू निको भएपछिको जीवनशैली तथा सचेतनामूलक विषयवस्तु समेटेकी छिन् ।

क्यान्सर किन, कसरी र कस्तालाई हुन्छ भन्ने कुनै ठोस कारण र आधार हुँदैन । जुनसुकै उमेरको जो कोहीलाई यो रोग लाग्न सक्छ । क्यान्सर भएपछि सामाजिक प्रतिक्रिया पनि विचित्रका हुन्छन् । तर, बिरामीलाई आशाको सञ्चार गराउने र क्यान्सरलाई जित्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने प्रतिक्रिया आवश्यक हुन्छ । क्यान्सर जितेकी घिमिरेले आफ्नो पुस्तकमा यस्ता विविधखाले प्रतिक्रियाले बिरामीमा पर्ने असरहरू उल्लेख गरेकी छिन् ।

यस्ता गम्भीर प्रकृतिको रोगसँग लड्न आफन्तको बलियो साथ निकै महत्त्वपूर्ण हुन्छ । त्यही साथ र भरोसाले उनले क्यान्सर जितिन् । त्यसको चर्चा समेत उनले पुस्तकमा गरेकी छिन् । पुस्तक पढ्दै जाँदा लेखकको पीडासँग एकाकार भइन्छ । क्यान्सर उपचारका विविध प्रक्रिया, शरीरमा हुने परिवर्तन र मनमा आउने विचारलाई पुस्तकमा जीवन्त चित्रण गरिएको छ । त्यसैले क्यान्सर सचेतनाका लागि पुस्तक उपयोगी देखिन्छ । यो पुस्तक मृत्यु र जीवनको संघर्षको कथा हो ।

पुस्तकमा करेला, मम, भन्टाको भर्ता, स्वाँ: पुका, सेकुवा जस्ता खाद्य परिकारको उदाहरणबाट क्यान्सरको अवस्था र पीडालाई देखाइएको छ । क्यान्सर उपचारका क्रममा सहयोग गरेका केही खानाबारे पुस्तकमा चर्चा छ । लेखकले नेपाली खानाको मौलिकता र त्यसको रेसिपीसमेत पुस्तकमा दिएकी छन् । नेपाली खाद्य परिकारको परिचय दिइएको यस पुस्तकको मूल विषय भने क्यान्सरविरुद्ध चेतना फैलाउनु नै हो ।

रोग बाजा बजाएर आउँदैन, तर जब आउँछ जीवनमा ठूलो आँधीबेहरी लिएर आउँछ । त्यसैले क्यान्सरबारे मनोसामाजिक प्रवृत्ति बुझ्न र क्यान्सर भइहालेमा के गर्नुपर्छ भन्ने जानकारी दिन पुस्तक उपयोगी छ । आर्थिक अभियानबाट

आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.