• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • २ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • २ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १८ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १९ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • १९ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २१ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

‘नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था लैङ्गिक समानता सम्बोधन गर्न कमजोर’

  •  बुधबार, साउन २५, २०७९ मा प्रकाशित

काठमाडौं । नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था आफ्ना नीति तथा कार्यक्रममा लैङ्गिक समानतालाई सम्बोधन गर्न पछाडि परेको एक अध्ययनले देखाएको छ । महिलाका अधिकार संरक्षण गर्ने गरी जारी भएको नेपालको संविधान तथा विद्यमान कानुनका बाबजुद सो अध्ययनले यस्ता संस्थाले लैङ्गिक समानताका लागि सहयोग पु¥याउने नीति तथा अभ्यासको पारदर्शिता र उपलब्धता अपर्याप्तसमेत भएको देखाएको छ ।

ग्लोबल हेल्थ ५०÷५० र वातावरण, जनसङ्ख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले आज यहाँ सार्वजनिक गरेको अध्ययनमा सो अपर्याप्त भएको देखाएको हो । ती दुई संस्थाद्वारा जारी विज्ञप्तिमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ७७ संस्थाका कार्यगत क्षेत्र र सञ्चालित स्वास्थ्य कार्यक्रमको परीक्षण सो अध्ययनमा गरिएको जनाइएको छ । ती संस्थामध्ये ४७ नेपालमा सञ्चालनमा रहेका वा नेपालमा कार्यालय स्थापना गरी सञ्चालित विश्वव्यापी संस्था र ३० राष्ट्रिय गैरसरकारी संस्था रहेको जनाइएको छ ।

त्यस्तै दुई मन्त्रालय र तीन सरकारी विभागको पनि विश्लेषण सो अध्ययनमा गरिएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाको उनीहरुको नीति र कार्यक्रममा लैङ्गिक समानताको मापन गर्ने लक्ष्य राखेर अध्ययन गरिएको सो पहिलो अध्ययन भएको जनाइएको छ ।

अध्ययनको निष्कर्षले लैङ्गिक समानता मापनका लागि प्रयोग गरिएका चार क्षेत्रमा सुधारका लागि विशेष ठाउँ रहेको देखाएको छ । आधाभन्दा कम (१३÷३०) राष्ट्रिय गैह्रसरकारी संस्थाले सार्वजनिक रुपमा लैङ्गिक समानतामा प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी तीन गैह्रसरकारी संस्थाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई समावेश गरेर आफ्नो प्रतिबद्धता जनाएका छन् । लैङ्गिक समानताको सार्वजनिक प्रतिबद्धता जनाउनु भनेको कार्यक्षेत्रमा र स्वास्थ्य मापन सूचकको प्राप्तिमा लैङ्गिक असमानताको सम्बोधनका निम्ति सुरुआत विन्दु भएको अध्ययनमा उल्लेख छ ।

कृपाका सहनिर्देशक एवम् अध्ययन प्रतिवेदनका सहलेखक डा महेश पुरीले भन्नुभयो, “यस अध्ययनले लैङ्गिक समानताका लागि पारदर्शिता हासिल गर्नका निमित्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था पछाडि रहेको उजागर गरेको छ । केही संस्थाले महिलाको वृत्ति विकास र समान अवसर प्रदान गर्ने कार्यस्थलगत नीति प्रकाशित गरेका छन् । ती पारदर्शिता देखाउनका लागि मात्र नभएर उनीहरूका प्रतिबद्धताहरूको लेखाजोखा गर्नका लागि पनि यस्ता नीति सार्वजनिक रूपमा उपलब्ध हुनुपर्दछ । हाम्रो अध्ययन प्रतिवेदन नेपालमा लैङ्गिक समानताका लागि भएको प्रगतिको मूल्याङ्कन गर्ने सुरुआत पनि हो ।”

लैङ्गिक समानता, विविधता र समावेशीकरणका लागि कार्यस्थलगत नीतिले कार्यक्षेत्रलाई राम्रो बनाउन प्रोत्साहन र सहयोग गर्दछन् । यस अनुरूप महिला र कम प्रतितिधित्वमा परेका समूहका लागि पनि वृत्ति विकासमा सहज बनाउने अध्ययनमा भनिएको छ । समीक्षा गरिएका ४७ अन्तरराष्ट्रिय संस्थाहरूमध्ये तीन संस्थाहरुमा नेपाल केन्द्रित कार्यस्थलगत लैङ्गिक समानता नीतिहरू र दुईमा विविधता समावेशी नीति (विश्वव्यापी नीतिभन्दा भिन्न) रहेको पाइएको अध्ययनमा उल्लेख । ती संस्थाको प्रसूति बिदासम्बन्धी नीति नियमको समीक्षा गर्दा ‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन, २०१८’ मा व्यवस्था गरिएअनुसार महिलाले पाउनुपर्ने अधिकारभन्दा कम हप्ताको तलबी प्रसूति बिदा प्रदान गरेको देखाएको छ । यसबाट तत्काल कार्यस्थलगत नीति अद्यावधिक गरी यसको सुनिश्चितता गर्नुपर्नेतर्फ अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

नेतृत्व तह र व्यवस्थापकीय पदमा लैङ्गिक समानतामा विभेद पनि यस अध्ययनले देखाएको छ । महिलाहरूको उच्च तथा निर्णायक स्तरमा कम प्रतिनिधित्व छ । राष्ट्रिय गैरसरकारी संस्थामध्ये एक तिहाइमा (१०÷३०) मात्र महिलाहरूको नेतृत्व पाइएको छ । संविधानले निजामती सेवामा महिलाहरूको नियुक्ति वृद्धि गर्ने प्रतिबद्धता जनाएको भए तापनि ती निकायहरूमा पुरुष नेतृत्वकै वर्चस्व रहेको देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको माथिल्लो व्यवस्थापकीय तहमा धेरै नै लैङ्गिक असमानता अर्थात् ८९ प्रतिशत (२५÷२८) पुरुष रहेको पाइएको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको उच्च व्यवस्थापनमा लगभग लैङ्गिक समानता (५४ प्रतिशत पुरुष र ४६ प्रतिशत महिला) रहेको पाइएको छ ।

अन्तरराष्ट्रिय सङ्गठनका नेपालस्थित कार्यालयमा हरेक पाँचमा दुई (११÷२९) मात्र नेपाली नागरिकहरूले नेतृत्व गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “ यसले अन्तरराष्ट्रिय सङ्गठनहरूमा उनीहरूको वृत्ति विकासका अवसरमा अभाव भएको देखाउँदछ ।”

स्वास्थ्यसम्बन्धी सूचकका असमानतालाई सम्बोधन गर्न लैङ्गिक रूपान्तरण कार्यक्रम मुख्य हो, तर तीनमध्ये एक (९÷३०) गैह्रसरकारी संस्थाहरूमा लैङ्गिक विहीनताका कार्यक्रम छन् । त्यस्तै, करिब ४ प्रतिशत (२÷४७) अन्तरराष्ट्रिय संस्थाको नेपालका कार्यक्रम पनि लैङ्गिकविहीन रहेको पाइएको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

ग्लोबल हेल्थ ५०÷५० का सहनिर्देशकद्वय प्रा सारा हक्स र प्रा केन्ट बुसले भन्नुभयो, “अध्ययन प्रतिवेदनले लैङ्गिक समानतालाई राष्ट्रिय सन्दर्भमा बुझ्नका लागि नयाँ सम्भावना देखाएको छ । यो तथ्याङ्क लैङ्गिक समानता र स्वास्थ्य समता प्राप्तिका लागि प्रयोगमा ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछौँ । यसले प्रभावकारी परिवर्तन यसै भित्रबाट ल्याउँदछ । हामी यस स्तरको अध्ययन प्रतिवेदन तयार पार्न कृपालाई सघाउन पाएकामा खुसी छौँ ।” रासस

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
दुई हजार एम्बुलेन्स थन्किए

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

ताजा

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.