काठमाडौं । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष एवम वरिष्ठ कन्सल्टेन्ट मेडिकल अंकोलोजिस्ट डा सुदिप श्रेष्ठ अन्र्तराष्ट्रिय बाट सम्मानित भएका छन । क्यान्सर क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै डा. श्रेष्ठलाई सो अवार्डबाट सम्मान गरिएको हो ।
नेटवर्क ७ मिडिया ग्रुपद्धारा हरेक वर्ष स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै समाज परिवर्तनमा महन्वपूर्ण योगदान गर्ने व्यक्तिलाई छनौट गरी अवार्ड दिने गरिएको छ ।
सोही अनुसार यस वर्ष डा श्रेष्ठ उत्कृष्टमा छानिएका हुन । उक्त अवार्ड आगामी सेप्टेम्बर १० मा भारतको मुम्बईमा हुने पन्ध्रौ फर्मासिटकिल्स लिडरसीप समिट तथा फर्मा लिडर्स हेल्थकेयर लिडरसीप अवार्ड २०२२ को सम्मेलनमा प्रदान गरिने बताई एको छ । विभिन्न देशका १२० व्यक्तिहरुलाई छानेर उनीहरुले गरेका कामका मुल्यांकनका आधारमा अन्तिम चरणमा ६ जना अवार्डका लागि नोमिनेसनमा पुगेका हुन् ।
उनीहरु मध्ये डा श्रेष्ठले नेपालमा सीमित स्रोत साधनका बावजुद क्यान्सर बिरामीको सेवामा गरेको योगदान र जनचेतनामा पुर्याएको योगदान स्वरुप यस वर्षको अवार्ड डा श्रेष्ठलाई दिने निर्णय गरिएको आयोजकले जनाएको छ । डा श्रेष्ठले यसबारे प्रतिक्रिया दिंँदै लामो समयको काम र अनुभवको आधारमा स्वास्थ्य क्षेत्रमा गरेको मेहनत कारण अवार्ड प्राप्त गरेकोमा आफूलाई थप उर्जा मिलेको बताए ।
डा श्रेष्ठ नेपालीको जुनसुकै क्यान्सरको उपचार नेपालमै हुनुपर्छ भन्दै सक्रिय रहंँदै आएका छन् । साथै उनी जनचेतनामूलक कार्यमा सहभागी हुँदै जनचेतना जगाउंँदै आएका छन ।
