• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • १ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ४ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ४ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २० घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २१ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २१ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २३ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

चिकित्सा क्षेत्रमा पर्दा भित्रका ‘हिरो’ डा. न्यौपाने

  •  शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

चितवन । शल्यक्रिया गर्ने सर्जन चिकित्सकलाई सबैले चिन्छन् । शल्यक्रिया गर्नुअघि बेहोस् बनाउने एनेस्थेसियोलोजिष्टलाई कमले मात्रै चिन्ने गर्दछन् । उनीहरुको भूमिका सर्जनको भन्दा कम हुँदैन ।
जिल्लामा कुनै बेला सर्जनहरुले कुरेर एनेस्थेसियालोजिष्टको समय लिनु पर्दथ्यो ।

त्यसो त यहाँका न्यून एनेस्थेसियोलोजिष्टहरुले रातमा पनि सुत्न नपाएर शल्यक्रिया कक्षमै कामको सीलसिलामा रात बिताउनुपर्ने हुन्थ्यो । त्यस्तै एक जना महत्वपूर्ण पात्र डा. विजयराज न्यौपाने हुनुहुन्छ ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ जयमंगलामा जन्मिनुभएका न्यौपाने जिल्लामै जन्मिएका दोस्रो चिकित्सक हुनुहुन्छ । त्यसो त जिल्लाको एनेस्थेसियामा स्नातकोत्तर (एमडी) गर्ने पहिलो चिकित्सक हुनुहुन्छ । जिल्लामा एनेस्थेसियाको क्षेत्रमा सेवा दिने चौथो चिकित्सक उहाँ हुनुहुन्छ ।

विसं २०१७ साल पुस २३ गते जन्मिनुभएका डा. न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गर्नुभयो । त्यसपछिको शिक्षा नेपाल माविबाट भयो । त्यहीबाट उहाँले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा. न्यौपाने एक हुनुहुन्थ्यो ।

त्यसपछिको हेल्थ अशिष्टेन्ट चिकित्साशास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट वि. सं. २०३७ सालमा उत्तीर्ण गरी यसपछिको ६ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लामा बिभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभयो । वि. सं. २०४३ सालमा तत्कालीन सोभियत संघको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययनका लागि जानु भयो । विसं २०५० सालमा एमडी (यहाँको एमबिबिएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । न्योपानेले परिवार नियोजन संघमा ६ वर्ष सेवा गर्नुभयो ।

विसं २०५६ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गर्नुभयो । त्यस पछि वि.सं २०५७ सालमा बिपि कोईराला इन्चिच्यूट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहा बिताउनुभयो । वि. सं. २०६० सालमा एमडी उतीर्णगरी त्यसपछिको उहाँको जीवन क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।

दिनको समयमा क्यान्सर अस्पताल र साँझ बिहान भरतपुरका निजी अस्पतालका बिरामीको सेवामा उहाँ लागिरहनुभयो । उहाँ भन्नुहुन्छ “भरतपुर अस्पतालका डाक्टर माणिकलाल मानन्धर दाजु र मैले जिल्लाका सबै अस्पतालको शल्यक्रिया धान्नु पथ्र्यो ।” अहिलेसम्म झण्डै आफ्नो नेतृत्वमा एक लाखलाई सेवा दिएको बताउँदै उहाँले थप्नुभयो “धेरै रात मैले शल्यक्रिया कक्षमा काममा बिताएको छु ।” त्यतिवेला साना साना शल्यक्रियाका लागि पनि राजधानी धाउनुपर्ने बाध्यता थियो । न्यौपाने संगै चिकित्सक थपिदैं जाँदा सबै खालका शल्यक्रिया यही हुने गर्दछ ।

कुनै पनि बिरामीको शल्यक्रिया गर्नुअघि उपयुक्त हुने वा नहुने छनोट गर्ने मुख्य चिकित्सक एनेस्थेसियोलोजिष्ट हुने गर्दछ । त्यसो त शल्यक्रियाको अवस्थाअनुसार शरीरका पूरै वा आंशिक अंग बेहोस् बनाउनुपर्ने हुन्छ । यो महत्वपूर्ण भूमिका निर्वाह गर्ने चिकित्सक बाह्य रुपमा नदेखिएर पर्दाभित्रको हिरोको रुपमा चित्रण गर्न सकिन्छ ।

दुई सयभन्दा बढी शल्यचिकित्सकसँग काम गरेको उहाँसँग अनुभव छ । विगत दुई दशकदेखि चितवनको भूमिमा बिरामीको सेवामा समर्पित डा. न्यौपानेले विगतलाई सम्झँदै भन्नुभयो “शल्यक्रियाको बढी चाप र एनेस्थेसियोलोजिष्टको संख्या कम हुनुको करणले बिरामीले शल्यक्रिया कुर्नुपर्ने बाध्यता थियो । मेरै समय कुरेर तीन चार दिनसम्म बिरामी बस्नुपर्ने अवस्था पनि थियो ।” जिल्लाका अधिकांश अस्पतालका शल्यक्रिया कक्षमा उहाँले काम गरेको अनुभव छ ।

भरतपुर अस्पताल, दुई मेडिकल कलेजमा एनेस्थेसियोलोजिष्ट अभावमा त्यहाँको सेवा अबरुद्ध नहोस भनेर स्वयमसेबी सेवा गर्नुभएको छ । पछिल्ला दिनहरुमा एनेस्थेसियोलोजिष्ट चिकित्सक थपिँदै गएपछि शल्यक्रियाको काममा दबाब घट्दै गएको उहाँले बताउनुहुन्छ । अहिले जिल्लामा यो संख्या ४० हाराहारी पुगेको छ ।

वि.संंं. २०१२ सालमा लम्जुङको दुराडाँडाबाट हजुरबुबा संगै बुबा बन्धुराज न्यौपाने र आमा निर्मलादेवी न्यौपाने चितवन झरेपछि उहाँको बसाई रत्ननगरमा भयो । उपप्रधानपञ्च, विद्यालयका अध्यक्ष, परिवार नियोजन संघ, नेपाल रेडक्रश लगायत सामाजिक क्षेत्रमा बुबाको योगदानको कारण न्यौपानेलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको छ । उहाँले रोटरीका विभिन्न पदमा रहेर मुख्य दाताको भूमिका निर्वाह गर्नुभएको छ ।

नेपाल चिकित्सक संघका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहनुभएका उहाँले विभिन्न सामाजिक संघसंस्थामा सेवा पु¥याउँदै आउनुभएको छ ।

आफूमात्रै चिकित्सा क्षेत्रमा नभएर बुहारीलाई आँफैले पढेको बिषयमा पढाएर आँफ्नै बिभागमा अनुभवलाई आदान प्रदान गर्दै आउनु भएको छ । न्यौपानेका दुई छोरा चिकित्सक छन् । क्यान्सर अस्पतालमा बिभागीय प्रमुख देखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभव पछि अवकाश पाउनुभएका न्यौपाने हाल नारायणी सामुदायिक अस्पताल र कालीगण्डकी अस्पताल कावासोतीमा कार्यरत हुनुहुन्छ ।

नारायणी सामुदायिकको उहाँ पूर्व अध्यक्ष हुनुहुन्छ भने कालिगण्डकीको हालको कार्यकारी अध्यक्ष हुनुहुन्छ । उहाँले क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गर्नुभयो ।

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.