• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

बिरामी अवस्थामा बच्चालाई थप खानामा जोड

  •  शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

टीकापुर । कैलालीकी सपना रावलको अहिले ११ महिनाको बच्चा छ । उहाँको बच्चा बिरामी भइरहन्छ । बिरामी अवस्थामा बच्चालाई खाना खुवाउन निकै कठिन हुन्छ । बिरामी हुँदा उहाँको बच्चाले आमाको दूधमात्र चुस्न खोज्छ ।

“छ महिनासम्म बच्चाले मेरोमात्रै दूध खायो, अहिले दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गरेकी छु”, सपनाले भन्नुभयो, “बिरामी भएका बेला खान मान्दैन, यस्तो बेलामा बच्चालाई भुलाएर, घरबाहिर चौरमा घुमाएर, चराचुरुङ्गी देखाएर, जनावर देखाएर, बच्चालाई भुलाएर भए पनि खुवाउने गर्छु ।”

सपना अन्य बेलाभन्दा बिरामी अवस्थामा बढी खानेकुरा चाहिन्छ भनेर बच्चालाई जसरी भए पनि खानेकुरा खुवाउन जोड दिनुहुन्छ । “म निकै कोसिस गर्छु र खाना खुवाउँछु”, उहाँ भन्नुहुन्छ, “खान्न भनेर लापरवाही गरे बच्चाले खाँदै खान्न, बिरामी अवस्थामा बढी स्याहार चाहिन्छ, त्यसैले अन्य समयभन्दा बढी मेहनत गर्छु ।”

त्यस्तै कैलालीको टीकापुरकी पार्वती विकले पनि नातिनीलाई फकाइफकाइ खाना खुवाउनुहुन्छ । पार्वतीले एक वर्षकी नातिनीलाई खाना खुवाउँदा गीत गाउने, आफू नाच्ने गरेर भए पनि खाना खुवाउनुहुन्छ । “नातिनी अहिले बिरामी छ, दाँत निस्कन थालेदेखि नातिनीलाई खासै सञ्चो छैन, बिरामी भएकाले खानै मन गर्दैन”, पार्वतीले भन्नुभयो, “तर पनि भात गिलो बनाई अण्डा, हरियो साग मिसाएर खुवाउने गरेकी छु, बच्चाले मन पराउने खाना बनाएर खुवाउँछु, फकाएर खुवाउँदा अलिअलि खान्छ, पटकपटक फरकफरक स्वादको खाना खुवाउने गर्छु ।”

पार्वतीकी बुहारी कल्पना विक बच्चा बिरामी हुँदा पहिले जस्तै गरी खान मन नगर्ने र आफूले दूधसँगै विभिन्न खाने कुरा मिलाएर जाउलो जस्तै गिलो भात बनाएर खुवाउँदा अलिअलि गरी खान मन गरेकाले पटकपटक खुवाउने गरेको बताउनुहुन्छ । “एक्लैले मेहनत गर्दा बच्चाले खान्न, म, सासूआमा र घरका अन्य सदस्य मिलेर खाना खुवाउँछौँ”, उहाँले भन्नुभयो, “बच्चालाई ठोस खानेकुरा पनि चाहिन्छ भनेर उसको खानपानमा ध्यान दिन्छौँ ।”

जानकी गाउँपालिकाकी तेतरानी चौधरीको छोरी भर्खर बिरामीबाट तङ्गिँ्रदै छिन् । तेतरानीको छोरीलाई रुघाखोकीसँगै ज्वरो आएको थियो । बिरामी अवस्थामा बच्चाले न दूध खान मन गर्ने न अन्य खाना । पछि महिला स्वास्थ्य स्वयं सेविकाको सल्लाहअनुसार उहाँले पनि जाउलो बनाएर बच्चालाई खुवाउँदा बच्चाले अलिअलि गरी खाएको र पछि सञ्चो हुँदै गएको उहाँ बताउनुहुन्छ । “नानी बिरामी हुँदा खाना खान मानेकै थिएन, एक साताभन्दा बढी दिनसम्म नानीलाई औषधि खुवाउनु प¥यो”, तेतरानीले भन्नुभयो, “बिरामी हुँदा खाना खान मानेकै थिएन, स्वयंसेविका दिदीले खाना खुवाउने तरिका सिकाउनुभयो, पछि त्यसैगरी पकाएर खुवाउन थालेपछि खान्छ ।”

त्यस्तै टीकापुरका राकेश शर्माको बच्चा पनि बिरामी भइरहन्छ । बच्चा बिरामी हुँदा उहाँको बच्चाले पनि खानेकुरा खान मन गर्दैन । बिरामी बच्चा स्याहारमा राकेशकी श्रीमती ब्यस्त हुनेहुँदा राकेशले बच्चाको सरसफाइ, बच्चालाई खुवाउने जाउलो, लिटो र जुसजस्ता खानेकुरा बनाइदिने गर्नुहुन्छ । “बिरामी अवस्थामा बच्चा आमासँगै बस्न खोज्छ, यस्तो बेलामा घर र भान्साको काम म गर्छु”, राकेश भन्नुहुन्छ, “मैले सकेको सघाउँछु, बच्चालाई खाना खुवाउने कार्यमासमेत सघाउँछु, त्यसले बच्चाको स्याहार राम्रो हुन्छ ।”

बच्चा बिरामी हुँदा कमजोर महसुस गर्छ । बिरामी अवस्थामा बच्चाले आमाको दूधबाहेक अन्य खााना खानै मन गर्दैन । यस्तो बेला घरमै फरकफरक स्वादको खाना बनाएर अलिअलि भए पनि खुवाउनुपर्ने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर बताउनुहुन्छ । “बिरामी हुँदा बच्चा थप कमजोर हुन्छ, बिरामी अवस्थामा अझ बढी खानेकुरामा जोड दिनुपर्छ”, डाक्टर ठाकुर भन्नुहुन्छ, “बच्चालाई फकाएर खुवाउनुपर्छ, बच्चाको स्वास्थ्यका लागि अभिभावकले खानपानमा विशेष ध्यान दिनुपर्छ, बच्चाको रुचिअनुसारको खाना पकाएर खुवाउनुपर्छ, यसका साथै सरसफाइमा समेत ध्यान दिनुपर्छ ।” रासस

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.