विनिता श्रेष्ठ ,पोखरा । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.को आयोजनामा स्वास्थ्य दर्पण राष्ट्रीय हेल्थ अवार्ड –२०७९ पोखरामा हुंँदैछ । नेटवर्कको गौरवमय सातौं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड – २०७९ ( लुम्बिनी तथा गण्डकी प्रदेश विशेष ) हुने भएको हो । यसका लागि तयारी अन्तिम चरणमा रहेको नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहांँका अनुसार यो कार्यक्रम असोज ४ गते सांँढे ११ बजे नेपाल पत्रकार महासंघ, कास्कीको सभाहलमा हुंँदैछ ।
कार्यक्रमको प्रमुख अतिथिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्ग , अतिथिमा नेटवर्कका संरक्षक एवं वरिष्ठ पत्रकार किशोर नेपाल, स्वास्थ्य सल्लाहकार वरिष्ठ मृगौला रोग बिशेषज्ञ प्राडा.ऋषि कुमार काफ्ले साथै जनसम्पर्क सल्लाहकार युवा समाजसेवी अर्जुन कुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।
गण्डकी र लुम्बिनी प्रदेशमा रहेर स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी , चिकित्सक तथा अभियन्ताहरुको योगदानको कदर गर्दै अवार्ड दिन लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
विगतका बर्षहरुमा जस्तै काठमाडौं हुने बार्षिक अवार्ड कार्यक्रमलाई निरन्ततरता दिदै अब प्रदेश तहमा पनि छुटै अवार्ड कार्यक्रम गर्न लागिएको र यो पहिलो अवार्ड कार्यक्रम लुम्बिनी तथा गण्डकी दुई प्रदेशलाई संयोजन गरी गरिने उहाँले बताउनुभयो। बाँकी प्रदेशमा पनि यसै गरी निरन्तरता दिंँदै जाने श्रेष्ठको भनाई छ।
