• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

  •  बुधबार, असोज १२, २०७९ मा प्रकाशित

कैलाली । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला आश्रय लिइरहेका छन् ।

ओरेक नेपाल र भजनी नगरपालिका मिलेर सञ्चालन गरेको स्नेह केन्द्रमा उनीहरुको खानपान, रहनसहन, सरसफाइ लगायत आवश्यक सबै व्यवस्था मिलाइएको छ । यसका साथै विपद्का समयमा हुनसक्ने मनोसमस्यालाई ध्यानमा राखेर उपचारका साथै मनोसामाजिक परामर्शसमेत दिने गरिएको ओरेक नेपाल कैलालीका अभिलाषा भण्डारीले जानकारी दिनुभयो । “विपद्का समयमा महिला तथा बालबालिका बढी जोखिममा हुन्छन्, त्यसैले हामीले नगरपालिकाको वडा नं १ मा रहेको सेल्टरलाई प्रयोगमा ल्यायौँ”, उहाँले भन्नुभयो, “बाढीपछि घरमा बस्ने वातावरण नभएका महिला बालबालिकासहित यहाँ बस्नुभएको छ । जहिलेसम्म घर फर्कने वातावरण बन्दैन, तबसम्म बस्नुहुन्छ । उहाँहरूको खाने–बस्ने सबै व्यवस्था गरिएको छ ।”

स्नेह केन्द्रमा आवश्यक सामानको जोहोका लागि अन्य सङ्घसंस्थाले समेत सहयोग गरिरहेको उहाँको भनाइ छ । भजनी नगरपालिकाका पुष्पा राजी नौ महिनाकी गर्भवती हुनुहुन्छ । बाढीले घर डुबानमा परेपछि उहाँ पनि ज्यान जोगाउन घर छाडेर उच्च स्थानमा भाग्नुभयो । सुत्केरी हुने समय नजिकिँदै गरेकी पुष्पालाई सडकमा बस्न निकै गाह्रो भएको थियो । स्थानीयवासीको सहयोगमा स्नेह केन्द्रमा आएपछि भने उहाँलाई ढुक्क छ । “सुत्केरी मिति नजिकिँदै गएकाले मलाई तनाव थियो, कतै सडकमै व्यथा लागे के गरौँला भन्ने डर थियो”, उहाँले भन्नुभयो, “पछि यहाँ ल्याइयो, यहाँ त ढुक्क छ । ब्यथा लागिहाले पनि स्वास्थ्य सेवासमेत पाइने रहेछ । यहाँ खान, बस्न, उपचार गर्न कुनै समस्या छैन ।”

सुनिता राजी पनि बाढी आएपछि बच्चासहित विस्थापित हुनुभएको थियो । “बाढीको त्रासमा ज्यान बचाउन बच्चासहित घर छाडेका महिलालाई यसरी सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउनु सराहनीय काम हो”, सुनिताले भन्नुभयो, “बाढीले भिजेका घरका भित्ता ढल्न थालेपछि एक वर्षको बच्चा बोकेर यहाँ आएकी हुँ, अब घर बनेपछि फर्कन्छु ।”

भजनी नगरपालिका–३ का राजरानी चौधरी बाढी आएपछि डेढ वर्षको बच्चा बोकेर हुलाकी सडकमा आश्रय लिन जानुभयो । बाढीले घर डुबानमा परेर केही सामान नबचेपछि राजरानीलाई निकै तानव भयो । तीन दिनसम्म हुलाकी सडकमा बसेपछि वडाध्यक्षको सहयोगमा उहाँ पनि स्नेह केन्द्रमा बच्चासहित आउनुभयो ।

“निकै तनाव थियो, स्नेह केन्द्रमा आएपछि ढुक्क भयो, बच्चाले राम्ररी खान पाएको थिएन, यहाँ आएपछि बच्चा र मैले पेटभरि खान पायौँ”, उहाँले भन्नुभयो, “यहाँको वातावरण रमाइलो छ । सबै हामीजस्तै समस्या झेलेकाहरु छौँ । एकअर्कामा कुराकानी गर्दा तनाव कम हुने रहेछ ।”

वडा नं ३ कै कोपिला चौधरी पनि डेढ वर्षको बच्चासहित स्नेह केन्द्रमा बसिरहनुभएको छ । तीन दिन विद्यालयमा बसेपछि यहाँ आएकी कोपिलालाई पनि स्नेह केन्द्रमा दिइने मनोसामाजिक परामर्शपछि धेरै आनन्द महसुस भएको छ । “यहाँ तनाव व्यवस्थापन कसरी गर्ने, हिंसा भएमा के गर्ने भनेर पनि सिकाइन्छ”, कोपिलाले भन्नुभयो, “अब केही दिनमा घर फर्कन्छौँ, परिवारका सदस्यले घर मर्मत गर्दै हुुनुहुन्छ । घर तयार भएपछि फर्कने हो ।”

भजनी–८ की लक्ष्मी रावल पनि एक वर्षको बच्चासहित यहाँ बस्नुभएको छ । उहाँको पनि घरमा बस्ने वातावरण बनेको छैन । “सडकमा भोकभोकै बस्नुपरेको थियो”, यहाँ बच्चाले पटक–पटक पेटभरि खान पाएको छ ।” स्नेह केन्द्रमा महिलालाई विपद्पछि हुनसक्ने हिंसा, हिंसा भएमा के गर्ने, एकअर्कालाई कसरी सघाउने, तनाव व्यवस्थापन गर्ने तरिकासमेत सिकाउने गरिएको छ । विपद्का समयमा महिला तथा बालबालिकाको सुरक्षाका लागि गरिएको यो काम सराहनीय रहेको स्थानीय कृष्णा चौधरीले बताउनुभयो । रासस

बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.