• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • २ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ५ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ५ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २२ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २२ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २३ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २४ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. मीना सुनारको उद्धार

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

  •  शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित

टीकापुर ।दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् ।

टीकापुरकी मनिषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उहाँको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनिषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई पनि खुवाउने गरिएको उहाँ बताउनुहुन्छ । “दसैँमा सकेसम्म घरमै खसीबोका काट्छौँ, नकाटे पनि पाँच÷सात किलो मासु किन्छौँ”, रम्फेलीले भन्नुहुन्छ, “चाडपर्वमा त सबैले पेटभरि खान्छौँ, दसैँ भनेको माछामासुले पेट भर्ने पर्वजस्तो लाग्छ । दसैँमा अष्टमीदेखि पूर्णिमासम्म माछा मासु खाइन्छ ।”

टीकापुरकी रेखा परियारका घरमा पनि खसी बोका काट्छन् । उहाँ पनि दसैँमा अन्य बेलाभन्दा बढी माछा मासु र अन्य परिकार खानुहुन्छ । “दसैँमा टन्न खाने हो, हामी त बरु बिरामी भए औषधि खान्छौँ तर माछा मासु, सेलरोटी नखाने भन्ने हुँदैन”, उहाँ भन्नुहुन्छ, “घरमा पनि खान्छौँ, माइत गएर पनि खान्छौँ ।”

चाडपर्वलाई महत्वका साथ मनाउने गर्दछन् । चाडपर्व भनेपछि मानिसको खुसीसँग जोडिन्छ । पर्वले मेलमिलाप, खुसी र एकताको सन्देश दिन्छ । दसैँको तयारी सुरु भएपछि हरेक मानिसका घरमा आवश्यक खाद्यान्न, तरकारी तथा माछा मासुको जोहो सुरु भएको छ ।

त्यस्तै, बिन्तिराम चौधरीको घरमा पनि चाडपर्वमा मासु बढी पाक्छ । घरमै खसी काटेर आफू र आफ्ना आफन्तलाई खुवाइन्छ । बिन्तिरामको घरमै माछामासु पाके पनि उहाँको परिवार स्वास्थ्यबारे भने सचेत रहेको उहाँ बताउनुहुन्छ । “माछा मासु तथा चिल्ला खानेकुरा बढी पाक्छन्, अन्य समयभन्दा बढी खाइन्छ”, उहाँ भन्नुहुन्छ, “माछा मासु तथा चिल्ला खानेकुरा खान्छौँ साथमा त्यसलाई पचाउने खालका खानेकुरा पनि खाने गरेका छौँ । सलाद, फलफूल र सागपात पनि अनिवार्य खाइन्छ यो समयमा ।”

लम्की चुहा–१ का रुपेश न्यौपानेको घरमा पनि विगतका वर्षमा माछा मासु बढी पाक्थ्यो । गत वर्ष खसीको मासु धेरै खाएकै कारण रुपेशका बुबा बिरामी भएपछि यस वर्ष उहाँहरु माछामासुको बढी प्रयोग नगर्ने तयारीमा हुनुहुन्छ । “गत वर्ष मासु अपच भएर बुबा दसैँकै समयमा बिरामी हुनुभयो । तीन दिन अस्पताल बस्नुप¥यो”, उहाँ भन्नुहुन्छ, “माछामासु र चिल्ला खानेकुरा धेरै खान नहुने रहेछ । यस वर्ष हामी पर्व मनाउनका लागि मात्रै थोरै मासु किनेर खाने तयारीमा छौँ ।”

हरेक चाडपर्वको आफ्नै महत्व हुन्छ । दसैँमा लुगा किन्ने, मीठा परिकार खाने, नयाँं ठाउँं घुम्ने, आफन्तकहाँ टीका थाप्न जाने, दक्षिणा दिनेजस्ता हरेक कार्य हुन्छन् । चाडपर्वमा गरिने क्रियाकलाप मानिसको शारीरिक, मानसिक र आर्थिक क्षेत्रसँग जोडिन्छन् । चाडपर्वमा कोही मानिस धित मारुञ्जेल खान्छन् भने कोही मानिस संयमता अपनाएर खानपान गर्छन् ।

शिक्षक टेकबहादुर सार्की भने चाडपर्वको फरक फरक महत्व भए पनि शारीरिक र आर्थिक व्यवस्थापनमा सचेत भएको बताउनुहुन्छ । उहाँ चिल्लो र मसालेदार खानेकुरा बढी खाँदा त्यसलाई पचाउने खालका खानेकुरा खानुहुन्छ । “मेरो घरमा माछामासु खाँदा स्वास्थ्यलाई ध्यानमा राखेर खाने गर्छौँ, चाडपर्वमा हाम्रो घरमा फलफूल, सागपातमा बढी खर्च हुन्छ”, उहाँले भन्नुभयो, “पर्वहरुमा हामी मासुका धेरै परिकार प्रयोग हुन्छन्, माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई पोषिलो आहारका रुपमा प्रयोग गरिन्छ तर हामी त्यसलाई पचाउने खानेकुरा समेत खान्छौँ ।”

शरीरलाई चाहिने प्रोटिनको स्रोतका रुपमा मासुलाई लिइन्छ । मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेशेदार छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकाले पच्न गाह्रो हुन्छ । मासु पच्न धेरै समय लाग्छ र मासु खाँदा शरीरमा भारीपन आई आलस्य बनाउने भएकाले मानिसको स्वास्थ्यमा विभिन्न असर गर्नसक्ने भएकाले चाडपर्वमा मासु धेरै खान नहुने टीकापुर अस्पतालका डा संवाद खरेल बताउनुहुन्छ । “माछामासु धेरै खाँदा क्षणिकदेखि लामो समयसम्म असर हुन्छ, क्षणिक असरमा अपच हुनसक्छ, युरिक एसिडको समस्या भएकालाई असर गर्छ”, डा खरेल भन्नुहुन्छ, “कोल्डस्टोर बढेर जाने भएकाले पाचन र कलेजोसम्बन्धी समस्या हुनसक्ने भएकाले सचेत हुनुपर्छ । कुनै पनि खानेकुरा आवश्यकता भन्दा बढी खान हुँदैन ।”

डाक्टर खरेल मासु खाइहालेमा प्रशस्त हरियो सागसब्जी, गाजर, फलफूलसँग मिलाएर खाँदा जति हानी गर्ने हो त्यसबाट बच्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ । “खसीको मासु र भात धेरै खान हुँदैन, हामी कहाँ धेरै खाने चलन छ”, उहाँ भन्नुहुन्छ, “झोलिलो कुरा, सागपात, रेसादार तरकारी तथा फलफूल बढी खानुपर्छ ।” रासस

शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.