• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

गर्भवती तथा सुत्केरी खानपानबारे सचेत बन्दै

  •  शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर–१ की बन्दना जैसीको नौ महिनाको शिशु छ । बन्दनाको घरमा सुत्केरीका लागि विशेष खाना पाक्छ । घरका सदस्यले जस्तै खानपानले आमालाई पुग्दैन भन्दै उहाँका लागि थप खाना र पोषिलो खानाको जोहो गरिन्छ । “म परिवारका सदस्यभन्दा थप एक समय खाना खान्छु । खानामा अनिवार्य दूध, दही, अण्डा वा माछामासु खान्छु”, बन्दनाले भन्नुभयो, “यसका साथै फलफूल र हरियो सागपातमा समेत ध्यान दिन्छु । जसले मेरो शिशु पनि स्वस्थ छ ।”

महिलाका लागि गर्भावस्था र सुत्केरी अवस्था संवेदनशील अवस्था हो । यो समयमा महिलाले अन्य व्यक्तिभन्दा बढी खानेकुरा खान आवश्यक हुन्छ । आमाले खानपानमा ध्यान नदिएमा आमा र शिशुको स्वास्थ्यमा दीर्घकालीन रूपमा नकारात्मक प्रभाव पर्न सक्छ । शिशु र आमालाई आवश्यक पौष्टिक आहार नपुग्न सक्छ त्यसतर्फ परिवारका सदस्य सचेत हुन आवश्यक छ ।

टीकापुरकी गौरी चौधरी घरमा जे पाक्यो त्यही खानुहुन्छ । उहाँको घरमा सुत्केरी भएकाले कहिलेकाहीँ माछामासु, हरियो सागपातसमेत पाक्छ । “अन्य सदस्यका लागि जे पाक्छ त्यही खान्छु, कहिलेकाहीँ माछामासु भने खान्छु,” उहाँले भन्नुभयो, “मेरो खानपानमा म आफैँ सचेत छु ।”

टीकापुर–२ की ललिता चौधरी पनि सुत्केरी हुनुहुन्छ । उहाँ पनि घरका सदस्यले पकाएको खानेकुरा खानुहुन्छ । त्योसँगै थप खानाका रुपमा माछा, मासु, अण्डा, हरियो सागपातसमेत खाने गर्नुुहुन्छ । “हरियो ताजा तरकारी धेरै खान्छु, माछा मासु पनि खाइरहन्छु”, उहाँले भन्नुभयो, “मेरो र शिशुको स्वास्थ्यबारे घरका सदस्यसमेत सचेत हुनुहुन्छ । मलाई आवश्यक पोषणयुक्त खानाको जोहो गरिदिनुहुन्छ ।”

मनिता चौधरी पनि सुत्केरी भएकाले घरमा सबैले समान खानेकुरा खाने गरे पनि उहाँले भने माछामासु, अण्डालगायत खानेकुरा अनिवार्य खानुहुन्छ । मनितालाई शिशु र आफ्नो स्वास्थ्यका लागि थप खानेकुरा र पोषिलो खानेकुरा खानुपर्छ भन्ने राम्रो ज्ञान छ । “स्वास्थ्यकर्मीले हामीले खाने तरिका र शिशुलाई खुवाउने तरिका सिकाउनु भएको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्यका मापदण्डअनुसार खानपान गर्न नसके पनि पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने बुझेका छौँ ।”

प्रतिमा चौधरीको परिवारमा भने शाकाहारी खाना चल्छ । उहाँ माछामासु नखाने भएकाले दूध, दही, सागपातमा बढी जोड दिनुहुन्छ । “म आफैँ पनि शाकाहारी हो । त्यसैले दूध तथा दुग्धपदार्थ बढी खान्छु, यसका साथै सागपात तथा फलफूल बढी खान्छु”, उहाँले भन्नुभयो, “पहिले तीनपटक खाना खान्थे, आजभोलि पाँच पटकसम्म खाने गरेकी छु ।”

दुई महिनाकी सुत्केरी प्रतिमाको खानपानमा परिवारका सदस्य निकै सचेत छन् । प्रतिमालाई घरमा सबैका लागि पाकेको खानासँगै थप माछा, मासु, अण्डा र दूधको पनि जोहो हुन्छ । “ शिशुलाई दूध पुग्दैन भनेर परिवारका सदस्य सचेत हुनुहुन्छ”, उहाँले भन्नुभयो, “मलाई खानेकुराको केही कमी छैन ।”

जानकी गाउँपालिका–१ की पूजा न्यौपाने ६ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँको स्याहारमा पूरै परिवार लागेको छ । “म गर्भवती भएको थाहा पाएदेखि परिवारले विशेष ध्यान दिनुभएको छ । मलाई थप खाना खान लगाउने, पर्याप्त आराम र पोषिलो खानाको जोहो गरिदिनुहुन्छ”, पूजाले भन्नुभयो, “श्रीमान्ले किनेर ल्याउने, सासूआमाले मलाई मनपर्ने परिकार बनाएर खुवाउने गर्नुहुन्छ । मलाई त माइतीमा बसिरहेको जस्तो महसुस हुन्छ ।”

समय पहिलेभन्दा धेरै फेरिएको छ । आजभोलि गर्भ रहेदेखि सुुत्केरी अवस्थासम्म चिकित्सकको सल्लाह लिने, स्वास्थ्य जाँच गराउने चलन बढेको छ । गर्भवती र सुत्केरीलाई सामान्य अवस्थामा भन्दा बढी पोषिलो, तागतिलो र स्वस्थ खानपिनको जरुरी पर्ने भएकाले परिवाका सदस्यहरु सचेत बन्दै गएका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ ।

“हामीले आमा समूहका बैठक, गर्भजाँचमा आउने महिलालाई परिवारका सदस्य साथमा लिएर आउन भन्छौँ”, उहाँले भन्नुभयो, “परिवारका सदस्यलाई गर्भवती, सुत्केरीको स्याहारबारे जानकारी दिन्छौँ, धेरै परिवार सचेत भएका छन्, बिस्तारै परिवार सचेत र जिम्मेवार बन्दैछन् ।”

गर्भ रहेदेखि शिशु जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ । यो अवधिमा शिशुको ८० प्रतिशत दिमागको विकास हुने भएकाले परिवारका सबै सदस्य जिम्मेवार बन्न आवश्यक रहेको खरेलको सुझाव छ । रासस

शुक्रबार, असोज २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.