• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ६ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ६ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ६ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ७ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १ दिन 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

आयुर्वेदमा आकर्षण, कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या

  •  आइतबार, असोज ३०, २०७९ मा प्रकाशित

तनहुंँ । तनहुँको व्यास नगरपालिका–१ निवासी गङ्गाप्रसाद पोख्रेललाई ढाड दुख्ने समस्या थियो । उपचारका लागि धेरैतिर चहार्दा पनि उहाँको समस्या समाधान भएन । जिल्ला आयुर्वेद कार्यालय तनहुँले सञ्चालनमा ल्याएको फिजियोथेरापी सेवाले उहाँको ढाड दुःखाइ निको हँुदै गएको छ ।

“आयुर्वेद कार्यालयमा आउँदा लौरो टेकेर आएको थिएँ, सात÷आठ दिन थेरापी गरेपछि राहत महसुस हुँदै गएको छ,” पोख्रेलले भन्नुभयो । आयुर्वेदिक पद्दतिबाट उपचार गराउँदा स्वास्थ्यमा पनि असर नपर्ने बताउँदै उहाँले थप्नुभयो, “मलाई पनि कसैले यो सेवा लिनु ठिक हुन्छ भन्ने सुझाव दिनुभएको थियो, यो पद्दति त धेरै ठिक लाग्यो, अहिलेको ढाडको दुखाइ कम हुँदै गयो ।”

दमौलीकै सरोज रानाभाटलाई पनि ढाड र गर्धनको समस्या थियो । धेरै ठाउँमा गएर उपचार गराउँदा पनि निको नभएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “काठमाडौँ गए, पोखरा गएँ, एमआरआई पनि गराएँ तर सञ्चो भएन । आयुर्वेद कार्यालय पुगेर थेरापी गर्न थालेपछि सञ्चो हुँदै गएको छ ।” गण्डकी प्रदेशको सहयोगमा कार्यालयले थेरापी मेसिन खरिद गरेर सञ्चालनमा ल्याएपछि यस्ता समस्या भएका बिरामी आउने गरेको कार्यालय प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिनुभयो । “हाडजोर्नी, नशा च्यापिएका बिरामीको आकर्षण आयुर्वेदमा बढ्दै छ,” डा मण्डलले भन्नुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट एक वर्षमा १३ हजार चार सय ९९ ले सेवा लिएका छन् ।

साउन महिनामा नौ सय २६, भदौमा एक हजार पाँच सय ९५, असोजमा सात सय १२, कात्तिकमा चार सय ८६, मङ्सिरमा एक हजार चार सय ५६, पुसमा सात सय ९५, माघमा एक हजार १२, फागुनमा एक हजार दुई सय ८२, चैतमा छ सय ६७, वैशाखमा एक हजार एक सय सात, जेठमा एक हजार छ सय ११ र असारमा एक हजार आठ सय ५० ले सेवा लिएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा नौ हजार तीन सय २० र आर्थिक वर्ष ०७६÷७७ मा पाँच हजार पाँच सय ७१ जनाले सेवा लिएका थिए । कार्यालयले उपचारमा उपयोगी पञ्चकर्म, फिजियोथेरापी तथा क्षारसुत्र सञ्चालनमा ल्याएको छ । पाइल्स, फिस्टुलाजस्ता रोगको उपचारमा प्रभावकारी मानिएको क्षारसुत्र विधि सञ्चालनमा ल्याइएको छ ।

गतवर्ष एक हजार दुई सय ५३ ले पञ्चकर्म सेवा लिएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा तीन हजार एक सय २९ र आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार चार सय ४५ ले उक्त सेवा लिएका थिए ।

त्यस्तै गत वर्ष १२ जनाले क्षारसुत्र विधिबाट उपचार गराएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा पाँच जनाले उक्त सेवा लिएका थिए । कार्यालयले रोग अनुसारको दैनिक योग पनि सञ्चालन गर्दै आएको डा मण्डलले बताउनुभयो । “जिल्लाका स्थानीय तहलगायत अन्य सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य गर्दै आयुर्वेदिक उपचार प्रणलीको प्रवद्र्धन गरेका छौँ”, उहाँले भन्नुभयो ।

आयुर्वेदिक स्वास्थ्य सेवाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै कर्मचारीको सीप, उत्साह र जागरमा वृद्धि भएको छ । “जनमानसमा आयुर्वेदप्रति चासो, विश्वास र प्रयोगमा वृद्धि भएको छ, यसले गर्दा हामी कर्मचारीमा पनि जागर बढेको छ”, डा मण्डलले भन्नुभयो । आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढेपनि कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको डा मण्डल बताउनुहुन्छ । “सेवाग्राही दिनदिनै बढ्नु तर कर्मचारी सङ्ख्या कम हुँदा सोचे अनुसारको सेवा प्रवाह गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार पनि कम छ, विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा बत्ती जाँदा पनि समस्या हुने गरेको छ ।”

कार्यालयमा एक आयुर्वेद चिकित्सक, एक कविराज, दुई वैद्य, एक लेखापाल र दुई कार्यालय सहयोगीको दरबन्दी छ । तीमध्ये कविराज र लेखापालको दरबन्दी रिक्त छ । आयुर्वेद सेवासम्बन्धी भ्रामक विज्ञापन, कार्यक्रमको अभिमुखीकरण नहुुनु, भौगोलिक कठिनाइ, कार्यविधि एवं निर्देशिका बमोजिम न्यून बजेट, न्यून गुणस्तरीय आयुर्वेद औषधिको उत्पादन, फिजियोथेरापी सञ्चालनका लागि जनशक्ति अभाव कार्यालयको चुनौतीको रुपमा देखिएको छ । रासस

आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.