• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पिपलाडी स्वास्थ्यचौकीमा आकस्मिक सेवा सञ्चालन भएपछि विरामीको संख्या बढ्यो

  •  शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकसहितको आकस्मिक सेवा सञ्चालन गरिएपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । तीन महिनाको अवधि (साउनदेखि असोज महिना)मै स्वास्थ्यचौकीमा तीन हजार एक सय ४१ जनाले सेवा लिएका छन् ।

रुघाखोकी, ज्वरो, छालासम्बन्धी, जीउ दुख्ने, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचाप, ग्याष्टिक, मुटु, आँखा, प्रजनन स्वास्थ्य, यौनरोगसम्बन्धीका बिरामी बढी स्वास्थ्यचौकी पुग्न थालेका हुन् । “चिकित्सकसहितको सेवा सञ्चालन नहँुदा मुस्किलले महिनामा सय जति बिरामी उपचारका लागि पुग्ने गरेका थिए”, स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक गोविन्दराज जोशीले भन्नुभयो, “हाल बिरामीको सङ्ख्या निकै बढेको छ, व्यवस्थापन गर्न चुनौती थपिएको छ ।” बिरामीको चापअनुसार एक जना थप चिकित्सकको आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

चिकित्सकको व्यवस्थासँगै न्यून शुल्कमा उपचारका लागि स्वास्थ्यचौकी पुग्ने बिरामीलाई इसिजी, अल्ट्रासाउण्ड, अक्सिजन (नेवुलाइजर)सेवा सञ्चालन गरिएको छ । “स्वास्थ्यचौकीमा यी उपकरण उपलब्ध रहेका भए पनि सञ्चालन गर्ने प्राविधिक नहँुदा सेवा दिन सकिएको थिएन”, स्वास्थ्यचौकीका प्रमुख दुर्गादत्त भट्टले भन्नुभयो, “चिकित्सले उपकरण सञ्चालन गरी सेवा दिइरहनुभएको छ, सेवालाई गुणस्तरीय बनाउन उपकरण सञ्चालन गर्ने प्राविधिकको व्यवस्थाका लागि नगरपालिकासँग माग गरेका छौँ ।”
उहाँका अनुसार आकस्मिक सेवा सञ्चालन गरिएको भए पनि चिकित्सकले चलाउने औषधिको आपूर्ति हुनसकेको छैन । स्वास्थ्यचौकीमा निःशुल्क वितरणका लागि उपलब्ध हुने ९८ थरिका औषधिमध्येका औषधिको अभाव हुने गरेको छ । जसबाट बिरामीलाई औषधि उपलब्ध गराउन समस्या हुने गरेको छ । “चिकित्सकसहितको सेवा सञ्चालन गरिएपछि स्तरीय प्रयोगशालाको व्यवस्था हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “प्रयोगशालामा पुरानै तरिकाले सेवा दिनुपरेको छ, एक जना ल्याब असिस्टेन्टको अभाव छ, क्वुटर काउन्टर र सेमी अटो एनलाजर मेसिनको आवश्यकता छ, माग गरेको धेरै भयो, उपलब्ध हुनसकेको छैन ।”

औषधि अभावले रातिको बेला जटिल प्रकृतिको बिरामी आए सिफारिस गर्नेसम्मको सेवा दिन अप्ठ्यारो रहेको उहाँको भनाइ छ । रातिका बेला बिरामीको उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने व्यवस्था गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक आपूर्ति व्यवस्थापन केन्द्रले स्वास्थ्यचौकीलाई उपलब्ध गराएको डिजिटल एक्सरे मेसिन सञ्चालनमा आउन सकेको छैन । एक्सरे मेसिनको सेटअप नमिल्दा सञ्चालनमा आउन नसकेको हो । “स्लाइडिङ टेबुलको अभावसँगै सेटअप मिलेको छैन, प्राविधिकले हेरेर गएका छन्, एक महिनाभित्रै सञ्चालन हुन्छ, त्यसका लागि आवश्यक बजेटको व्यवस्था मिलाइएको छ”, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “केही दिनभित्रै सञ्चालनमा ल्याउँछौँ ।”

स्वास्थ्यचौकीलाई उपलब्ध हुने औषधि आपूर्ति भइरहेको उल्लेख गर्दै उहाँले चिकित्सकको सिफारिसअनुसारको औषधिका लागि नगरपालिकाले थप बजेटको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । आर्थिकरूपमा विपन्न, ज्येष्ठ नागरिक, असहायलाई स्वास्थ्यचौकीबाट उपलब्ध हुने सबै सेवा निःशुल्क हुनुपर्ने स्थानीय बासिन्दाको माग छ ।

प्रयोगशाला सेवा, इसिजी, अल्ट्रासाउण्ड, एक्सरे, नेवुलाइजरलगायतका सेवा निःशुल्क हुनुपर्ने उपचारका लागि स्वास्थ्यचौकी पुगेका सोभिलाल दमाईले बताउनुभयो । “चिकित्सको सेवा लिन टाढाको महेन्द्रनगर, धनगढीसम्म विगतमा पुग्नुपर्ने बाध्यता थियो, घरदैलोमै सेवा पाएका छौँ”, उहाँले भन्नुभयो, “औषधिसहितका सबै सेवा स्वास्थ्यचौकीमै निःशुल्क उपलव्ध गराइनुपर्छ ।” रासस

शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.