• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ५ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ५ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ५ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ७ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १२ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १२ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १ दिन 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

  •  मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित

मध्यविन्दु । नवलपरासीपूर्वको मध्यविन्दु नगरपालिका–९ की पुतलीकुमाल ७५ वर्ष पुग्नुभयो । उमेर ढल्कँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उहाँ पीडित हुनुभएकीमा स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्य जाँच गराउन थालेपछि खुसी हुनुभएको छ । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दमलगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् ।

सोही वडाकै ७८ वर्षीय रोशन सिंहलाई पनि उच्च रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उहाँलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उहाँ पनि खुसी हुनुभएको छ ।

उक्त नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा कार्यक्रम समावेश गरी नगरभित्रका १५ वटै वडामा गत साउनदेखि यपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ । उक्त नगरपालिकामा चालु आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनको २० देखि २४ गतेसम्म स्वास्थ्यकर्मी घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको मासिक स्वास्थ्य र अवस्थाबारे अभिलेख राखिनका साथै आवश्यक परामर्श प्रदान गर्ने पनि गरिएको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख ख्यामबहादुर क्षेत्रीले बताउनुभयो । “घरघरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीन सय ज्येष्ठ नागरिकले लाभ लिएका छन्”, उहाँले भन्नुभयो, “यसबाट अशक्त, अपाङ्ग, दीर्घरोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरिकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ ।”

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

जनताका बीचमा गरिएको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिकलाई घरआँगनमै स्वास्थ्य परीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्य चौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँ ।”

पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायत आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको छ । सबै लाभग्राहीको छुट्टाछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ । प्रत्येक ६÷६ महिनामा विशेषज्ञ चिकित्सकसहित घरघरमा स्वास्थ्य परीक्षण गरिएको र घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीलाई विशेष प्रोत्साहन भत्तासमेत उपलब्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताउनुभयो । रासस

मङ्गलबार, कार्तिक १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.