• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापनापछि एम्बुलेन्स सेवा

  •  शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित

ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पुर्याउथे ।

गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडी पनि चल्दैनथे । सडक सञ्जालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन । बिरामी अस्पताल पु¥याउन पनि मुस्किल थियो । स्थानीय सरकार आएपछि तमानखोलामा गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना र सडक पुग्यो ।

गाउँमा सडक स्वास्थ्य संस्था स्थापना र मोटरबाटो नपुग्दा डोला र ढोकोमा बिरामी बोक्नुपर्ने स्थानीयवासीको बाध्यता अब हट्ने भएको छ । गाउँपालिकाले नागरिकको सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँमा एम्बुलेन्स आएपछि वर्षौंदेखि समस्या भोग्दै आएका स्थानीयवासी हर्षित छन् । एम्बुलेन्सले डोला र ढोकोमा बिरामी बोक्नुपर्ने अवस्थाबाट छुटकारा पाउनेमा उनीहरू विश्वस्त भएका हुन् ।

स्थानीयवासी प्रकाश घर्तीमगर भन्नुहुन्छ, “गाउँपालिकाले एम्बुलेन्स ल्याएको देख्दा निकै खुसी लागेको छ, अब बिरामी हुँदा टाढा जानुपरे पनि समस्या हुने भएन, अहिले त गाउँमा पनि स्वास्थ्य संस्था खुलेका छन्, पहिलेको जस्तो सामान्य चोटपटक लाग्यो भने बुर्तिबाङ पुग्नुपर्दैन, उति बेला अहिलेको जस्तो सुविधा थिएन, स्थानीय सरकारले राम्रो काम ग¥यो, बाटो ल्यायो, पहिले त बिरामी परे ढोकोमा बोकेर अस्पताल पु¥याउनु पर्थ्यो, अहिले त्यस्तो समस्या छैन ।”

गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको छ भन्दै उहाँ स्वास्थ्यमा ठुलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको बताउनुहुन्छ । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनुपरेको नमिठो अनुभव व्यहोर्नुपरेको थियो तर एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने प्रकाश बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अहिले बिमारीको उपचार गाउँमै हुन्छ, सिकिस्त र जटिल नभएसम्म टाढा जानुपर्दैन यहीँ उपचार हुन्छ, यहाँ उपचार हुन नसके मात्रै बुर्तिबाङ जानुपर्छ, पहिलेको जस्तो ढोकोमा बोकेर लैजान पर्दैन, पहिले त धेरैको समयमै उपचार पाउन नसक्दा अकालमै मृत्यु भयो, अहिले विकास भएको अनुभूति गरेका छौँ, त्यस्तो अवस्था छैन ।”

स्थानीयवासी नरबहादुर गोतामेल एम्बुलेन्स सञ्चालनपछि ग्रामीण क्षेत्रका नागरिकले सहज सेवा पाउने बताउनुहुन्छ । अहिलेसम्म आफूहरूले गाडीमा बिरामीलाई अस्पताल पु¥याउने गरेकामा एम्बुलेन्स सेवाले राहत मिल्ने उल्लेख गर्दै उहाँ भनेको समयमा गाडी नपाइने र पाइए पनि महँगो भाडा तिर्नुपर्ने रहेकामा अब स्थानीयवासीले बिरामी बोकेर अस्पताल पु¥याउनु समस्या नहुने बताउनुहुन्छ ।

“गाउँमा अहिले गाडी त चल्छ तर भनेको समयमा पाइँदैन, पहिले–पहिले बोकेरै अस्पताल पु¥याइन्थ्यो, गाडी चल्न थालेपछि त्यसैमा लैजान थाल्र्र्यौं, अब एम्बुलेन्स आयो, सजिलो हुने आशा छ”, नरबहादुर भन्नुहुन्छ, “गाउँपालिकाले सबै नागरिकको समस्या बुझेछ, स्वास्थ्य संस्था नभएको ठाउँमा स्वास्थ्य संस्था स्थापना ग¥यो, एम्बुलेन्स पनि ल्यायो, थप व्यवस्थित पनि बनायो अब उपचारका लागि बाहिर जानुपर्ने भएन ।”

अघिल्लो आर्थिक वर्षमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाइएको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्याल जानकारी दिनुहुन्छ । तमानखोलावासीलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले रु १९ लाख लागतको लागतमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर आफूहरूले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको र स्वास्थ्य संस्था गाउँ–गाउँमा संस्था स्थापनापछि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिनुहुन्छ । आफूले अघिल्लो कार्यकालमा नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने र एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएअनुसार अहिले एम्बुलेन्स ल्याइएको उहाँ बताउनुहुन्छ ।

“हाम्रो पहिलो प्राथमिकता नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो, नागरिकको जीवन रक्षा गर्नु हो, सोहीअनुसार हामीले अघिल्लो कार्यकालमा गाउँपालिकाको विभिन्न वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्यायौँ, गत वर्ष एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेका थियौँ, सोहीअनुसार अहिले पालिकामा एम्बुलेन्स आएको छ, अब यहाँका नागरिकले महँगो भाडा तिरेर गाडीमा बिरामीलाई अस्पताल पु¥याउने अवस्था अन्त्य भएको छ”, अध्यक्ष बुढामगर भन्नुहुन्छ ।

आम नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको र अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।

गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको र वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिएको छ । रासस

शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.