बुलिङटार । नवलपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उमेद्वार प्रा.डा.शशांक कोइरालाले बुलिङटारमा २५ शैयाको अत्याधुनिक अस्पताल निर्माण गर्ने बताउनु भएको छ।
आफ्नो निर्वाचन क्षेत्रको चुनावी प्रचार प्रसारको क्रममा सो कुराको प्रतिवद्धता व्यक्त गर्नु भएको हो। यो क्षेत्रमा २५ शैयाको अत्याधुनिक अस्पताल निर्माण हुन सकेमा बुलिङटार गाउँपालिका सहित बौदीकाली गाउँपालिका, ऋषिङ गाउँपालिका र देबघाट गाउँपालिकाका केही वडाका नागरिकहरु स्वास्थ्य सेवाबाट लाभदायी हुनेछन ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले लोकतान्त्रिक बाम गठबंधनका उमेद्वारहरुको नवलपुर जिल्लाको पहाडी भेग बुलिङटार गाउँपालिका अन्तरगत ६ वटै वडामा पहिलो चरणको चुनावी अभियान सकिएको बताउनु भयो । सो क्रममा उमेद्वार डा.कोइरालाले भन्नु भयो,‘३ पटक सम्म यो क्षेत्रबाट मलाई विजय गराइ प्रतिनिधि सभाको सदस्य बनाउनु भयो । तर तपाईहरु जनताले चाहे जस्तो विकास निर्माण कार्य गर्न नसकेको प्रति म संवेदनशील छु’। अब यो क्षेत्रको समग्र विकास निर्माणमा अगाडि बढ्ने छु। बुलिङटार गाउँपालिका नवलपुर क्षेत्र नम्बर १ को सबै भन्दा विकट क्षेत्र पर्दछ ।