• समाचार
  • स्वास्थ्य विशेष
  • जीवनशैली
  • आर्टिकल
  • प्रविधि
  • स्वास्थ्य टिप्स
  • पोषण
  • घुमफिर / भिडियो
  • अन्तर्वार्ता/भिडियो
  • यौन जिज्ञासा
  • अन्तर्राष्ट्रिय
  • टिप्स
  • प्रदेश
×
आइतबार, मङि्सर २४, २०८०
आइतबार, मङि्सर २४, २०८०
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्वार्ता/भिडियो
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
  • २ घण्टा 

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
  • २ घण्टा 

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन
  • ३ घण्टा 

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना
  • ५ घण्टा 

स्वास्थ्यलाभपछि गृहमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
  • ११ घण्टा 

लमजुङमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी
  • ११ घण्टा 

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे
  • १७ घण्टा 

वार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य परिक्षण सेवा दिंदै मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक
  • १ दिन 

रोटरीको निःशुल्क स्वास्थ्य शिविर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

  • २. वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

  • ३. बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

  • ४. अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

  • ५. त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

  • ६. आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन

  • ७. टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा

  • ८. डा.भोजराज अधिकारीद्धारा ‘जनतासँग अस्पताल’ अभियान

  • ९. प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

  • १०. औषधि पसललाई मापदण्डभित्र आउन कामपाको निर्देशन

चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता

  •  बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित

म्याङ्लुङ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा २०३४ सालमा जन्मिुनभएकी सीता गुरुङका बुबा पदमबहादुरको चाहना फरक थियो । पदमबहादुर आफ्नी जेठी छोरी सीता चिकित्सक बनोस् भन्ने चाहनुहुन्थ्यो । त्यही भएर सीतालाई स्टाफ नर्स पढ्न कर गर्नुभयो । उहाँले छ महिना जति पढ्नु पनि भयो । तर एक्कासी सीताको मनमा अरु नै कुरा खेल्न थाल्यो ।

चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मान्नुभएन र उहाँ घर फर्किनुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुमबाट निर्वाचित सीता गुरुङ इवामा जन्मिए पनि उहाँको प्रारम्भिक शिक्षा ताप्लेजुङको कञ्चनजङ्गा निमावि याम्फुदिनबाट सुरु भएको हो । बुबा पदमबहादुर पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न हुनुहुन्थ्यो । बुबाको राजनीति देखेर सानैदेखि प्रभावित सीता २०४६ सालको जनआन्दोलनमा प्रत्यक्ष रुपमा संलग्न हुनुभयो । उहाँ त्यतिबेला खबर ओसारप्रसारमा संलग्न हुनुभएको थियो ।

म्याङ्लुङ ।विसं २०४६ अघिदेखि नै राजनीतिमा चासो राख्नुभएकी सीता त्रिमोहन माध्यमिक विद्यालयमा पढ्दा नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभयो । उहाँको औपचारिक राजनीतिक यात्रा यहीँबाट सुरु भएको हो । “सानैदेखि समाजमा भएका गतिविधिबाट म प्रभावित भए”, प्रतिनिधिसभा सदस्यमा निर्वाचित सीताले भन्नुभयो, “महिला माथिको हिंसा र त्यसको न्याय दिने चलन पटक्कै मन परेन, त्यसविरुद्ध लाग्ने अठोटका साथ राजनीतिमा उत्रिए ।”

त्यही अठोटका कारण दोस्रोपटक प्रतिनिधिसभामा पाइला राख्न सफल भएको सीताको ठम्याइ छ । उहाँको राजनीतिक यात्रा लामो छ । विद्यार्थी राजनीतिमा लाग्दा २०४८ सालमा सीता नेपाल विद्यार्थी सङ्घ तेह्रथुमको सचिव बन्नुभयो । विसं २०५४ मा उहाँ नेपाल तरुण दलको कोषाध्यक्ष तथा २०५७ सालमा नेपाल महिला सङ्घ तेह्रथुमको अध्यक्ष बन्नुभएको थियो ।

विसं २०५८ मा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य बन्नुभएकी सीता २०६० सालमा सचिव बन्नुभएको थियो । लगातार पार्टी राजनीतिमा लाग्नुभएकी उहाँ २०६२ मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०६४ सालमा कांग्रेसको नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य बन्नुभयो ।

विसं २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा संविधानसभा सदस्य बन्नुभएकी सीताले संविधानसभाअन्तर्गतको २०६५ मा राज्यको शासकीयस्वरुप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभयो । उहाँ तेह्रथुमको इतिहासमा फड्को मार्ने महिलामध्येको एउटा हुनुहुन्छ । दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाउनुभएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बन्नुभएको थियो ।

तेह्रथुमको प्रतिनिधित्व गर्दै सीता २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बन्नुभयो । उहाँ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतले पराजित हुनुभएको थियो । दोस्रो प्रयासमा यस पटक नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै सीता संसद्मा प्रवेश गर्दैहुनुहुन्छ । सीताले १९ हजार सात सय दुुई मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार छ सय २३ मत पाउनुभएको थियो ।

विसं २०६७ देखि निरन्तर नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहनुभएकी सीतालाई साहसिक महिलाका रुपमा हेर्ने गरिएको छ । “तेह्रथुमको विकास र समृद्धिका लागि लामो समयदेखि भूमिका निभाएकै कारण मलाई जनताले साथ दिएका हुन्”, उहाँले भन्नुभयो, “अबका दिनमा जनतालाई हरेक समस्या र परिस्थितिमा साथ दिन्छु”, नवनिर्वाचित सांसद सीताले भन्नुभयो । रासस

बिहिबार, मङि्सर १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार
स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण
स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

लोकप्रिय

नारायणी अस्पताल १३१औं वर्षमा प्रवेश : अस्पतालमा दक्ष जनशक्ति अत्यधुनिक प्रविधि र प्रभावकारी सेवा भनिएपनि बिरामीको विश्वास जित्न किन सकिरहेको छैन ?

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीमा डा.श्रवण कुमार थापा

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

त्रिवि शिक्षण अस्पतालमा ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालन

ताजा

रोमको अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्युः २०० जना भन्दा बढीको उद्धार

स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको रगत परीक्षण

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

बागमती प्रदेश प्रमुख अस्पताल भर्ना

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९८६१९१४९५६
अफिस : ०५६-४९०१६४

समाचार/लेख/रचना
[email protected]

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2023 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.